arrow

प्रचण्डको सुरक्षार्थ अहिलेको वाम गठबन्धन (अन्तर्वार्ता)

प्रचण्डको स्थायी राजनीतिक व्यवस्थापन नभएसम्म संक्रमणकाल अन्त्य हुँदैन

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
mumaram-khanal.jpg

प्रमुख दलहरु गठबन्धन र ध्रुवीकरणतर्फ लागेपछि नेपाली राजनीतिक वृत्त तरंगित छ। अर्कोतिर चुनावी सरगर्मी बढ्दो छ। संवैधानिक बाध्यताले संसदको आयु छोटिँदै छ। अप्रत्यासित रुपमा बनेको वाम गठबन्धन र त्यसको प्रतिक्रिया स्वरुप बनेको लोकतान्त्रिक गठबन्धनले अवको अभ्यासमा के प्रभाव पार्छ। यसबाट नागरिकले बुझ्नु पर्ने के हो ? हामीले राजनीतिक विश्लेषक एवं विवेकशील साझा पार्टीको केन्द्रीय संयोजन समिति सदस्य मुमाराम खनालसँग कुरा गरेका छौँ।

अहिले गठबन्धनको चर्चा छ । एकातिर वाम गठबन्धन बन्यो, अर्कोतिर लोकतान्त्रिक गठबन्धन बन्यो, अहिले यो अवस्थामा गठबन्धन बनाउनु पर्ने आवश्यकता के थियो ? र हामीले यी गठबन्धनलाई कसरी बुझ्ने हो ?
–लोकतन्त्रमा पार्टीहरुको एकता र पार्टी विभाजन हुनु स्वभाविक हो । तर, नेपालमा त्यो प्रक्रिया अस्वभाविक छ । जे जति पार्टीहरु नेपालमा दर्ता भएका छन् । तर, धेरै दल हुँदा यसले समाजमा अनावश्यक बढी राजनीतिकरण गर्छ । प्रतिस्पर्धालाई पनि धेरै अस्वस्थ बनाउँछ । यदी यि धु्रवीकरणहरु नेपाली राजनीतिले सम्बोधन गर्न नसकेका मुद्दाहरुमा केन्द्रीत भएर बनेको हून्थ्यो भने सकारात्मक मान्न सकिन्थ्यो । यसले नेपालको भविष्यलाई सकारात्मक योगदान गर्ने र नेपालको राजनीतिले सम्बोधन गर्न नसकेका मुद्दाहरुमा प्रवेश गर्ने सम्भावना रहन्थ्यो । अहिलेको ध्रुवीकरण हेर्दा त्यस्तो छैन। जो लोकतान्त्रिक गठबन्धन भनेर भनिएको छ, त्यो त ध्रुवीकरण होइन, त्यो क्रियाको प्रतिक्रिया स्वरुप आएको ठहर्छ। मूख्य कुरा अकस्मात जुन वाम धु्रवीकरण भनेर कुरा आयो त्यसले तरंगित तुल्यायो। त्यो वाम ध्रुवीकरणको अन्तर्यमा गएर विश्लेषण नगर्दासम्म अर्को ध्रुवीकरण बन्नुको कारण सम्म पुग्न सकिँदैन।

त्यो अन्तर्य के हो त ?
–यसको अन्तर्यमा के छ त, भन्दा नेपालको शान्ति प्रक्रियापछि दुई वर्षभित्र संविधान निर्माण हुन्छ, संक्रमणकालको अन्य हुन्छ भन्ने अपेक्षा गरियो। तर, त्यो सक्रमणकाल यति धेरै लामो भयो। यो संक्रमणकाल लम्बिनुको पछाडि माओवादीको शान्तिप्रक्रियाको आगमनमा रहेको द्विविधा नै त्यसको प्रमुख कारण बन्यो। शान्तिपूर्ण तरिकाले जाने वा सशस्त्र विद्रोह गर्ने भन्ने अलमलमा माओवादी जति लामो समय रहयो त्यति नै संविधान निर्माणको काम ढिलो भयो। त्यो लम्बियो। स्वभावैले संक्रमणकाल पनि लम्बियो। नयाँ संविधान बनिसकेपछि संक्रमण काल अन्त्य हुने अपेक्षा थियो। तर, पनि त्यो भएन।

यसको प्रमुख कारण के हो भने, पुष्पकमल दाहाल नेपाली राजनीतिक इतिहासमा ०६२–०६३ को आन्दोलनपछि एउटा यस्तो पात्रको रुपमा विकसित भए। जो उनको स्थायित्व, उनको व्यवस्थापन विना नेपालमा लम्बिदो संक्रमणकाल रोक्न सकिएन। यसले नेपालको संक्रमणकाल अन्त्य हुन सक्छ भन्नेमा राष्ट्रिय राजनीतिका खेलाडीहरु मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिका खेलाडीहरु प्रचण्डको व्यवस्थापनको स्थानमा पुगेपछि अहिलेको वाम धु्रवीकरण प्रयोगमा आयो।

अहिलेको वाम ध्रुवीकरण पुष्पकमल दाहालको रक्षार्थ हो भन्ने बुझ्दा हुन्छ उसो भए ?
–विलकुलै, कहिले काँही के हुन्छ भने, इतिहासमा एउटा पात्र जस्तो देखिन्छ। तपाईलाई थाहा छ, उहाँ दिल्ली जाँदा खेरी प्रजातान्त्रिक दावी गर्ने नेपाली काँग्रेससँग सरकार बन्छ। उहाँ जब बेजिङ जानु हुन्छ, एमालेसँग सरकार बन्छ। यो प्रकारको अस्थिरता उनकै अस्थिरताकै कारण, ९–९ महिनामा सरकार बन्ने र भत्किने जुन क्रम चल्यो। यो क्रमलाई अन्त्य गर्न उत्तरी छिमेकीलाई बढी जरुरी भो, किन कि उसले नेपाली राजनीतिमा स्थायित्व धेरै पहिले देखि खोजेको हो। राजा वीरेन्द्र देखि नै आफ्ना एलाईहरुलाई थाम्ने र छोड्ने चीनियाँ कुटनीतिको एउटा अंग थियो। गिरिजाप्रसाद कोइरालालाई पनि उनीहरुले धेरै पटक प्रयोग गरे। तपाईले हेर्नु हुन्छ भने, चाइनिजहरुले नै बनाइदिएका बाँसवारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना जस्ता धेरै राम्ररी सफल भएका उद्योगहरु मारवाडीहरुलाई कौडिको भाउमा बेचियो, त्यसको हालत अहिले सबैले देखिरहेकै छन्।

काँग्रेसको विश्वसनीयतामा पनि उ ढुक्क हुन सकेन। जसकारण राजनीतिक अस्थिरता त्यो बेला पनि त्यसै प्रकारले गयो। त्यसपछि तीन–तीन महिनामा परराष्ट्रमन्त्रीहरु फेरिन्छन्। कसलाई विश्वास मान्ने र केका आधारमा आफ्ना गतिविधिहरु अघि बढाउने भन्ने कुरामा चीनियाँहरु बढी ढुक्क हुन सक्ने र भारतीहरु पनि बढी ढुक्क हुनसक्ने स्थिति बनेन। उनीहरुको स्वार्थ आफ्नै छ , तर नेपालका राजनीतिक शक्तिहरुको जुन खालको गतिविधि छ , यसले उत्पन्न गर्ने अस्थिरतालाई केही हदसम्म कम गर्न यो खालको वाम एकता जरुरत देखे। माओवादीले बोकेको कल्चर र पुष्पकमल दाहालमा देखिएको राजनीतिक असुरक्षा। त्यो असुरक्षा भनेको शान्ति प्रक्रियाका कयौंँ कुराहरु अझै पनि अन्त्य भएका छैनन्। त्यसबाट उनीममा पर्न गएको डर त्रास, उनी सत्तामा आइसकेपछि उनको व्यक्तिगत सम्पत्तिमा आशक्ति छ, त्यो आशक्तिमा ढुक्क हुने परिस्थितिको निर्माण, त्यसपछि गएर उनको राजनीतिक अस्थिरताले गर्दा उत्पन्न हुने अर्थात् दक्षिण एसियाकै राजनीतिमा पर्ने दीर्घकालिन असर यी सबैलाई हेरेर पुष्पकमल दाहालको स्थायी राजनीतिक व्यवस्थापन अहिले जरुरी भो भन्ने कोणबाट यो वाम एकता मिश्रित छ।

तपाई माओवादीमा पनि रहनु भो, माओवादीको अन्तर्य केही थाहा होला, अहिले यि वामशक्तिहरु के चाहन्छन् त ?
–वामपन्थीले के चाहन्छन् भन्ने त तपाईले देखिरहनु भएको छ । वामपन्थीको सरकार अहिलेदेखि होइन २०५१ सालदेखि सबैले देखेकै छन् । उनीहरुले वास्तवमा के चाहन्छन् भने, जो वृद्धहुँदै गएको नेतृत्व छ । त्यो नेतृत्वको अझ बढी सुरक्षा चाहिरहेका छन् । अहिले नेपाली राजनीतिमा युवा पुस्ताले आफ्नो स्थान सुरक्षित गर्ने, आफ्नो स्थानलाई आफैले अकुपाई गर्नु पर्छ भनेर अघि बढिरहेका छन् । यो अवस्थामा एउटा बुढो नेतृत्वले आफुलाई असुरक्षित महसुस गरिरहेको छ । र, आफ्नो पार्टीभित्र उदयमान नेतृत्वलाई पनि उनीहरुले दमन गर्दै आएका छन् । यो विभाजनमा नेपाली राजनीतिमा जतिजति असर गरिरहेको छ । त्यति युवाहरु निरास हुँदै गएका छन् । केही सकारात्मक सोच भएका युवाहरुले मुलुकको राजनीतिक परिवर्तनमा सक्रीयपूर्वक हिस्सा लिने जुन प्रकारको दृष्किोण बन्दै गएको छ । त्यसबाट आतंकित भइसकेपछि नेपालका वामपन्थीहरुले पनि आपसमा जुट्ने रणनीति लिएका हुन् । अहिलेपनि माओवादीमा, एमालेमा, अरु दलमा जब युवा पुस्ताले आफ्नो स्थान खोज्न थाल्छ, तबतब सबै पार्टीका बुढाहरु जम्मा भएर युवाहरुको चाहानालाई दबाउँछन् र सम्भावनालाई समाप्त पार्ने प्रयत्न गर्छन् ।

अहिले मोहनविक्रम, सीपी मैनालीदेखि लिएर कसैले पनि ८२–८४ वर्षसम्म पार्टीको नेतृत्व छोडेका छैनन् । प्रचण्डकै कुरा गर्नुहुन्छ भनेपनि ३२ वर्ष देखि एउटै व्यक्तिले नेतृत्व गरिरहेको अवस्था हो । कार्यकर्तालाई पालित पोषित प्रवृत्ति बनाउने र राज्यलाई दोहन गर्ने तथा युवा पंक्तिलाई पार्टीमा रोक्ने उहाँहरुको जुन् सोचाइ छ । त्यसको निरन्तरता मात्रै हो । वामपन्थीहरुले आफ्नै व्यक्तिगत व्यवस्थापनमा बढी केन्द्रीत भएर यि सबै गरेका छन् । यो वाम ध्रुवीकरणमा पनि उहाँहरुको सबै पद बाँडफाडकै कुरा छ । कसलाई प्रधानमन्त्री बनाउने, कसलाई राष्ट्रपति बनाउने, कसलाई पार्टी अध्यक्ष बनाउने ? त्यहाँबाट सुरु गर्नु भा छ उहाँहरुले । यो मुलुकमा राजनीतिले स्थापित गर्न नसकेका मुद्दाहरु, सम्बोधन गर्नु पर्ने मुद्दाहरुमा उहाँहरुको ध्यान कहाँ छ र ?

मैले तपाईबाट जान्न खोजेको के हो भने, माओवादीको उत्तपत्ति र एमालेको उत्पत्तिका सारहरु पनि मिल्दैनन् । वैचारिक, सैद्धान्तिक र सांगठनिक रुपमा विभाजन छ, अमिल्दा धेरै कुराहरु छन्, तर, उहाँहरुले पार्टी एकतासम्मको अभ्यास हो भनेर जसरी भनिरहनु भएको छ, यो तपाईहरुजस्तो वैकल्पिक शक्तिहरु र अन्य शक्तिहरुलाई तर्साउन खाजेको कि के हो ? कसरी बुझ्ने हो ?
–उहाँहरुले पार्टी एकता गर्न भो भने त, वैकल्पिक शक्तिलाई फाइदा नै हुन्छ । अहिले वाम ध्रुवीकरणमा जे जस्ता शक्तिहरु सम्मिलित छन् । त्यो मोड्रेट लेफ्टको प्रतिनिधित्व गर्ने शक्तिलाई अल्ट्रा लेफ्तिर धकेल्छ । माओवादी चरित्रकै कारणले । त्यसलाई अल्ट्रा लेफ्टतर्फ धकेल्यो भने, काँग्रेस लगायतको गठबन्धन अझ बढी राइट स्पेशतिर सर्छ । र, बीचको स्पेश, जो स्टेट फरवार्ड पोलिटिक्स गर्ने अथवा मध्यमार्गी राजनीति गर्नेलाई अझ ठाउँ फराकिलो भयो । अहिलेको तत्कालिन निर्वाचनको प्रयोजनलाई लिनेहो भने, मध्यपंक्ति र अग्रगामी शक्तिहरुलाई अथवा विवेकशील साझा जस्तो शक्तिहरुलाई तत्कालिन निर्वाचनमा थोरै असर गर्न सक्लान् । यथार्थमा के हो भने, जो शुद्ध राजनीति हो । जहाँनेर राजनीति गर्नु पर्छ र त्यहाँनेर राजनीति गर्नु हुँदैन त्यहाँ नगर्ने प्रष्ट मार्गचित्र लिएर अघि जानेलाई ठाउँ फराकिलो भएको छ। र, फराकिलो ठाउँमा विवेकशील साझा पार्टी जस्तोहरुलाई अझ बढी फल्ने फूल्ने अवसर प्राप्त हुन्छ।

अबको अभ्यास कता जान्छ ?
–अप्रत्यासित रुपमा बनेको वाम गठबन्धनको कोर्शले अहिलेको सरकारलाई त्रसित बनाएको छ। यति धेरै तर्सिनु पर्ने अवस्था थिएन। त्यो तसाईबाट अहिलेको सरकारले संविधान बाहिर गई निर्णय गर्नु हुँदैन। गठबन्धनकै कारण चुनावको मिति सार्ने र बाह्य दबाबले अरु कुनै कोर्श अघि बढाउने कार्य गरिनु हुँदैन। अन्यथा मुलकु चुनावमय हुन्छ। चुनावमै जान्छ । यसमा शंका गर्नु पर्ने ठाउँ छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ