- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाफिकोट। रुकुम १० वर्षे स-शस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बन्यो ।अब विस्तारै नेपाल प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका संघीय स्वरुपमा अगाडी बढ्दै छ। नेपालको शासन प्रणाली केन्द्रित राज्य व्यवस्थाको अन्त्यसंगै अब बिकेन्द्रिकृत राज्य व्यवस्थामा प्रवेश गरेको छ। भने सिंहदरबाको अधिकार स्थानीय निकायमा पुर्याइएको छ। तर पनि रुकुमेली जनताले अझै गणतन्त्रको स्वाद चाख्न पाएका छैनन् । रुकुम खारा होस् या अर्घाखाँचीको सन्धीखर्क होस् या सिन्धुलीको भिमान, जुम्लाको खलंगा होस् या रोल्पाको लिवाङ्ग स-शस्त्र द्वन्दका समयमा बन्दुकका गोलीहरुले घर-घरका भित्ताहरुमा लागेर बनेका दाग अझै जस्ताको त्यस्तै छन्, कति त्यस्ता दागहरु घरका भित्ताबाट मेटिएका छैनन् । अझ उस्तै छन् अझै याद दिलाई रहेका छन्।
गणतन्त्रको स्थापना पश्चात ३/४ वटा माओवादीको सरकार बन्यो । न त त्यसले कथित युद्धका घाउहरु मेटाउन सक्यो, न त घाउहरुमा मलम नै लगाउन सक्यो। पात्र फेरिए, अवस्था फेरियो तर व्यवस्था फेरिन सकेन । मन भित्रका पीडाहरु, आफन्त गुमाउनुको पीडाहरु , अपाङ्गका पीडाहरु ,अनि वेपत्ता भएका परिवारजका सदस्यको आँखा अगाडि आइरहने यादका श्रृंखलाहरू जस्ताको त्यस्तै छन् ।
रगतका खोलाहरु बगेका सडक ,चोक र गल्लीहरु तथा पीडाका कथाहरू अझै पनि गणतन्त्रको आभासको आशामा दौडिरहेका छन् । अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको गणतन्त्र के को लागि ? १० बर्ष जनयुद्धमा परिवर्तनका नाममा सुनौलो भबिस्य बोकेर समातिएका कलमहरु खोसेर युद्धमा होमिन बाध्य बनाईएका सहयोद्धाहरु अहिले मलेसिया,दुवै , साउदी र कतारमा ५५ डिग्रीको तापक्रमा पसिना बगिरहेका छन् १० बर्से जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए , कैयौ ब्यपत्ता भए, कैयौं बालबालिका टुहुरा भए भने कैयौ नेपाली आमाको काख रित्तियो त कैयौको सिउदोको सिदुर खोसियो यो सबै के को लागि ?
बन्द बाकसमा निदाएका नेपाली युवाहरुका लास आउन कहिले रोकिन्छ ? ब्यपत्ता पारिएका आफन्त कहिलेसम्म न्यायको आशामा बस्ने ?अपाङ्ग शरीर बोकेर, आशा र भरोसा बोकेर, ठगीएर, हेपीएर, इज्जत लुटिएर, बेचिएर कहिले सम्म खोजी रहने ठाडो शीर सहितको परिवर्तन र गणतन्त्र ? रुकुममा माओवादी केन्द्र नामधारी सताब्दीका कलंकहरुबाट भइरहेको जगन्य अपराध र उनीहरुको संरक्षणमा रही ज्यानमार्ने उद्धेश्यले भएका माओवादीका कार्यकर्ताको हर्कतको अब रुकुमेली जनताले न्यायाधीशको रुपमा आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने देखिन्छ ।
माओवादी कै नेत्तृत्वमा भएको १० बर्षे जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए कैयौ ब्यपत्ता भए, कैयौं बालबालिका टुहुरा भए भने कैयौ नेपाली आमाको काख रित्तियो त कैयौको सिउदोको सिदुर खोसियो ? फरक राजनीतिक विचार धारा बोकेर हिडेका कैयौ रुकुमेली नागरिकहरु माओवादीको राजनीतिक सिकार बने । परिवारको पेट पाल्न आफ्नो काममा हिडेका कैयौ नागरिक घरमा रहेका परिवारको भोको पेट भर्न नपाउदै फरक राजनीतिक विचार कै कारण राजनीतिक सिकार बने । कैयौ सुनौलो भबिस्यको सपना देखेर स्कुल गएका विधार्थी स्कुलबाट घर फर्किएनन् ।
माओवादीले कति निर्दोष नेपालीको रगतमा होलि खेलेको छ अहिले त्यसको लेखाजोखा कोहि सँग छ ।१० बर्से जनयुद्धमा संगै लडेका सहयोद्धाहरु अहिले कहाँ के गर्दै छन माओवादीका कुनै नेतालाई थाहा छ। अब किन माओवादीलाई भोट हाल्ने । म विगतका कुराहरु धेरै लेखन चाहन्न ?अहिले माओवादी हत्याहिंसा को राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा छ । त्यो पनि नेपाल सरकारको जिम्मेवार पदमा । के लागि भएको थियो त्यत्रो हत्याहिंसा के यसको जबाफ माओवादीसंग छ त्यति धेरै मानिस मारिएको र त्यति नै ठुलो संख्यामा बेपत्ता पारिएकोमा माओवादीले जबाफ दिनुपर्दैन ? के रुकुमेली जनताले अझै पनि फरक विचार धारा लिएर हिड्न पाउने अधिकार छैन ?
के स्वतन्त्रपुर्बक आफ्नो बिचार राख्ने आधिकार छैन ? कहिलेसम्म माओवादी यस्ता व्यक्तिलाई संरक्षण गरेर राख्द्छ। अबको माओवादी को राजनीतिक भविष्यको निर्धारण गर्ने दिन आएको छ र अब यसको न्यायाधीश रुकुमेली जनता आफै बनी न्यायीक ओकालत गर्नु जरुरी छ। माओवादी केन्द्रकै एउटा जिम्मेवार नेतासग जबाफ दिने हैसियत छ भने भन्न्होस त । यसको जबाफ छ भए रुकुमेली जनतालाई दिनुहोला । होईन भने माओवादी केन्द्र नामधारी शताब्दीका कलंकहरु तिमीहरुलाई रुकुमेली माटोले धिक्कार्ने छ । तिमिहरुले अंगालेको बाटो अनी चिन्तनलाई ।