arrow

नर्सहरुको श्रम शोषण भइरहेको छ, श्रम ऐन अनुसार सुविधा दिइनु पर्छ –गंगा थापा (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
ganga_thapa.JPG

सेवा ठप्प पारेर ११ सूत्रीय माग राखेर नर्सहरु यतिबेला सडक आन्दोलनमा छन् । उनीहरुसँग सरकारले आजदेखि वार्ता सुरु गरेको छ । नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले स्वयसेवाको नाममा नेपाली नर्सहरुको श्रम शोषण भइरहको आरोप लगाइन् । नर्सहरुलाई सडक आन्दोलनमा कसले धकेल्यो र सरकारले के गर्दिए उनीहरुको माग पूरा हुन्छ भन्ने विषयमा हामीले कार्यवाहक अध्यक्ष थापासँग कुरा गरेका छाैँ ।

० तपाईंहरु सडकमा उत्रिनैपर्ने अवस्था किन आयो ?
– ११ सूत्रीय माग लिएर हामी अहिले सडक आन्दोलनमा छौं । नेपाल संघीय संरचनामा गइरहेका बेलामा स्वास्थ्य मन्त्रालय आफ्नो संरचना बनाइरहेको छ । त्यो संरचनाभित्र नरसिंह प्रणाली अटाउनका लागि नरसिंह महाशाखा स्थापनाको माग लिएर आन्दोलनमा उत्रेका छौं । जसले देशभरिका नर्सहरुलाई सिस्टममा ढाल्न, आम नेपाली जनतामा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि हामी आन्दोलनमा उत्रेका हौं ।

० श्रम ऐनअनुसारको सुविधा हुनुप-यो भन्ने तपाईंहरुको माग होइन ?
– हो, श्रम ऐनअनुसारको सुविधा हुनुपर्छ भन्ने माग पनि छ, स्वास्थ्य संस्था, अस्पताल, गैरसरकारी संस्था र होम केयर नरसिंहलगायत श्रम ऐन आकर्षित हुने स्थानमा हामीलाई पारिश्रमिक र सुविधा चाहिन्छ ।

० श्रम ऐनअनुसार अस्पतालले तलब दिँदैन ?
– पैसा थोरै लिने दिने हुन्छ, पैसाको कुरा मात्र होइन, हरेक परिसरमा नीति नियमकै अभाव छ, जसले गर्दा विभेद भइरहेको छ ।

० तपाईंहरुलाई अब राज्यले के गर्दिनुपर्ने ?
– विरामीको अनुपातमा नर्सको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो । स्वयसेवाको नाममा शोषण भइरहेको छ । स्वयसेवा अन्त्य हुनुपर्छ । निजी स्वास्थ्य संस्थामा नर्सको श्रम शोषण भइरहेको छ । निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुलाई पनि सरकारी सेवा सुविधा सरह हुनुपर्छ भन्ने हाम्रो माग हो ।

० स्वास्थ्य मन्त्रालयमा नरसिंह शाखा छैन ?
– २० वर्ष अगाडि अधिकार सम्पन्न नरसिंह महाशाखा थियो । प्राविधिक कारण देखाउँदै खारिज गरियो । पुनः स्थापना गर्ने भनियो, तर गरिएन । ०६६ को आन्दोलनपछि नरसिंह शाखा भनेर दुई जना दरबन्दी दिइएको छ । तर त्यो शाखालाई केही अधिकार दिइएन ।
संघीय संरचना मुलुक जाँदा पनि महाशाखा निर्माणमा बेवास्ता गरिएकाले हामी पुनः माग राख्दै सडक आन्दोलनमा गएका हौं ।

० तपाईंहरुको मागप्रति सरकारको प्रतिक्रिया ?
– सरकार सकरात्मक पाएका छौं ।

० सरकारी अस्पतालमा पनि नर्सहरु शोषित छन् ?
– नीति नियम निर्माणमा नर्सलाई समावेश गरिँदैन । अस्पताल सञ्चालन समितिमा पनि समावेश गरिँदैन । आर्थिकसम्बन्धी कुनै अधिकार छैन । भौतिक सुविधा छैनन् । २४ सै घन्टा सेवा दिनुपर्छ । राति सेवा दिने नर्सलाई घर पुर्‍याउने सुविधा हुँदैन । घर जानका लागि दाजुभाइलाई बोलाउनुपर्छ । यो सुविधा स्टेक होल्डरले दिनुपर्छ ।

० अस्पतालको स्टाप बसले के गर्छ ?
– उपत्यकाका एक दुई अस्पतालले आफ्ना स्टाप बोक्छ, तर सबै अस्पतालमा यो सुविधा छैन । त्यसकारण यो विषय हामीले उठाएका हौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ