arrow

‘च्याखे नथाप्ने र दाउ नहान्ने’ शर्तमा फुटसल खुल्ला (के छ १५ बुँदेमा ?)

साँझ ७ बजे सम्म मात्र खोल्न पाइने

logo
चन्द्र धामी, काठमाडौं -
प्रकाशित २०७२ माघ १ शुक्रबार
Footsal-new.jpg.jpeg
सामाजिक विकृति ल्याएको भन्दै तत्कालका लागि प्रतिबन्ध लागेका फुटसल संचालनका लागि १५ बुँदे सहमति भएको छ । प्रहरी–प्रशासन, दर्ता गर्ने निकाय र व्यवसायीबीच फुटसल संचालनका लागि १५ बुँदे माप दण्ड बनेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार दिउँसभर भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको संयोजकत्वमा टोली बनेको थियो ।
 
टोलीको छलफलपछि प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले १५ बुँदे घोषणा गर्दै त्यसैमा टेकेर आफुहरुले नियमन गर्ने जानकारी दिए । प्रजिअ सुवेदीले हाम्राकुरासंग भने,‘सहमतिका १५ बुँदा पालना नगर्नेहरु कानुनी दायरामा आउने छन् ।’ अनुगमन हुन्छ । सबैको प्रतिनिधित्व हुनेगरी बेलाबेलामा बैठक बस्छौं । विहिबार प्रहरी-प्रशासनले फुटसल गतिविधिमा तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेपछि चौतर्फी आचोचना भएको थियो । नेपालमा यो खेल सन् २०११ देखि सञ्चालनमा आएको बताइएको छ ।
 
१५ बुँदेमा के–के छ ?
१. १५ दिन भित्र अनिवार्य दर्ता प्रक्रियामा जानै पर्ने । 
    उद्योगको रुपमा भए घरेलुमा दर्ता हुनुपर्ने ।
    मनोरन्जनका लागि भए स्थानीय निकायमा दर्ता हुनुपर्ने ।
    यद्यपि, स्थानीय स्वायत्त शासन ऐन, नियमावली अनुसार दुवै स्थानीय  
    निकायमा दर्ता हुनै पर्दछ ।  
२. छिमेकीलाई हो–हल्ला र बाधा हुने कार्य नगर्ने, नगराउने । 
३. जुवाको रुपमा खेल्न, खेलाउन नपाइने । 
    यसअघि, च्याखे थाप्ने तथा दाउ हान्ने गतिविधि हुँदै आएको थियो । 
४. विद्यार्थीको हकमा अभिभावकको सिफारिसविना प्रवेश नदिने । 
५. फुटसल भित्र प्राथमिक उपचारको व्यवस्था हुनै पर्ने ।
६. ३० दिन भित्र सीसीटिभि जडान गरिसक्नु पर्ने ।
७. आचारसंहिता प्रष्टसंग देखिनेगरी राख्नुपर्ने ।
८. दररेट पारदर्शी हुनुपर्ने । 
९. साँझ ७ बजे सम्ममात्र खुल्ला हुने । 
१०. नियमित अनुगमन गर्ने । 
      अनुगमनमा दर्ता भएको निकाय, प्रहरी–प्रशासनको निगरानी रहने । 
११. सुर्तिजन्य र मादक पदार्थ प्रयोग गर्न नपाइने । 
१२. तीन महिनाभित्र तेस्रो पक्षको विमा गर्ने व्यवस्था गर्नुपर्ने ।
१३. तीन महिनाभित्र सबैमा ध्वनी प्रदुषण नियन्त्रक प्रविधि जडान गरिसक्नु पर्ने । 
१४.संचालन तथा व्यवस्थापन सम्बन्धि निर्देशिका ३ महिनाभित्र लागु गर्नुपर्ने । 
१५. नियमन गर्ने निकायको नियमित मिटिङ गर्ने । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ