arrow

छवि राम्रो बनाउन न्यायालयमा सुधार हुनु जरुरी छ !

logo
अधिवक्ता दिपक कुमार बिष्ट,
प्रकाशित २०७४ मंसिर ११ सोमबार
court-judgment.jpeg

काठमाडौं ।  न्याय मर्न न्यायाधिश निरिह बनीदिए पुग्छ भनी फेसबुकको वालमा भेटीएको एकजना कानुन व्यवसायीले राख्नुभएको स्टाटसले मन छोयो, वास्तवमा भन्ने हो भने न्यायाधिशले घुस खाएर मात्र न्यायलयको छवि बिग्रने होईन। न्यायाधिश भ्रष्ट भएर मात्र न्याय मर्ने होईन। न्यायाधिशले आफुले नियमित रुपमा पुरा गर्नुपर्ने दायित्व एवं कर्तब्य ईमान्दारीपूर्वक पुरा गरिदिने हो भने न्याय मर्न पाउदैन भन्ने नै यसको आशय हो । न्यायलयमा न्यायका खातिर आउनेहरुको उजुरी नालेस माथि कार्वाहिका क्रममा न्यायिक मनको प्रयोग नगरिदिए मात्र पनि न्याय मर्छ अन्याय हुन जान्छ भन्ने नै हो।

यद्यपि न्यायलयमा भ्रष्ट्राचार व्याप्त छ भन्ने कुरा बेलाबखतमा न्यायालयबाटै बाहिरिने अभिव्यक्तिहरु र न्यायालयबाट बेलाबखतमा अधिकारी एवं न्यायाधिशज्यूहरुलाई जनतालाई देखाउने दाँतका रुपमा नै भएपनि हुने गरेका कार्वाहिले न्यायलय पनि भ्रष्टाचारबाट अछुतो छैन भन्ने प्रष्ट्याउँछ।न्यायालयमा न्यायको किनबेच हुदैन, सहज रुपमा सहि सुलभ विवेकपूर्ण न्याय जनताले पाउँछन् भन्ने कुरा आम जनताले महसुस गर्ने र विश्वाश गर्ने अवस्था आउने कहिले रु आम जन मानसको चासोको बिषय हो।

त्यति मात्र होईन अदालतको गरिमा अदालतले गर्ने फैसलामा मात्र हुन्छ भन्ने कसैले सोच्छ भने यो सरासर गलत हुन जान्छ । अदालतको गरिमा अदालतले गर्ने फैसलामा होईन फैसलाको कार्यान्वयनमा हुन्छ सायद यो कुराको यथेष्ट जानकारी सबै कानुन व्यवसायी,न्यायधिश र न्यायालयका प्रशासनिक अधिकारीलाई नहुन सक्छ । त्यसैले होला सायद अदालत फैसलाको लगत मात्र बढाउन तल्लीन देखिन्छ न कि कार्यान्वयनको लगत। एउटा पिडीतले न्याय नपाउँदा घरबार बिहिन हुनुपर्ने अवस्था आउछ । जनतामा बिस्तारै न्याय पाउने आशा निराशामा परिणत हदै गईरहेको देखिन्छ, कारण हिजोआज अदालतले न्याय दिदैन, केवल फैसला पो दिने रहेछ भन्ने कुराले व्यापकता पाउन थालेको पाईन्छ ।
 
आफु पनि यसै क्षेत्रसंग आबद्ध व्यक्ति भएका नाताले यस्ता भनाईहरुले चिन्ता लाग्न थालेको छ । जनताको न्यायमा सहज पहुँच पुगेको जनताले महसुस गर्न सक्ने किसिमले न्यायलयमा न्याय सम्पादन हुन सकिरहेको पाउन सकिन्न किनरु अचेल सर्बोच्च अदालतमा मुद्धाको पेशी चढ्नु नै ठुलो भाको छ त्यसमा पनि पेशी चढेर पालो आउनु त झनै ठुलो हुन थालेको छ ।

माननीय न्यायाधिशज्यूहरुले गम्भिरतापूर्वक राम्रोसंग मिसील अध्ययन गरेर प्रमाण मुल्याङ्कन गरिदिने अनि कानुन व्यवसायीको वहस गम्भिरतापूर्वक सुन्ने हो भने मुद्धामा सहि न्याय पर्ला होईन भने पिडितलाई न्यायपर्ने कुरा आम जनमासले सोचे झैं हुन बेर छैन।

किनकि न्यायाधिशसंग कुनै फाईल छुने वित्तिकै सबै तत्तत् ज्ञान भैहाल्ने जादुको छडी हुदैन उसले पनि अध्ययन मनन गर्नु पर्छ विवेक पुर्याउनुपर्छ सहि न्याय पार्नका लागि । त्यसैले सर्बसाधारणले अदालतले न्याय दिदैन फैसला दिन्छ भन्ने कुरालाई त्यसो होईन अदालतमा न्याय बाहेक अरुथोक पाईदैन भनेर जवाफ दिने ठाउँ तयार गर्दै जानु जरुरी छ न्यायालयले । आशा गरौं हामीले सोचे झैं न्यायालय हुनेछ अबका दिनमा पिडीतहरुले फैसला होईन न्याय पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ