प्रभातको रोशनीमा तिम्रो झुल्को पाए
अङ्ग अङ्ग सिरिङ्ग भो माया मुलको पाए
उर्वशी झैँ सु–शोभित जीवनमा आयौ
आमोद–प्रमोद सञ्चार भो वहार बोकी ल्यायौ ।।
उजाड लाग्थ्यो शिशिर झैँ छुट्दा समिप तिम्रो
वसन्तको पर्खाइमा प्यास जल्थ्यो मनको
विहान–साझ हरपल तिम्रो याद बोकी
जुनी–जुनी सौगात हौ सारा बन्धन तोडी ।।
वखान म के गरु खै वागमा फूलेकी
लाखौ सृष्टि अपुरो छ सौन्दर्य झुलेकी
हवेलीको हाँसो होइन झुपडीमा बास
जिजीविषा जाग्यो मनको मात्र तिम्रो आश ।।।
सरोज थापा