arrow

अलकापुरीदेखि सुदामापुरीसम्मका निर्माता विश्वकर्माको कान्तिपुरीमा किन गरिन्छ पूजा ? (विधिसहित)

logo
कल्की अवतार,
प्रकाशित २०७४ असोज १ आइतबार
vishwakarma-puja_650x400_41505554028.jpg

काठमाडौं । हिन्दू धर्मालम्बीहरुले सृजनका देवता भगवान विश्वकर्माको पूजा गर्दैछन् । उनले इन्द्रपूरीद्वार, द्वारिका, हस्तिनापुर, स्वर्गलोक, अलकापूरी, लंका आदिको निर्माण गरेका थिए भन्ने धार्मिक मान्यता रहेको छ । उनलाई वास्तुशास्त्रका जनक पनि भनिन्छ । उनले आफ्ना ज्ञानमार्फत् यमपूरी वरुणपूरी, पाण्डवपूरी, सुदामापूरी, शिवमण्डलपूरी, पुष्पक विमान, विष्णुका चक्र शंकरको त्रिशुल र यमराजका कालदण्ड आदिको निर्माण गरेका थिए । यिनले सर्वसम्पत्तिवान कुवेरको राजधानी अलकापूरीदेखि सबैभन्दा गरिवको उपमा पाएका सुदामापूरीसम्मको निर्माण गरेका थिए ।  

सबै देवताहरु बस्नेगरेको भवन समेत विश्वकर्माले नै तयार पारेका थिए । भगवान विश्वकर्मालाई दैवीकालका इन्जिनियर पनि भनिन्छ । विश्वकर्मा पिता धर्म र माता वास्तुका पुत्र हुन् र धर्म ब्रह्माका पुत्र हुन् भन्ने धार्मिक मान्यता रहेको छ ।  

यिनै हस्तशिल्पी कलाकार भगवान विश्वकर्माको जयन्ती अर्थात् विश्वकर्मा दिवस अर्थात् विश्वकर्मा पूजा विश्वभरका हिन्दूहरुले आईतबार मनाउँदैछन् । हरेक वर्ष भाद्र कृष्ण द्वादशीको दिन मनाईने विश्वकर्मा पूजाको दिन सबै निर्माण कार्यमा उपयोग हुने हतियारको तथा औजारको पूजा गरिन्छ । 

उद्योग जगतका देवता भगवान विश्वकर्माको जयन्तीको दिन विधि विधानले उनको पूजा गर्दा विशेष फल पनि प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । विश्वकर्माले पूरै सृष्टिको निर्माण गरेका थिए । त्यसैले उनलाई र्सष्टि निर्माण कर्ता पनि भनिन्छ । उनलाई खुशी बनाउन सके दिन दुईगुणा रात चौगुना गरी धनधान्यले भरीपूर्ण हुने धार्मिक विश्वास छ । 

कुनै समय हिन्दू धर्मको महत्वपूर्ण ग्रन्थ रामायणलाई नेपालीमा उल्था गरेका आदिकवि भानुभक्त आचार्यले काठमाडौंमा आईपुग्दा स्वर्गको बँगैचा अलकापुरीलाई सम्झिएर त्यसैसँग तुलना गर्दै भनेका थिए । अलकापुरी कान्तिपुरी नगरी । तिनै अलकापुरी देखि सुदामापुरीसम्मका निर्माता विश्वकर्माको ज्ञानका कारण आज पनि कान्तिपुरी नगरी र हिन्दूधर्मालम्बीहरुको बसोबास रहेको सबै नगरीमा उनको भक्तिभावले पूजा गरिन्छ । 

कहिले मनाईन्छ विश्वकर्मा पूजा ?
विश्वकर्मा जयन्ती हरेक वर्ष कन्या संक्रान्ति अर्थात् आश्विन १ गते मनाईन्छ । यस वर्ष भगवान विश्वकर्मा जयन्ती आईतबार मनाईँदैछ । 

समून्द्र मन्थनबाट भएको थियो भगवान विश्वकर्माको जन्म
यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । 'स्वर्ग लोक, सुनको शहर, 'लंका'  तथा कृष्णको नगरी,'द्वारका', यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो । 

पूरै ब्रह्माण्डको गरेथे निर्माण 
हिन्दू पौराणिक कथाका अनुसार उनले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् । 

विश्वकर्मा पूजा विधि
- भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ।
- यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ । 
- यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ । 
- यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् । 
- पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल  तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस् । 
भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र 

ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ