- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी भइ रहेको वेला कुन उम्मेद्वार कँहाबाट चुनावी मैदानमा जान्छन भन्ने बिषयले सवै मतदाताको ध्यान खिचेको छ ।
माओवादी र एमालेले बाम गठबन्धन गरेसँगै सरकारको नेतृत्व गरेको काँग्रेसले गठवन्धनलाई हराउन कुन नेतालाई कहाँ उठाउँछ भन्ने प्रस्न अझ गहन भएर आएको छ ।
काँग्रेसले आफ्ना नेताहरुलाई उमेद्वार बनाउने ठाउँ लगभग तय भएको छ। केहि ठाउँमा सिट संख्या घटेपछिको परिस्थितिले सिर्जित समस्यालाई हल गरे लगत्तै काँग्रेसका नेताहरु उमेद्वार बन्ने ठाउँ टुङगिने भएको छ।
प्रतिनिधि सभाको लागि काँग्रेसले शिर्षस्थ र प्रभावशाली नेताहरुलाई मैदानमा उतार्दै छ। काँग्रेस सभापती एवम प्रधानमन्त्री देउवा डडेधुराबाट चुनावी मैदानमा उत्रिदै छन् ।
काँग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट उठ्ने भएका छन् । बरिष्ट नेता रामचन्द्र पौडेल तनहु १ बाट उम्मेद्वार बन्दैछन् । स्याङजा २ बाट गोपालमान श्रेष्ठको तयारी भइ रहदा प्रकाशमान सिंहको तयारी काठमाडौं १ बाट नै छ ।
प्रचन्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएर चर्चा कमाएका गगन थापा काठमाडौं ४ बाट उम्मेद्वार बन्ने भएका छन् । अम्बिका बस्नेत काठमाडौं ३ बाट उम्मेद्वार बन्ने तयारीमा रहँदा काठमाडौं ५ मा प्रकाशशरण महत आउने भएका छन्। काठमाडौं ६ मा रक्षामन्त्री भिसेनदास प्रधान नै दोहोरिने भएका छन्। काठमाडौं ८, ९ र १० मा क्रमश नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसी उम्मेद्वार वन्ने भएका छन् ।
करिव १० बर्ष पछि काँग्रेस फर्किएका विजयकुमार गच्छदार सुनसरी ३बाट उम्मेद्वार बन्ने तयारी गरि रहेका छन् । सुनसरी ४ ज्ञानेन्द्रबहादुर कार्कीको भागमा पर्ने भएको छ । त्यस्तै मिन विश्वकर्मा सुनसरी १ बाट उम्मेद्वार बन्दै छन् ।
काँग्रेसले मुक्ती आन्दोलन सुरु गरेको मोरङमा मिनेन्द्र रिजाल, महेश आचार्य र शेखर कोइराला उम्मेद्वार बन्ने भएका छन् । रिजाल मोरङ २बाट, आचार्य ४ बाट र कोइराला मोरङ ६ बाट चुनावी मैदानमा जाने तयारीमा रहेका हुन् । मोरङकै ४ बाट महेश आर्चाय, ५ बाट अमृत अर्याल उमेद्वार हुँदैछन्।
काँग्रेसले झापा १ मा युवा नेता विश्वप्रकाश शर्मालाई उम्मेद्वार बनाउँदा आनन्दप्रसाद ढुंगाना धनुषा १ र विमलेन्द्र निधि धनुषा ३ उम्मेद्वार बन्दैछन्।
एसियाकै उत्कृष्ट अर्थ मन्त्रि बनेका रामशरण महत नुवाकोट १ बाट उम्मेद्वार बन्दा अर्जुन नरसिंह के.सीको नुवाकोट २ बाट प्रत्यासी हुँदै छन्। यहाँ केसी र महतको क्षेत्र परिवर्तन पनि हुन सक्ने बताइदैछ।
त्यस्तै पूर्णबहादुर खड्का सुर्खेत १ र रमेश लेखक कञ्चनपुर ३ बाट उम्मेद्वार बन्ने भएका हुन् ।
भौतिक योजना मन्त्री वीर वहादुर वलायर डोटीबाट, बद्री पाण्डे बाजुराबाट, रामहरी खतिवडा ओखलढुङगाबाट, चन्द्र भण्डारी गुल्मीबाट प्रत्यासी हुँदैछन्।