- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा। पाल्पामा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र न. १ अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका दल बहादुर राना ३२ हजार ५ सय ४९ मत ल्यार्इ विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजय घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । विजयी भएका एमालेका उम्मेदवार रानाले ८ हजार ५ सय ५६ मत बढी ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र न. २ मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डे ३४ हजार ८ सय ९९ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि प्रसाद नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका थिए । विजयी भएका एमालेका उम्मेदवार पाण्डेले १० हजार ३ सय ५४ मत बढी ल्याएका हुन् ।
यस्तै प्रदेश सभा १ क बाट नेकपा एमालेका उम्मेदवार युवराज खनालले १७ हजार ८ सय ५१ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा १ ख बाट नेकपा एमालेका जिल्ला अध्यक्ष नारायण आचार्यले १४ हजार ७ सय ६५ मत ल्यार्इ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दान बहादुर पछाईले १० हजार ५ सय २ मत ल्याएका थिए ।
प्रदेश सभा २ क बाट नेकपा एमालेकै डा. पुरन बज्राचार्य १८ हजार ४२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार माधव नेपालले १३ हजार ४ सय ७० मत ल्याएका थिए । यसैगरी, प्रदेश सभा २ ख बाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४ सय २२ मत ल्यार्इ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले ११ हजार ४ सय ९६ मत ल्याएका छन् । वाम गठबन्धनका नेता तथा कार्यकताले आफ्ना सबै उमेदवार विजयी भएको खुसियालीमा बाजागाजा सहित नगर परिक्रमा गरेका थिए ।