arrow

राष्ट्रिय प्रदेश र स्थानीय तहको सामाजिक सामन्जस्यतालाई विवेक पुर्‍याएर काम गर्छु : लामा (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार

काठमाडौं । छिरिङ दोर्जे लामा आसन्न प्रदेश सभा सदस्यको लागि काठमाडौं क्षेत्र नं ३ को क तर्फका उम्मेदवार हुन् । लामो समय राजनीतिमा लागेका उनी नयाँ बनेको प्रदेशको संरचना, त्यसले बोकेका सम्भावना र चुनौतीहरुसँगै प्रदेश सभा कसरी चल्छ यसमा सांसद्हरु कसरी प्रस्तुत हुनु पर्ला जस्ता विषयमा हाम्राकुरा डटकमले प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई सोध्ने गरेको ५ प्रश्नमा उनले यस्तो जवाफ दिए ।

मुलुकले पहिलो पटक अंगालेको प्रदेश संरचना अनुसार संसद्को उम्मेदवारी दिदै हुनुहुन्छ सांसदको रुपमा कस्ता कस्ता चुनौतिहरु देख्नुहुन्छ ?

राज्य पुनः संरचनाको एउटा अत्यन्त महत्वपुर्ण तह प्रदेश हो | त्यहि प्रदेशमा प्रदेश सभाको लागि मैले उम्मेदवारी दिएको छु | यस क्षेत्रका जनताको माया तथा विश्वास पाएमा प्रदेश सभाको सांसदको हैसियतले काम गर्ने मौका पाउनेछु | अवसर र चुनौतिको बिचमा सांसदको रुपमा आफ्नो भूमिकालाई ससक्त रुपमा पेश गर्नेछु | निम्न अनुसारका रणनीतिहरु मैले आफ्नो ५ वर्षको कार्ययोजनामा राख्नेछु ।

बदलिदो सामाजिकीकरण र विश्व परिवेशमा सामाजिक महत्व भएका दुई ठुला र सशक्त राष्ट्रहरु बीचमा हाम्रो विकसशील राज्य को राजधानी सो क्षेत्र को प्रदेश न १ को आवश्यकतालाई समयासापेक्ष रुपमा राष्ट्रिय प्रदेश र स्थानीय तहको सामाजिक सामन्जस्यतालाई विवेक पुर्‍याएर कार्य गर्छु । सामाजिक सांस्कृतिक धार्मिक र जातीय विभिदता बोकेको सर्व पक्षलाई समेटेर समावेशी व्यवस्थामा जोड दिन्छु | श्रोत साधन को पहिचान र त्यसको सदुपयोग, प्रादेशिक आत्मनिर्भरता, क्षेत्रीय जातीय सामाजीक सांस्कृतिक सन्तुलन, पूर्वाधारको सन्तुलित विकास, आर्थिक श्रोत साधन र मानव साधनको विकासमा बुद्दिमत्ता,  यी क्षेत्रमा सवल र सफल भएर कार्य गर्नु अवसर हो यसको योजनाबद्ध कार्य गर्नको लागि अन्तर पार्टी तथा आन्तरिक पार्टी समन्वय तथा दलीय व्यवस्थाको सम्पूर्ण पक्षहरुको सहमति चाहि चुनौतिपूर्ण देखिन्छ । अस्थिर राजनीति, अदुरदर्शी निर्णय ,कर्मचारी तन्त्र श्रोत साधनको समुचित वितरण र योग्य मानव संसाधनको अभाव दलीय इच्छाशक्ती चाँही चुनौतिको रुपमा देख्छु ।

सबैभन्दा पहिलो त सांसद भएर प्रदेशको संरचना तयार पर्नु नै मुख्य चुनौतीको काम होला, प्रदेश को संरचना स्थापित गर्न र यसको सुद्रिधिकरनको  लागि  तपाई के के गर्दै हुनुहुन्छ ?

हो, प्रदेश सभाको सांसद भएर सर्वप्रथम आफ्नो प्रदेशको संरचना अर्थात् आफ्नो कार्य क्षेत्रको तय गर्नुपर्छ|  यो कार्य खाली चुनौती मात्र नभएर अवसर पनि हो | अहिलेको अत्यधिक प्रविधियुक्त समाजमा कुनै पनि संरचना चाहे त्यो सानो होस् या ठुलो रुपमा होस् उत्तिकै मिहेनत गर्नुपर्ने हुन्छ किनकि त्यसरी तयार गरेको संरचनाले प्रदेशको सम्भावना भविष्य र श्रोत साधनमा बराबर असर गर्दछ | प्रदेश समाजशास्त्री भेलोनेस्किले भनेजस्तो संरचना समूहको  आवस्यकतामा भर पर्दछ त्यस्तै आरके ब्राउनले भन्दा त्यो संरचना तब ठीक हुन्छ जब त्यसले समाजलाई कार्यात्मक बनाउछ । यसर्थ हामीले प्रदेशको संरचना तयार गर्दा यी आधारभूत तत्वहरुलाई विर्सनु हुँदैन ।

१ भूगोल ,
२) मानव संसाधन र जनसंख्याको सामाजिक संरचना
३) सांस्कृतिक चालचलन तथा धरोहर
४) जल जमिन र जंगल लगायतका प्राकृतिक श्रोतसाधन
५) प्रदेशको पूर्वाधार
६) भौतिक संरचना
७) आर्थिक श्रोतहरु
८) सेवा सुबिधाको उपलब्धता
यो बाहेक प्राकृतिक श्रोत साधन संगको जननिर्भरता,प्रविधि पुर्वधार, सेवा सुबिधा बाहेक जनसंख्याको जीवनस्तरलाई  यी सबै तत्व संग सम्बन्ध जोडेर हेर्नुपर्छ |
यी तत्वहरुलाई अध्यन गरि ५ वर्षमा गर्ने प्रादेशिक सरकारको प्राथमिकता तोकेर त्यसलाई आवस्यक प्रविधि र संसाधनको व्यावस्थाको लागि संसदमा आफ्ना कर्य योजनाका साथ  कार्य  गर्नेछु  | ६ महिनाको अवधिमा अध्ययन अवलोकन गर्ने र कार्यपत्र तयार गर्ने साथै यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा लागेका अन्य विग्यहरुसंग परामर्श गरि ठोस कार्य योजना संसदमा पेश गर्नेछु |  

अब प्रदेशको संरचना संगै अन्तरिक रुपमा प्रदेशको केन्द्र र नामावली सम्बन्धि विवाद र वर्ह्य रुपमा अधिकार सम्बधि विवाद सिर्जना हुने अवस्था देखिएको छ यसको समाधानका लागि तपाइको भिजन कस्तो हुनेछ ?

निश्चित रुपमा प्रदेश हाम्रो लागि नौलो संरचना हो | पुरानो एकल र केंद्रिकित राज्य व्यवस्थाले हाम्रोजस्तो विविधताले भरिपुर्ण समाजमा सबैलाई अनुपातिक र समानुपातिक रुपमा स्वामित्व र अधिकार स्थापित गर्न नसकेको कारणले प्रदेश संरचना स्थापित गरि  प्रदेश भित्र सामाजिक न्यायको सिद्धान्तका आधारमा सबैले राज्यको उपस्थिति महसुस गरुन साथै  राज्य र जनता बिचको सम्बन्धलाई अझ स्थापित गर्न खोजिएको  हो | मेरो बिचारमा प्रदेशको केन्द्र वहुसंख्यक जनतालाई पायक पर्ने साथै त्यहाँ भैरहेको संरचनाले सेवा प्रदान गर्न सक्ने हुनुपर्छ |

विकेन्द्रिकित नीतिलाई अवलम्बन गर्ने हो भने प्रदेशको केन्द्र त्यहाँ हुनुपर्छ जहाँबाट  भौगोलिक रुपमा वा अन्य कारणले  विकासबाट वन्चित भएका सेवाग्राहीहरुले सजिलै सेवा लिन सकुन । जस्तै प्रदेशको केन्द्र कुनै एक ठाउमा रहन्छ भने अत्यावस्यक कार्यालयलाई संगै राखी अन्य क्षेत्र: शिक्षा, स्वस्थ, कृषि र उधयोगलाई अन्य क्षेत्रमा केन्द्रित गर्नुपर्छ र यी क्षेत्रहरुलाई केन्द्रसंग सजीलै जोड्ने पुर्वाधारहरु निर्माण गर्नुपर्छ जसले गर्दा सबै क्षेत्रको सन्तुलित र समुचित  विकास हुनेछ |

नामको विषयमा सहज, अर्थपूर्ण प्रदेशलाई चिनाउने एतिहासिक, सांस्कृतिक पौराणिक वा नदीहरुको नामबाट छान्दा उपयुक्त हुन्छ । अधिकार को कुरा गर्नुपर्दा अधिकार जिम्मेवारी संग जोडिएको हुदा जिम्मेवारी पुरा गर्न अधिकार प्रत्यायोजन गर्ने गर्नुपर्छ ।

अबका प्रदेश र स्थानीय तह समेत स्वायक्त भैसकेको अवस्थामा यी निकायहरु आफै आर्थिक रुपमा सम्पन्न हुनुपर्ने देखिन्छ । श्रोत साधनको प्रचुर  प्रयोग गर्नको लागि तपाइको भिजन कस्तो हुनेछ ?

Economy is the chief determining factor and all sphere of human life is determined by economy _ Karl Marx. हाम्रो प्रादेशिक संरचनाको सफलता नै अर्थ व्यवस्थामा निर्भर गर्दछ | प्रदेश अनुसारको अर्थ व्यवस्थाका सदन र श्रोतहरु विभिद र फरक छन् ।  जस्तो ३ नम्बर प्रद्श्को रसुवाको हावापानी, भूगोल नवाल्पेअसी र चितवन संग मेल खादैन । चितवनमा तिन महिनामा जति  मकै उत्पादन हुन्छ ;  जुन उत्ति नै जमिनबाट रसुवामा ६ महिनामा चितवन भन्दा कम उत्पादन हुन्छ । सबैभन्दा पहिला हामीले उत्पादनलाई विविधिकरण र आधुनिकिकरण गरेर कृषि, उद्योग, उर्जा, शिक्षा स्वस्थ जस्ता क्षेत्रमा प्रदेशको हावापानी भूगोल श्रोतसाधन अनुकुलका आयआर्जन लाई अनुसन्धान र अध्यन गरि कति अर्थी श्रोत आवस्यक हुन्छ त्यसका लागि उत्पादनको विविधिकरण गरि आधुनिक कृषि व्यापार र उर्जाको विकासका साथै जडीबुटी, पर्यटन आदिका क्षेत्रमा काम गर्नुपर्दछ ।

अवश्यकताको सिद्धान्तले मानिसलाई कार्य गर्न प्रेरित गर्दछ र उ सन्तुस्ट हुन्छ। श्रोत कतो आवस्यक भन्दा पनि श्रोत को परिचालनको सम्भाव्यता अध्यन गरेर स्थानीय र केन्द्रीय योजनालाई समन्वय गरि  प्रादेशिक योजनालाई लागु गर्न सकिन्छ । श्रोत  त जुटाउनु पर्छ, खोज्नु पर्छ, भिजन हुनुपर्छ, योजना दिनुपर्छ श्रोत को खाँचो हुदैन जस्तो लाग्छ तर मूल कुरो चाँही श्रोत परिचालनले कति परिणाम दिन्छ भन्नेमा हामी सचेत हुनुपर्दछ |श्रोत को परिचालन प्रमुख कुरा हैन परिणाममुखी विकास चाँही मूल कुरा हो ।

प्रदेश सांसदको रुपमा उम्मेदवारी दिदै गर्दा आफ्नो प्रदेशका कस्ता  समस्या र कमजोरीहरु पहिचान गर्नुभएको छ र कुन समस्या लाई चुनाव जितेपछि पहिलो प्राथमिकतामा राख्नुहुन्छ ?

मैले युवा भएर हेर्दा, हाम्रो राष्ट्रले भन्दा पछि विकासलाई राष्ट्र को मूल कार्य र आर्थिक सम्वृद्धिलाई  आफ्नो प्राथमिकतामा राखेका एसियाका थुप्रै मुलुकहरुले धेरै प्रगति गरिसक्दा पनि हामी जहाँको त्यहीं छौ, कारण राजनैतिक अस्थिरता नै हो । पहिलो समस्या “हामीले हामी गर्न सक्छौ” भन्ने कुरा नारामा र भाषणमा भन्दा पनि आउँदो ५ वर्षमा व्यवहारमा उतारेर देखाउन सके मात्र जनताको विस्वास जित्न सकिन्छ । चुनाव जितेपछि मेरो प्राथमिकतामा
     -पर्यटनको विकास र प्रदेशले पर्यटनमा लगानी गर्ने
    -भौतिक पूर्वाधार निर्माण र व्यवस्थित गर्ने
    -व्यवस्थित शहरीकरणको शुरुवात गर्ने
    -शिक्षा, स्वस्थ र खेलकुदमा सुधार गर्ने
    -फोहोरमैलाको उचित व्यवस्थापन गर्दै उर्जाको विकास गर्ने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ