arrow

मनाङमा सुरक्षा खोई सिडियो साव ?

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
manang_02.jpg.jpeg

मनाङ। आसन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनले हिमाली जिल्ला मनाङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। नेता तथा कार्यकर्ताहरु आ–आफ्ना चुनावी नारा लिएर मनाङका सबै गाउँपालिकाका वडाहरुमा घरदैलोमा उत्रिएका छन्। उनिहरु चुनावी आमसभादेखि मतदातासँग भेटघाट र मत माग्न ब्यस्त भएका छन्। शान्त जिल्ला र पर्यटकिय क्षेत्रको रुपमा लिइएको मनाङमा राजनैतिक कारणले गर्दा असुरक्षा बढेको महशुस जनतामा भएको छ। जनताहरु निर्बाचन कै कारण आत्तिएका छन्। उनिहरु भन्न सकिरहेका छैनन् की असुरक्षा भयो भनेर।

निर्बाचनलाई लक्षित गरी मनाङमा सिन्धुपाल्चोक, काभ्रे, लमजुङ र काठमाडौंका नयाँ अनुहारहरु घुम्ने बहानामा मनाङ छिरेका छन्। युवाहरु प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) लाई सहयोग गर्न मनाङ आइपुगेका छन्। तर यस्तो गम्भिर विषयमा मनाङ प्रशासन भने कानमा तेल होलेर बसेको छ। जिल्लामा बुथ क्याप्चर गर्ने योजना बनाएर युवाहरुलाई भाडामा ल्याइएको बुझिएको छ। आफूले अनेक उपाय अपनाएर भएपनि चुनाव जित्नुपर्छ भन्ने योजनामा रहेका मनाङेले जिल्लाका

सबै गाउँहरुमा भाडाका युवाहरु परिचालन गरिसकेका छन्। तर यस विषयमा मनाङ प्रशासन किन चुप छ ?

सिडियो साव ? जिल्लामा शान्ति सुरक्षाको अवस्था निकै कमजोर भएको प्रमाणित यसरी भएको छ की सबैजसो गाउँहरुमा भाडाका युवाहरु प्रवेश गरेको, जवरजस्ती मत मागेको घटना र समाचार संप्रेषणका लागि कार्यक्रममा गएका पत्रकारमाथि दुब्र्यवहार भएको छ। यस्ता घटनाहरु घटिरहँदा के मनाङ प्रशासन रमिते बनेको हो ?

नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा शान्तपूर्बक आफ्नो चुनावी नारा लगाएर प्रचार गरीरहेका नेपाली कांग्रेस मनाङका उम्मेदवार, नेता तथा कार्यकर्तासँग झडप गर्न खोज्ने एमाले कार्यकर्ताहरु र भाडामा ल्याएका युवाहरुलाई के गर्नुहुन्छ ?

२ पार्टीका उम्मेदवारदेखि कार्यकर्तासम्म एकै क्षेत्रमा चुनावको घरदैलो गर्न जाँदा झडपको अवस्था आउन सक्ला भनेर प्रशासनले किन सोचेन ? यो नै गम्भिर विषय बनेको छ। निर्बाचन कार्यलयले पनि यस्ता विषयमा ध्यान पुर्‍याउनुपर्ने भएपनि त्यसो भने हुन सकेन्। जिल्ला प्रहरी कार्यालय मनाङको एउटा युनिट हुम्डेमा भएपनि मनाङमा दलहरुले गरेको चुनावी अभियामना सुरक्षाको ब्यवस्था भने असाध्यै कमजोर थियो।

एमाले र स्वतन्त्र उम्मेदवार मनाङेले भाडाका युवाहरु जम्मा पारेर मनाङ गाउँमा घरदैलो गरिरहेको थियो। त्यसैबेला कांग्रेसका चारसय जना नेता, कार्यकर्ता र मतदाताहरुको टोली पनि बिशाल र्‍यालीका साथ मनाङ गाउँमा पुगेको थियो। कांग्रेसले आफू संयमित भएर कांग्रेसको नारा लगाइरहेको थियो। दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु १० मिटरको दुरीमा थिए। एमालेहरुले कांग्रेस मुर्दावाद भनिरहँदा कांग्रेसका कार्यकर्ताहरु निकै संयमित भएर आफ्नो नारा लगाएर अघि बढिरहेका बेला दीपक मनाङेका युवा र मनाङ एमालेका युवाहरु कांग्रेसप्रति नै लक्षित भइरहेका थिए।

दुवै पार्टीको बिचमा भएका आधा दर्जन सशस्त्र प्रहरीले आचारसंहिता विपरित गालीगलौज गरिरहेका एमाले कार्यकर्तालाई रोक्न हम्मेहम्मे नै पर्‍यो। यसले के देखाउँछ भने मनाङमा निकै असुरक्षा बढेको छ। मनाङमा दुवै पार्टीको चुनावी प्रचार छ भन्ने कुरा सुरक्षा निकायलाई पक्कै पनि थाहा थियो होला। तर थाहा हुँदा हुँदै हुम्देको प्रहरी मनाङ गाउँमा देखिएन्। गोप्य स्रोतका अनुसार मनाङको प्रदेश (ख) मा प्रहरीहरुले नै उम्मेदवारको गाली खाएको बुभिएको छ। प्रहरी नै यसरी असुक्षित भएपछि मतदाता कसरी सुरक्षित होलान्?

मनाङका प्रमुख निर्बाचन अधिकृत दीपक ढकालले सबै दलहरुले निर्बाचन आचासंहिता मान्नुपर्ने भन्दै कुनै दललाई गाली गर्न नपाइने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ