arrow

सेनाले फास्ट ट्रयाकको डीपीआर भारतसँग किन किनेन, के भन्छन् सैनिक प्रवक्ता ? (कुराकानीसहित)

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
gokul.JPG

काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ ।
पत्रकार सम्मेलन गरेर सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । सेनाका प्रवक्ता गोकुल भण्डारीले आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने बताए ।
लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्यो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।

० भारतीय कम्पनीको डिपिआर किन नकिन्ने ?
– भारतीय कम्पनीसँग डिपिआर विविध कारणले किनिएन । मूल्यमा कुरा नमिलेपछि हामीले नकिनेका हौं ।

० भारतले डिपिआरको मूल्य कति माग्यो ?
– वास्तविक कति माग्यो, त्यो मेरो जानकारीमा छैन ।

० भारतीय कम्पनीले मागेभन्दा कम मूल्यमा डिपिआर बन्छ ?
– हामीमा त्यही विश्वास भएर भारतीय कम्पनीको डिपिआर नकिनेका हौं । भारतीय कम्पनीको भन्दा कम र प्रभावकारी बनाउन सक्छौं भनेर नै हामी आफैले बनाउन खोजेका हौं । आह्वान गरिएका कन्स्लट्यान्टसँग छलफल गरेर हामीले यो निर्णय गरेका हौं ।

० ती कन्स्लट्यान्टलाई काम लगाउन सक्नुहुन्छ ?
– काम लगाउन सक्छौं । विशेष गरी हामी स्वदेशी कन्स्लट्यान्टलाई लिने छौं, उनीहरुको ज्ञान र सीप लिन्छौं, हामी उनीहरुसँग सहकार्य गछौं, उनीहरुलाई नै पैसा दिन्छौं । यसो गर्दा अझ प्रभावकारी हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

० कहिलेसम्म बनाउनुहुन्छ डिपिआर ?
– हामीले समयसीमा तोकेका छैनौं, तर यो आर्थिक वर्षभित्रै हामी तयार गर्न सक्छौं । हाम्रा अन्य काम पनि भइरहेको छ । निजगढमा रुख काट्ने कामदेखि लेबलिङ गर्ने काम हामीले गरिराखेका थियौं ।

० डिपिआर लिने सम्झौता सरकारसँग सम्झौता भएको थियो ?
– हामीसँग अधिकार सम्पन्न निर्देशक समिति छ, त्यो उहाँहरुको जिम्मा हो । यो काम हाम्रो जिम्मा आइसकेपछि हामी अझ राम्रो गर्ने प्रयास गर्छौ ।

० यो निर्देशक समितिमा को–को हुन्छ ?
– यो समितिलाई स्पेसल प्रपोज भेइकल (एसपिभी) भनिन्छ, यसभित्र नेपाली सेनाका मान्छेहरु मात्र हुन्छन् ।

० कन्स्लट्यान्ट नेपाली नै हुन्छन् ?
– अहिलेसम्म हामीले स्वदेशी कन्स्लट्यान्ससँग सम्पर्क राखेका छौं, आवश्यक पर्‍यो भने विदेशी पनि लिन सकिन्छ । तर अहिले चाहिँ स्वदेशी कन्स्लट्यान्ससँग डिटेल इन्जिनियरिङको काम अघि बढाउँछौं ।

० नेपाली कन्स्लट्यान्ससँग काम गरेको अनुभव छ तपाईंहरुसँग ?
– सबै प्राविधिक कुरा मलाई जानकारी भएन । हामीले अहिलेसम्म एसियनस्तरको हाइवे बनाएको अनुभव छैन । एसियाली विकास बैंकको फिजिबिलीटी रिर्पोटलाई आधार मानेर हामी बनाउन सक्छौं भनेका हौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ