arrow

दिल्लीको बढ्दो दिलको गती र चिनियाँ 'साइलेन्स डिप्लोमेसी'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ असोज १८ बुधबार
Nepal-India-china-flag.jpg

काठमाडौं। दशैं अघी व्ययसायिक कामको सिलसिलामा भारत भ्रमणमा रहेका एक नेपाली उद्यमीले भारतीय सत्तारुढ दलका एक नेतासँगको भेटको प्रसङग सुनाउँदै भनेका थिए, 'उनीहरुलाई त कोमल ओली राप्रपा छोडेर एमालेमा जाँदै छिन भन्ने पनि थाहा रहेछ।' कुनै समय नेपालको माइक्रो मेनेज्मेन्टमा संलग्न भनेर आलोचित भएको भारतको लागि त्यो जानकारी कति महत्वको थियो वा थिएन तर उसले नेपालको राजनीतिक घटनक्रमलाई कति नजिकबाट नियालिरहेको छ भन्ने कुराको संकेत भने त्यो संवादबाट प्रष्टै देखिन्छ। 

नेपालमा हुने ठूला सानाठूला राजनीतिक उतारचढावले दिल्लीको दिलको गती तलमाथी हुन थालेको अब धेरै हुन थालेको छ। यो क्रम उसैले लगाएको नाकावन्दीलाई नेपालीहरुले प्रतिकार गरेर मुख भरीको जवाफ दिएपछि अझ बढ्न थालेको छ। त्यसयता नेपालमा भारत विरोधी जनमत वढ्दै जाँदा नेपाल भारतका लागि पाकिस्तान भन्दा पनि अर्को खतरनाक हुन सक्छ भन्नेमा स्वयं भारतीय सरकार र त्यहाँको दलहरु पुगेका छन्। राष्ट्रवादका नाममा संसारभर उदाउँदो दक्षिणपन्थी राजनीतिले यसमा थप हावा भरिदिएपछि नेपाल र नेपाली राजनीति भारतको लागि टाउको दुखाइ भइरहेको छ। 

राष्ट्रवादकै जामा पहिरिएका एमाले अध्यक्ष केपी ओलीले भारत विरुद्धको जनमतलाई थप उर्जा दिएपछि अहिले यो निभाउन नसकिने अवस्थामा पुगेको छ। बरु निभाउन तम्सिनेहरु नै यसबाट पिल्सिनुपर्ने अवस्था सिर्जना भएको छ। यसबाट लाभ लिइरहेका ओलीको एमाले स्थानिय तहको चुनावमा तराईमा पाँचौ दलमा सिमित रहनुपर्ने अवस्थामा आएपनि देशभर समग्रमा पहिलो पार्टी भयो। स्थानिय तहमा पहिलो पार्टी भएको एमाले अब हुने दई तहको चुनावमा पनि सबै भन्दा ठूलो दलका रुपमा स्थापित हुन चालेका कदम भने सबैलाई चित खुवाउने खालको थियो। कोमल ओली एमालेमा जाँदा चर्चा गरेका भारतीय जनता पार्टीका नेता र त्यहाँको संस्थापन पक्ष यो घटनाबाट कति चित खाएको होला अनुमान गर्न सकिन्छ। 

कुनै समय भारतको खास विश्वासपात्रका रुपमा रहेका ओली विभिन्न घटनाक्रममा त्यहाँबाट टाढा हुन पगे। आफूले बेलैदेखि गरेको लगानी खेर गएको मान्नुपर्ने अवस्थामा पुग्दा भारतीय संस्थापन पक्ष ओलीलाई आज चिनियाँ काखमा गएको टुलुटुलु हेर्ने अवस्थामा सिमित भएको छ। यो सिमितताको बीचमा नेपालका विकसित हुने राजनीतिक घटनाक्रमबाट भारत विचलित समेत हुने गरेको छ। त्यो विचलन उसले संविधान जारी गर्ने बेलामा नाकावन्दी मार्फत देखाएको थियो। तर नेपाली जनताले नाकावन्दीको प्रतिवाद गरेपछि खुलाउन वाध्य भारतीय पक्ष अहिले नेपालको सन्दर्भमा न्याउरी मारी पछुतोको अवस्थामा छ। 

भारतीय प्रभाव नेपालको राजनीतिदेखि हर क्षेत्रमा 'ओपन सेक्रेट ' छ। तर यो 'ओपन सेक्रेट ' माथि चिनियाँ 'साइलेन्स डिप्लोमेसी' हावी हुँदै गएको छ। सत्तारुढ गठवन्धनको एक घटक माओवादीले विपक्षी एमालेसँग मात्र हैन भारतसँग नजिक रहेको भनिएका बाबुराम भट्टराईसँग चुनावी तालमेल र पार्टी एकिकरणसम्मको छलफल गरिरहँदा भारतको भुमिका हेर्नेसम्ममा सिमिति देखिदा चिनिया प्रभावको आँकलन सहजै अनुमान गर्न सकिन्छ।

नयाँ राजनीतिक घटनाक्रम पटाक्षेप भइसकेपछि भारतीय चासो उसले आफ्ना राजदुत मार्फत व्यक्त गरेको छ। आफ्नो चासो जनाउन भारतीय राजदुत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट्न पुगे। तर घटनाक्रम परिपक्व भइसकेपछिका पहल घटनाक्रम रोक्न वा असफल बनाउन भन्दा पनि दिल्लीको दिलको गती बढाउन मात्र काफी थियो। 

दिल्लीको दिलको गती कति बढेको छ भन्ने कुरा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुने नहुने कुराले पनि देखाउँछ। प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका बेला अरुण तेस्रो आयोजनाको संयुक्त शिलान्यास गर्न नरेन्द्र मोदी नेपाल आउने कार्यक्रम तय भएको थियो। पछिल्लो राजनीतिक उतारचढावलाई लिएर मोदी नेपाल आउँछनकी दिलको गति बढाएर नेपाल आउन नसक्ने जानकारी पठाउँछन त्यसले पनि 'नयाँएमालेमाओवादी' को शक्तिको आँकलन हुने छ। चिनियाँहरुले दव्यवहारमा देखाएको ' साइलेन्स बट एग्रेसिभ डिप्लोमेसी ' बाट पाठ सिक्छनकी फेरि पनि काम भन्दा कुरामा मात्र अल्झिन्छ त्यो पनि आगामी दिनले देखाउँने नै छ।  

डोक्लाम विवादमा आमने सामने भएका भारत र चीन त्यसयता कुटनीतिक वृतमा आफूलाई अव्वल सावित गर्न लागिपरेका छन्। आफ्नो प्रभाव विस्तारमा पनि लागिपरेकै छन्। प्रभाव विस्तारको यो सिलसिला नेपालको राजनीतिमा प्रतिष्पर्धाको तहमा भित्रिदा उनीहरुको लागि कुटनीतिक तथा राजनीतिक जीत हारको विषय होला तर नेपालले अन्ततोगत्वा हार मात्रै व्यहोर्छ भन्नेमा नेपालका राजनीतिक तहका कसैको ध्यान जान सकेको छैन। यो चाहि हाम्रो विडम्वना हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ