arrow

लोडसेडिङ हटाएका कुलमानले सुधार्न नसकेको प्राधिकरणका बेथितीहरु 

logo
दिनेश शिवाकोटी,
प्रकाशित २०७४ पुष ८ शनिबार
kulman-ghising-news.gif

काठमाडौं । उज्यालो  अभियानमा सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिसौं वर्षदेखि जरो गाडिएर बसेको सामन्ती र आर्थिक  कुशासनलार्इ नियन्त्रण गर्न भने असफल  देखिएका छन् । 

अन्य विषयतिर ध्यान दिँदा कर्मचारी  ब्यवस्थापन, वृत्ति बिकास मा हुने अनियमितता, सहायक कम्पनीहरु तथा नेबिप्राद्वारा संचालित  आयोजना तथा परियोजनाहरुको निर्माण कार्यलाइ गति प्रदान गर्ने लगायतका काममा कुलमानले पनि ध्यान दिन नसक्दा यस क्षेत्रमा अनियमितता चुलिन थालेको छ ।

आन्तरिक  लेखा परीक्षण तथा महालेखा  परिक्षकको प्रतिवेदनमा उल्लेख भए  अनुसार  बेरुजु फर्छ्यौट गर्न, संस्थामा गोपनीयता तथा अनुसासन कायम गर्न, बितरण तथा ग्राहक सेवामा ग्राहकहरुलार्इ सर्वसुलव रुपमा सुबिधा  दिनको लागि १५ एएमपी देखी ३ फेज मिटरमा हुने भित्री खेलमा केही कमि भए पनि नियन्त्रण गर्न नसक्नु पनि कूलमानले गर्न नसकेको काम भित्र पर्दछ ।

६ नेबिप्राको सबै निर्देशनालयहरुमा  हुने सामान खरीददेखि खर्च  गरिने परिपाटीमा हुने भित्री खेललार्इ नियन्त्रण गर्न असफल भएका छन् । जुन २० ‍औं वर्षदेखि चलिआएको थियो । त्यस्तै सहायक कम्पनी हरु पार्टीका कार्यकर्ता भर्ना गर्ने भर्ति केन्द्रको रुपमा रुपान्तरित हुँदै गएको छ । कार्यालय  हाताभित्र नै उपल्लो अधिकृत माथि हातपात गर्ने कर्मचारीलार्इ पुरस्कृत गर्दै जानु, दलको दबाबमा कर्मचारीलार्इ पुरस्कृत गरिनु आदि कामहरु पनि कुलमानले सुधार्न नसकेका कामहरु हुन् । यस्ता बेथिती सुधार्ने तर्फ पनि कूलमानप्रति धेरै कर्मचारीहरुको आशा बोकेका छन् । 

माथि उल्लेखित बुँदाहरुमा भएका कमि कमजोरीलार्इ सुधार गर्न नसक्नुमा कूलमानले रोक्न नसकेको राजनैतिक कुसंस्कार, ट्रेड  युनियनकर्मीहरुको स्वार्थपन, र सामाजिक कुसंस्कार नै प्रमुख  रहेका कुरा हामी सामु छर्लङ्ग देखिएका छन । जसलार्इ यो पंक्तिकारले कार्यकारी निर्देशक हुनेबित्तिकै  शुभकामना  सहित सुझाव दिएको थियो । जसले १८ वर्षे अनुभवलार्इ नै तिलाञ्जलि दिनुपरेको तीतो उदाहरण पटकपटक उल्लेख गर्दै आएको छु । 

यो अभियान नेबिप्रामा हुने गरेका अनगिन्ती  कमजोरीलार्इ सुधार गरी उज्यालो अभियानमा सहयोग पुर्याउनु नै थियो । तर म नै शिकार भएसी १८ बर्ष रेन्च समाएका हातले कलम चलाउन बाध्य भएको छु । जसले जलविद्युतको भौगर्भिक अनुसन्धानमा कत्तिको प्रभाव  पार्छ पछि थाहा पाउनेछ प्राधिकरण नेतृत्वले । यस तर्फ प्राधिकरण नेतृत्वले समयमा नै ध्यान पुर्‍याओस् । 

लेखक शिवाकोटी प्राधिकरणका कर्मचारी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ