- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसद्मा नेकपा एमालेका नेता सुवास नेम्वाङ र काँग्रेस नेता केशव थापाको प्रवेश एकैपटक भएको हो निर्वाचित जनप्रतिनिधिको रुपमा । २०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम २ बाट उम्मेदवार थिए भने थापाले इलाम क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । त्यतिबेला सांसद्भएपछि थापाले आफ्नो क्षेत्रमा सक्दो विकासको काम गरे । उनी त्यतिबेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री पनि बनेका थिए । आफ्नो क्षेत्रमा उनले त्यतिबेला खानेपानी र सडक विकासको लागि ४८ वटै गाविसमा विकासको लहर फैलाए । अहिले त्यही बाटहरुराजमार्ग र सहायक राजमार्गका नाममा विकास भईरहेका छन् ।
उनी त्यसपछि क्षेत्र नं २ मा झरे । एमालेले त्यही बेला नेता सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनायो । केही मत पुगेन थापा हारे । त्यतिबेला उनको झण्डै ३ हजार जति मत कम थियो । त्यही क्षेत्रबाट चुनाव जितेका नेम्वाङ सभामुख बने । उनले पनि विकासको कामै नगरेका भने होईनन् । तर राष्ट्रिय राजनीतिमा धेरै समय खर्च गरेका नेम्वाङले आफ्ना जनतालाई त्यति समय दिन भने नसकेकै हुन् । तर, थापालाई भने न त संविधान सभा र संसद्को अध्यक्षता गर्नु थियो न त अरु धेरै चिन्ता उनी आफ्नै मतदाता माझ घुलमिल भईरहे । उनलाई त सांसद् नबन्दा योजना पार्न सकिएन भन्ने भएपनि जनतासँग घुलमिल गर्न भने झनै समय मिल्यो ०६४ को पराजयले । उनले त्यो बीचमा आफ्ना क्षेत्रका पछिल्ला समस्याबारे पनि बुझ्न भ्याए । २०७० सालको चुनाव आयो ।
थापाले फेरि नेम्वाङसँग चुनाव लडेर दुबै जनालाई चुनौतीको बाटोमा मोल्न चाहेनन् । किनभने संविधानसभा अध्यक्षको रुपमा उनको भूमिका संविधानसभालाई अझै थियो भने इलामलाई विकासका लागि आवश्यकता थियो थापाको । त्यसैले क्षेत्र नं ३ बाट थापा आए भने २ बाट नेम्वाङ ।
अहिले परिस्थिती बदलिएको छ । बाम गठबन्धनका कारण कम्युनिष्ट मतदाताहरुको संख्या बढ्दै गएको छ भने क्षेत्र गाभिएक कारण काँग्रेसको मतदाताहरु पनि बढेका छन् । ३ वटा क्षेत्रबाट २ वटामा गाभिँदा २ नं क्षेत्रमा ३ नं क्षेत्रका काँग्रेसको गढ मानिने वडाहरु गाभिएका छन् । यसले पनि थापालाई केही सहज हुने देखिन्छ ।
अब यो क्षे त्रमा विकासे नेताको रुपमा चिनिने नेता थापा र संविधानसभाको अध्यक्षता गरेरै संविधान निर्माण गरेका सभामुखबीच कडा प्रतिस्पर्धा हुँदैछ । यसमा थापाले ०६४ सालको बदला लिने प्रयास गर्दैछन् भने नेम्वाङ ०६४ कै परिणाम दोहोर्याउने प्रयासमा छन् । यो महाभीडन्तमा कसको पल्ला भारी हुन्छ भन्नेबारेमा भने मंसिरको अन्तिमसम्म कुर्नैपर्ने देखिन्छ ।
तर, अहिलेको नेम्वाङमाथिको जीत भनेको थापाको लागि २०६४ को आफूमाथिको जीत जस्तो नभई एउटा महत्वपूर्ण र ऐतिहासिक जीत सावित हुनेछ । दुई बामपन्थी शक्तिहरुलाई बामपन्थीहरुकै लालकिल्लामा च्यालेन्ज दिनसकेको खण्डमा त्यो थापाका लागि सामान्य नभएर ऐतिहासिक जीत मानिनेछ ।
संसद्मा गरिएका कतिपय गतिविधिहरुका कारण त्यहाँका लिम्बूहरु असन्तुष्ट रहेका छन् । उनीहरु राष्ट्रिय राजनीतिमा त्यतिधेरै प्रभावशाली हुँदाहुँदैपनि आफ्नो जिल्लाका लागि केही गर्न नसकेको, लिम्वुवान बनाउन नदिनुमा नेम्वाङको पनि संलग्नता रहेको जस्ता विषयलाई लिएर उनीहरु असन्तुष्ट रहेका छन् । उनको भोट बैंकको रुपमा मानिएको चुलाचुली, बाँझो, साकफारा जस्ता ठाउँका लिम्बूहरु नै नेम्वाङविरुद्ध बढी असन्तुष्ट रहेको र थापाले विकास भने पनि गर्छन् भन्ने भान धेरैमा रहेका कारण थापालाई फाईदा हुने देखिन्छ ।