arrow

'उत्तर छिमेकसंगको सम्बन्ध पृथ्वीनारायण शाहले नसोची प्वाक्क बोलेका होइनन्'

उत्तरतिरको बाटो सुरक्षा र आर्थिक विकासको पाटो

logo
खगेन्द्र राज सिटौला,
प्रकाशित २०७२ माघ ७ बिहिबार
khagendra-raj-sitoula.jpg.jpeg
नेपालका राष्ट्रनिर्माता एवं बडानेता श्री ५ पृथ्वीनारायण शाहले उत्तर तिर रास्ता (बाटो) खोल्न किन जोड दिएका होलान ? सुरक्षाको लागि कि समृध्दिको लागि होला ? हामी यही सवालको जवाफ खोज्न कोशिस गरौं यो सानो लेख मार्फत।  पृथ्वीनारायण शाहले चीन र भारतको बीचमा रहेको नेपाललाई दुई ढुंगा बीचको तरुल माने। यसको अर्थ हुनुपर्छ दुबैतिरका छिमेकी संग राम्रो सम्बन्ध राख्नु हाम्रो हितमा छ। तरुलको अर्थ हो छिमेकी प्रति सधै नरम नीतिको निरन्तरता। छिमेकीलाई चोट नपुर्‍याउने छिमेकीको मल र बल तरुलले प्राप्त गरिरहने। अर्थात छिमेकीको अहित नसोच्नु नेपालको हितमा छ।  यसो भए पछि नेपालले छिमेकी बाट चोट पाउदैन भन्ने उनको मान्यता हो। बलियो छिमेकीसंग जहिल्यै बलियो सम्बन्ध बनाई राखौं भन्ने मान्यता हो पृथ्वीविचारको। यो विचार सुरक्षाको सवाल पनि हो समृध्दिको सवाल पनि हो।
 
पृथ्वीनारायण शाहको उत्तरतिर रास्ता खोल्ने सोच नेपाल, चीन एवं चीनको स्वसाशित क्षेत्र तिब्बत सम्बन्ध, सम्पर्क व्यापार सुरक्षा सबै हिसाबले कति महत्वपूर्ण छ भन्ने दृष्टान्त अरनीको राजमार्ग हाम्रो सामुन्नेमा छ। यो राजमार्गको स्थापनाले एकतिर चीनसंग नेपालको व्यपारमा व्यापक वृध्दि भएको छ भने अर्कोतिर दक्षिण छिमेकी भारतसंगको व्यापारलाई दुई पक्षीय छिमेकीमा ढाल्न पनि केही हदसम्म सफल भएको छ।
 
उत्तरतिरको बाटोले गर्दा नेपालको सुरक्षा र परराष्ट्र सम्बन्ध बढी सुरक्षित र सन्तुलित भएको छ। पृथ्वीनारायण शाहको उत्तरतिर रास्ता खोल्ने सोचले उनका दशौं पुस्ताका राजा महेन्द्रले अरनिको राजमार्ग स्थापना गरेर साकार पारेका थिए। यो पनि राजा महेन्द्रले दक्षिण छिमेकी र पश्चिमा मुलुक समेतको दबाब झेलेर यो राजमार्ग स्थापना गर्न सफल भएको हो। उनले यो रास्ता खोल्न साम्यवाद गाडी चढेर आउदैन भनेर जवाफ दिनु परेको थियो।
पृथ्वीनारायण शाहको उत्तरतिर रास्ता खोल्ने सोचले उनका दशौं पुस्ताका राजा महेन्द्रले अरनिको राजमार्ग स्थापना गरेर साकार पारेका थिए।
 
तर पनि उत्तरतिरको रास्ताको यति धेरै राष्ट्रिय महत्व र आवश्यकता हुदा हुदै पनि कोदारीमा बनेको अरनीको राजमार्ग पछि नेपालबाट उत्तर छिमेकी जोडने थप राजमार्ग नबनिनु दुखद हो। यतिबेलासम्म उत्तर-दक्षिणका धेरै राजमार्ग बनिसक्नु पर्ने थियो। जुन नेपालको हितमा नै हुने थिए। पूर्व पश्चिम राजमार्गसंग जोडिएका धेरै उत्तर दक्षिणका राजमार्ग बनेका भए नेपालको विकास र व्यापार अझ अगाडि बढिसकेको हुनेथियो। आउने दिनमा यतातिर सबैको गंभिर ध्यान जानु पर्दछ। हाम्रो मात्र होइन कि चीनको पनि ध्यान यतातिर तानिएर यस्ता पृथ्वीविचार अनुसारका रास्ता याने राजमार्गहरु तीब्र गतिमा बनिनु पर्दछ।
 
पृथ्वीविचारबाट खडा भएका र भविश्यमा खडा हुने यस्ता राजमार्गले नेपाल र चीन दुबैलाई हितगर्ने हुनाले दुबैको सहमति र साझा प्रयासमा यस्ता रास्ता याने राजमार्गहरु छिटो बन्नु पर्दछ। राजमार्गको अलावा रेलमार्गले पनि नेपाल उत्तर दक्षिण त्यसरी नै जोडिनु पर्दछ।  यसो हुन सकेमा नेपालले एकैपल्ट चीन भारतसंग मित्रताको दरिलो हातेमालो गरेको मानिने छ। नेपालले पर्यटन र व्यपारमा तीब्र गतिमा विकास गर्न सक्छ। लासा लुम्बिनी गयाले साझा पाहुना वा पर्यटकहरुको स्वागत गर्न पाउने छन। लुम्बिनी दुबै तिरको साझा केन्द्र हुनेछ। अनि मात्र नेपालले राष्ट्रनिर्माताको उत्तरतिर रास्ता खोल सोचको मोल पाएको मानिने छ।
 
पृथ्वीनारायण शाहले नेपालको समृध्दि,व्यापार र सुरक्षालाई दीर्घकालिन रुपमा सुदृढ बनाइराख्न उत्तर छिमेकी संगको सम्बन्धलाई विशेष जोड दिएको हुन जस्तो लाग्छ। साथै यसको निरन्तरतालार्इृ कायम राख्ने कुरालाई त्यतिकै ध्यान तथा जोड दिएको पनि हुनुपर्छ उनले। यो उनको उत्तर छिमेक नीति पनि हुनुपर्छ। उनी चाहन्छन नेपाल र भोट याने चीन संगको सम्बन्ध हिमाल जस्तै अटल हुनुपर्छ। तर हिमालले खडा गरेको दुर्गम भूगोललाई मित्रताको छेकेवार रहन दिनु हुदैन भनेर नै उनले उत्तरतिर रास्ता खोल्न जोड दिएको हुनु पर्दछ।   
 
उत्तर दक्षिणको रास्तालाई धार्मिक पर्यटक रास्ताको रुपमा सदुपयोग गर्ने योजना नेपालले बनाउनु पर्दछ। धार्मिक रास्ता नेपालको लागि पर्यटन रास्ता पनि हुनेछ। अर्थात यो रास्ता नेपालको लागि पर्यटक तान्ने र पर्यटक संगै नगद तान्ने रास्ता पनि हुन सक्छ। यो रास्ता त्रिदेशीय धार्मिक पर्यटन र मित्रताको रास्ता बनाउन सकिन्छ। बुध्द जन्मिएको देश नेपाल, बुध्दले ज्ञान दिएको, देह त्याग गरेको देश भारत र बुध्द धर्म फैलिएको देश चीनको तिब्बत लाई जोड्न सक्छ उत्तर दक्षिणको पृथ्वी रास्ताले। यो रास्ता भनेको लासा देखि लुम्बिनी जोड लुम्बिनी देखि गया जोड हो। यसले लासा लुम्बिनी गया, गया लुम्बिनी लासा सम्मको बौध्द धर्मावालम्वीहरुको रास्ता तय गर्ने बुझ्नु पर्दछ। चीनका पर्यटक नेपाल हुदै भारत र भारतका पर्यटक नेपाल हुदै चीन सम्मको रास्ता बुझ्नु पर्दछ। यो रास्ताले भारतका बौध्द हिन्दु दुवै धर्मावलम्विहरुलाई तान्न सक्छ। अन्य गैह्र धार्मिक पर्यटक पनि तान्न सक्छ। उत्तरतिर रास्ता खोल्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विचारलाई एकैपल्ट दुबै छिमेकीबाट नगद कमाउने र मित्रता बढाउने आधार बनाउन सक्छ नेपालले। यसबाट फेरि पनि पुष्टि गर्न सकिन्छ कि उत्तरतिर रास्ता खोल्ने पृथ्वीनारायणको सोच कति दूरगामी महत्वको छ भनेर।
बुध्द जन्मिएको देश नेपाल, बुध्दले ज्ञान दिएको, देह त्याग गरेको देश भारत र बुध्द धर्म फैलिएको देश चीनको तिब्बत लाई जोड्न सक्छ उत्तर दक्षिणको पृथ्वी रास्ताले।
 
उत्तरतिरको रास्ता समृध्दि र सुरक्षा दुबै हिसावले नेपालको राष्ट्रिय आवश्यकता साबित भएको कारणले नेपालले जति सक्दो छिटो यस्ता धेरै रास्ता बनाउनु पर्दछ। नेपाल एकिकरण भए यता विश्वमा धेरै फेर बदल आएको छ। तर पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले स्थापित गरेको नेपालको छिमेक नीतिको सान्दर्भिकता शाश्वतरुपमा पुष्टि भइरहेको छ।  यसमा फेर बदल गर्नुपर्ने कुनै आवश्यकता आएको छैन। बरु अहिलेको विकासित सन्दर्भमा यसलाई कसरी घनिष्ठ र फाइदाकारी बनाउने भनेर सोच्नु पर्दछ। नेपालको हित जित र विकासमा यस्ता रास्ताहरुलाई बढी भन्दा बढी कसरी सदुपयोग गर्न सकिन्छ यतातिर सबैको ध्यान तानिनु पर्दछ। उत्तरतिर कुन नाकामा रास्ता बनाएर नेपालले केमा कसरी बढी भन्दा बढी फाइदा लिन सक्छ भनेर विज्ञहरुले गहन छलफल चलाएर विश्लेषण गरेर योजना बनाउनु पर्दछ। बरु सरकारले विलम्ब नगरी यस्तो कार्यदल बनाउनु पर्दछ र काम अगाडि बढाउनु पर्दछ। नेपालले उत्तर र दक्षिण दुबै छिमेक बाट कसरी बढी भन्दा बढी लाभ लिन सकिन्छ भनेर सोच्नु पर्दछ। पुस्तौं पुस्ता सम्म विलाप गरिरहनु पर्ने न रास्ता बनाउनु हुन्छ न यस्ता कुनै संझौता नै गर्नु हुन्छ। बरु पुस्तौं पुस्ताले जय जय गरिरहने यस्ता रास्ता बनाउनु र संझौता गर्नु पर्दछ।
राष्ट्र निर्माताको उत्तरतिरको रास्ता भनेको एउटा उत्तर छिमेक सम्बन्धको नीति रास्ता पनि हो भने अर्को आवत जावत बन्द व्यापारको भौतिक रास्ता पनि हो। त्यसैले नेपालको उत्तरतिरको रास्ता सुरक्षा र अर्थिक समृध्दिको रणनीतिक रास्ता पनि हो।
 
राष्ट्र निर्माताको उत्तरतिरको रास्ता भनेको एउटा उत्तर छिमेक सम्बन्धको नीति रास्ता पनि हो भने अर्को आवत जावत बन्द व्यापारको भौतिक रास्ता पनि हो। त्यसैले नेपालको उत्तरतिरको रास्ता सुरक्षा र अर्थिक समृध्दिको रणनीतिक रास्ता पनि हो। त्यसैले यसको अर्थ महत्व पनि छ। नसोची पृथ्वीनारायणले त्यसै प्वाक्क बोलेका होइनन। उनले विगत देखिको नेपालको उत्तरसंगको सम्बन्धको इतिहासको अध्यायन गरेर सार खिचेका हुन। उनीं कालिन उत्तर दक्षिण राजनीति शक्तिको उपस्थिति र परिस्थितिको मूल्यांकनको पनि सार खिचेर भविश्यको सम्भावनाको आकलन पनि गरेको हो। त्यसैले नेपालको उत्तरतिरको रास्ता नेपालको निरन्तर लामो इतिहास हो, हरेक वर्तमान हो र भविश्य पनि हो। सबैमा चेतना भया।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ