arrow

दलका घोषणापत्रमा नपरेको विप्रेषण ‘रेमिट्यान्स’ले छताछुल्ल विकास हुनसक्छ(अन्तर्वार्ता)

अहिलेको वास्तविकता : नेपालको एक तिहाई अर्थतन्त्र रेमिट्यान्सले धानेको छ

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
dipendra-bahadur-chettr.jpg.jpeg

नेपालमा वार्षिक ७ खरब विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने राष्ट्रिय गौरवको आयोजना निजगढमा निर्माणधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सहजै बनाउन सकिन्छ । निजगढ विमानस्थलको अनुमानित लागत ६ खरब ७० अरब मात्र हो । तर विप्रेषणको रुपमा भित्रने यति ठूलो रकम कहाँ हराउँछ ? नेपाल राष्ट्र बैंकले हालै अध्ययन गरेको थियो । यो अध्ययनलाई आधार मान्ने हो भने विप्रेषणबाट भित्रिने रकममध्ये ७० प्रतिशतभन्दा बढी रकम ऋण भुक्तानी, निजी उपभोग, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा खर्च हुन्छ । उदेक लाग्दो विषय के हो भने संयुक्त वाम गठबन्धन होस् वा लोकतान्त्रिक गठबन्धन दुवैले आफ्नो घोषणामा ७ खरब  बराबरको यो पूँजीलाई प्राथमिकतामा राखेका छैनन् । विप्रेषणको यो रकम कसरी सदुपयोग गर्ने भन्ने विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग कुराकानी गरेका छौँ ।

० वार्षिक ७ खरब रेमिट्यान्स भित्रिदो रहेछ, यसको उपयोग नभएको हो ?
– सामूहिक किसिमको लगानीद्वारा कुनै खास विकास निर्माणको परियोजना सम्पन्न नभएको हिसाबले रेमिट्यान्स प्रयोग नभएको भन्नुपर्छ । तर त्यो रकम बाहिर गएको प्रत्येक व्यक्तिले आफ्ना जहान परिवारलाई खुवाउन पिलाउन, शिक्षा, स्वास्थ्य र व्यवहार गर्नका निम्ति भनेर पठाएको रकम हो । यस हिसाबले यो छरिएर रहेको रकम हो ।
७ खरब एउटै थैलीको रुपमा लिने हो भने यो निश्चय नै ठूलो रकम हो । यो रकमले ठूलो परियोजना सम्पन्न गर्न सक्ने क्षमता राख्थ्यो ।

० रेमिट्यान्सको रकम हामीले विकास निर्माणमा कति खर्च गर्न सकेका छौं ?
– राष्ट्र बैंकको अध्ययन हेर्ने हो भने औपचारिक रुपमा हामीले दिएको कार्यक्रमअनुसार पैसा जम्मा गरेर अथवा राष्ट्र बैंकले विप्रेषणको रकम प्रयोग गर्नका निमित्त भनेर जम्मा गर्ने प्रयास गरेको थियो । तर ४० प्रतिशत पनि उठ्न सकेन । जस्तो एक अर्ब उठाउने लक्ष्य लियो भने ४० लाख रुपैयाँ पनि नउठेको अवस्था छ । हामीले राम्रोसँग प्रचार प्रसार गर्न सकेनौं, अथवा ती व्यक्ति जो नेपालमा पैसा पठाउँथे, उनीहरुको वस्तीसम्म हामी पुग्न सकेनौं ।
त्यसको बद्ला हुन्डी सञ्चालकहरुले उनीहरुलाई सम्पर्कमा ल्याउन सकेको हुनाले राष्ट्र बैंकले भनेजति रकम संकलन गर्न नसकेको हो कि भन्ने कुरा तथ्यांकले देखाउँछ । यो आर्थिक वर्षको गएको दुई महिनामा १ खरब १५ अरब ५० करोड रुपैयाँ विपे्रषण भित्रिएको रहेछ । यो वृद्धिदर शुन्य विन्दु ७ प्रतिशत मात्र रहेछ । जबकि यही समयमा गएको वर्ष दुई महिनामा विप्रेषणमा ६ प्रतिशतले वृद्धि भएको रहेछ । संस्थागत रुपमा भित्रिने विपे्रषणको दर घटेको छ । हामीले विश्वास दिलाउन नसकेको र उनीहरुको पहुँचमा पुग्न नसकेको त्यसको बद्लामा व्यक्तिहरु वा अनौपचारिक संस्थाहरु गएर रेमिट्यान्सको रकमलाई प्रयोग गरिरहेको देखिन्छ ।
नेपालमा गैरकानुनी रुपले सुन भित्रिएको छ, यस्तोमा व्यापारीहरुले त्यो पैसा प्रयोग गरेका छन् भन्ने अनुमान लगाइएको छ ।

० डेढ खरब वचत हुन्छ भनिएको छ नि ? यसलाई एकै ठाउँमा ल्याउने पद्धति विकास गर्न सम्भव छ ?
– प्रयत्न गर्ने हो भने हुनसक्छ । एक वर्षअघि श्रम सचिव रामप्रसादले रेमिट्यान्सलाई मुलुकको विकासमा प्रयोग गर्ने प्रयत्न गर्ने जमर्को गर्नुभयो । उहाँले मसँग पनि एकपटक सम्पर्क गर्नुभयो । कसरी प्रयोग गर्ने भन्ने विषयमा उहाँ गम्भीर देखिनुहुन्थ्यो । रेमिट्यान्सलाई विश्वास दिलाउने ढंगबाट प्रयोग गर्ने हो भने अरु केही नभए पनि बचत २८ प्रतिशत भनिएको छ, उहाँहरुले गर्ने अतिरिक्त खर्च (इलोक्ट्रोनिक ग्याजेटहरु) न्यूनीकरण गरेर बचत गर्न सकियो भने भविष्यमा आफ्नै जीवन सार्थक बन्न सक्छ । सन्ततिको भविष्य राम्रो हुनसक्छ, त्यसकारण लगानी गर्ने पर्‍यो भन्ने विचार दिन सक्नुपर्छ । प्रचारप्रसारले मात्र हुँदैन, सरकार र निजी क्षेत्रको सहकार्यमा मध्यम खाले हाइड्रो पावरको परिकल्पना गरौं । सरकारले इनिसियटिभ लिएपछि त्यो लाइसेन्स दिनसक्ने पनि हुन्छ । सरकारले रेमिट्यान्स र परियोजनाको व्यवस्थापन गर्न सक्दैन, तर विप्रेषणबाट जम्मा भएको रकमले ३–४ वर्षमा सम्पन्न गर्ने परियोजनाको घोषणा गर्न सकिन्छ ।

० नेपालको एक तिहाई अर्थतन्त्र रेमिट्यान्सले धानेको हो ?
– अहिलेको वास्तविकता त्यही हो । रोजगारी सिर्जना गर्ने अवस्था यहाँ रहेन, गर्न खोजिएन । दक्ष्य र सक्षमलाई जानी बुझी पन्छाउने प्रवृत्ति यहाँ हाबी भयो ।
एउटा उदाहरण : एकजना मेडिकल डाक्टरका ३ छोरी रहेछन्, एकजना डाक्टर नै बनाउनु भएछ, नेपाल आर्मीमा केही डाक्टरको आवश्यकता मागिएछ, झन्डै ८५ जना डाक्टरमध्ये १५ जनाभित्र उनी पनि परिछन् । उनी अन्तर्वार्तामा गइन् । अन्तर्वार्ताबाट फर्केपछि उनले बाबुसँग भनिन्, ‘बाबा मैले त्यहाँ जब पाउनका लागि अलिकति पैसा खर्च गर्नुपर्ने भयो, ४–५ लाख रुपैयाँ माग भएको छ भनिन् । उनले ४–५ लाख रुपैयाँ दिएछन पनि । दिएपछि पनि उनको नाम निस्केन । ती डाक्टरले भन्थे, ५ लाखभन्दा बढी दिने कुनै बिडर निस्केछ क्यारे मेरो छोरी सक्षम भएर पाँच लाख दिँदा पनि उनले त्यहाँ काम पाउन सकिनन् । मुलुक यस्तो छ– भ्रष्टाचार यसरी मौलाएको छ, यहाँ कसले कसको विश्वास गर्ने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ