arrow

नेपालमै सबै किसिमका क्यान्सरको उपचार सम्भव छ (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
bhola_rauniyar.jpg

चितवनमा क्यान्सर रोग विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हालै सम्पन्न भयो । कार्तिक १६ गतेदेखि सुरु भएको तीन दिने सम्मेलनले बाह्यदेशमा जस्तो उपचार पद्दति र प्रविधिको विकास नेपालमा नभएकाले नेपालमा उपलब्ध श्रोत साधनलाई उपयोग गरेर उपचार सफल पार्नु पर्ने सुझाव दिएका छन् । धेरै देशका विज्ञहरु सम्मलित यो सम्मेलनले क्यान्सर उपचारका लागि नेपालले एउटा फड्को मारेको छ, भन्दा हुन्छ । यस विषयमा नेपालले धेरै कुरा सिकेको छ । आज नेपालमा क्यान्सर रोगको अवस्था र उपचारमा केन्द्रित रहेर विश्व सम्मेलन आयोजक समितिमा संयोजक रहेका प्रा.डा.भोला रौनियारसँग हामीले कुराकानी गरेका छौँ । 

० क्यान्सर उपचार विधि र पद्धतिमा अरु देशको तुलनामा हामी कहाँ रहेछौं ?
– सन् २००१ मा सार्क देशका क्यान्सर रोग हेर्ने डाक्टरहरुको एउटा सम्मेलन भयो । त्यही बेलादेखि नेपाल च्याप्टर पनि गठन भएको थियो । त्यसबेलादेखि नेपालमा क्यान्सर रोगको उपचार विधि र प्रक्रियाका लागि संस्था गठन भएको थियो । प्रत्येक वर्ष सम्मेलन आयोजना हुनुपर्ने थियो, तर सधैं सम्भव भएको छैन । त्यही सिलसिलामा यो संस्थाले काठमाडौंभन्दा बाहिर अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक आयोजना गरिएको हो ।
हाम्रो देशमा क्यान्सरको अवस्था कस्तो छ, हामी कसरी उपचार गरिरहेका छौं । श्रोत नभएको हाम्रो मुलुक हामी कसरी उपचार गराइरहेका छौं भन्ने कुरा अन्य देशलाई जानकारी गरायौं, अन्य देशमा कसरी उपचार गरिरहेका छन् भन्नेबारे उहाँहरुको अनुभव लिने हिसाबले विश्व सम्मेलन आयोजना गरिएको हो ।
अमेरिका, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेशबाट विशेषज्ञहरु आउनुभएको थियो । उहाँहरुले विभिन्न क्यान्सरबारे आ–आफ्नो धारणा राख्नुभो । नेपालमा क्यान्सर उपचारका लागि हामीले धेरै कुरा सिक्यौं । हाम्रो उपचारविधिबारे अरुलाई भन्यौं । यसको उपचार महँगो छ, अहिले के भइरहेको छ, त्यसबारे हामीले आफ्ना कुरा राख्यौं ।

० उपचार विधि अरुको तुलनामा हामी पछाडि हो ?
– कतिपय कुरामा हामी पछाडि छौं । म सन् २००० देखि क्यान्सर उपचारमा संलग्न छु । झन्डै १८ वर्ष भएछ मैले क्यान्सर उपचारमा संलग्न भएको छु । त्यसबेला उपचार विधिका लागि केही थिएन । ९९ प्रतिशत रोगी उपचारका लागि भारत जान्थे  । आर्थिक अवस्था कमजोर भएका रोगीहरुको उपचार हामी यही गछौं । सर्जिरीका केही पद्धति, दिनदिनै विकसित हुँदै गएको क्यान्सरका बारेमा नयाँ अध्ययन अनुसन्धान भइरहेको छ । यो अध्ययन अनुसन्धानका लागि धेरै पैसा लाग्छ । औषधि अध्याधिक महँगो हुन्छ, जुन हामी कहाँ पाइँदैन । एउटा कोर्षकै डेढदेखि ३ लाख रुपैयाँसम्म पर्छ । एउटा उपचारका लागि ५० लाख रुपैयाँसम्म पर्छ । हामीकहाँ इन्स्युरेन्स पोलिसी छैन, जसले गर्दा उपचार धेरै महँगो पर्न जान्छ । सरकारले थोरै सहयोग गर्छ ।

० कस्तो क्यान्सरको नेपालमा उपचार सम्भव छ ?
– धेरैजसो क्यान्सर रोगको उपचार अहिले नेपालमै सम्भव छ, बाहिर जानु पर्दैन । क्यान्सर उपचारको तीनवटा पद्दति हुन्छ, एउटा रेडियसन, अर्को सर्जरी र अर्को किमोथेरापी । धेरैजसो विरामीलाई यो तीनवटै उपचार विधि अपनाउन जरुरी हुन्छ । किमोथेरापी, रेडियसन हाम्रै देशमा हुन्छ । अधिकांश सर्जरी पनि हाम्रै देशमा हुन्छ । कहिलेकाँही लेजर थरापी र सर्जरीका लागि हामी अरु देशमै जानुपर्ने हुन्छ । नत्र सबै किसिमको उपचार हाम्रै देशमा सम्भव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ