arrow

कम्युनिस्टको ५ वर्षले मलाई घर फर्काउदैन आमा

logo
खेमराज दाहाल,
प्रकाशित २०७४ माघ ६ शनिबार
communist.jpg

काठमाडौं । हरेक अङ्ग्रेजी महिनाको पहिलो हप्ताझै यो महिना पनि सेलरी(तलब) आयो । म सेलरी आउनासाथ घर पैसा पठाउन बैंक जान बाटोमा टेक्सी रुगेर बसेको थिए । चिल्लो फोर्ड कम्पनीको कार आएर म नीर रोक्यो । दुइजना मान्छे पहिले देखी नै रहेछन । एक जना फिलिपिनी(फिलिपिन्सको नागरिक) रहेछ र अर्को नेपाली नै रहेछ । फिलिपिनि अगाडिको ड्राइभर संगैको सिटमा म र अर्को एकजना नेपाली पछाडीको सिटमा बसिउ । उमेरले लगभग २५ को आसपास हुन पर्छ । "दाई नेपाली हो ?" उन्ले मलाई सवाल गरे, मैले सहश्र स्वीकार गर्दै हो भने , "कहाँ दाजु घर " ? उन्ले मलाई फेरि घर सोदे मेरो सोझो सवाफ थियो "उदयपुर गाइघाट" । फेरि मैले सोदे "तपाईंको नि ?" उन्ले जवाफदिए "नवलपरासी" ।

त्यसपछि उनिचुप लागे म पनि केहि बोलिन केही समयपछि "दाइ कति भयो यहाँ आउनु भएको" उन्को प्रश्न सक्ना साथ उत्तर दिए "१२ बर्ष" । "रामराम कसरी बिताउनु भयो यत्रो बर्ष ?" उन्ले त्यो १२ बर्षलाई एक जुग देखे मेरो कम्पनिमा अरु १८ बर्ष अगाडी देखि बस्दै आएका नेपाली छन । "सबै गाइघाट नै किनिसक्न लाग्नु भयो क्या हो?" उन्को सवाल सुनेर म आफै अक्कबक्क भए र भनिदिए बस्दै जाउ चाल पाउने छौ भाइ!

उस्को त्यो सवालले मलाई पोलि रह्यो आफै सोच्न थाले १२ बर्षअर्काको देशमा काम गर्दा मैले के जोडेछु त भनेर आफै हिसाब लगाउन थाले । पहाडमा मजाले दुई माउ भुइसी पालेर बसेका बाबू आमा लाई सुखदिने निहुमा मधेसमा १० धुर जग्गा किनेर एकतलाको घर बनाइ काम गर्न पर्दैन दुध किनेर खानु भनेर पैसा पठाउने भएछु । मेरो १२ बर्षको उपलब्धी त्यही थियो । पहाडको जग्गा बिक्री हुदैन थियो बाँझियो । पहाड्को घर चुहिने भएर लड्न लागेको छ भन्ने खबर पाएको छु ।

महिना भरी काम गर्छु घरमा दु:ख नगर भनेर अर्हाएको छ , उनिहरुको महिनाभरिको खर्च उठाउन छ । बिहानको नास्तामा सिर्प पानी संग खाएर पैसा उभारेर आफ्नो भाइ लाई एक थान ल्यापटप र एकथान आइफोन किनिदिएको छ । मामाले भान्जा आउदा ८-१० हजारको मोबाइल लेर आउनु भनेर लागि दिएको छ । बेलुकाको नास्ताको पैसा बचाएर बहिनीलाई महङ्गै लेहेङ्गा किनि देको छु र एउटा ग्यालेक्सी नोट पठाइदेको छु । मामाको छोराले पनि एक जोर जुत्ता दरो ले है दाजु भनेको ले आफुले लार गएको जुत्ता दिएर आको छु ।

छुट्टी गएकोबेला साथी हरु लाहुरे आयो भनेर आउछन, ३ महिनाको छुट्टिमा आदि बर्ष कमाएको पैसा सिद्द्याउने भएको रहेछु ।

नास्ता र खानाको पैसा जोगाएर बचाएको पैसा फेरि मैले अरुको खुसीको लागि ऐयासिमा उडाएको कुरा मलाई अजै सम्म पनि ज्ञान छैन । यस पटक फुपु दिदिले पनि बिदेशको मोबाइल दरो हुन्छ भाइ एक लेइ दे है भन्नू भएको छ हुन्छ भनेको छु । हाम्रो समाज यस्तैमा हुर्कियो यस्तैमा विकसित हुँदै गयो यसिलाई आफ्नो पन मान्छ । लेइदिन्न सक्दिन भन्यो भने पैसा कमाउने भयो पैसा चिन्न थालेछ ठुलो भयो भन्न थाल्छन ।

यहीँ दु:खद पुर्ण जीवन भोग्न नेपाली राजनीतिक गति रोधका कारण नै बर्सेनि लाखौं युबा बिदेशिन बाध्य भएका छन । २०४६/४७ को जनआन्दोलनले बहुदलीय ब्याबस्था सहित प्रजातन्त्र फेरि ब्युताय पछि सबैलाई लागेको थियो अब देशमा शान्ति स्थिरता अमन चयन आउँछ । तर यो आम नागरिकको सपना फेरि २०५२साल देखी सुरु भएको माओवादी को जनयुद्धले तुषारापात गरि दियो । यस संगै गाउँबस्ती बाट हजारौंका युबा हरु बिदेशिन थाले । माओवादीले कयौं युबा हरु लाई जबर्जस्ती आफ्नो संगठनमा ल्याई र हिँसात्मक युद्ध सुरु गरे । सरकारले हिंसा विरुद्ध आफ्नो सुरक्षा संयन्त्र लगाई त्यस्को निराकरण तिर लाग्यो । यसरी सरकारी पक्ष र माओवादी दुबै पक्षबाट गाउँ टोलका जनता भएबित भएको अबस्थामा लाखौं युबा हरुले देश छाडेर बिदेशीन बाध्य भए ।

कम्युनिस्ट माओवादीको हिंसात्मक १० बर्षे जनयुद्धले लाखौं युबा लाई बिदेश जान बाध्य मात्र पारेन हजारौं घर बेघर भए । देशमा बिस्तारै बामे सर्दै गरेको प्रजातान्त्रिक ब्याबास्थाको समेत घाटी निमोठी दियो । देशले खरायोको गतिमा बिकासको गति लिने बेलामा (कम्युनिस्ट)माओवादी जनयुद्धले भएका बिकाशका गति लाई र कयौं भौतिक बिकासका संरचना हरुलाई खण्डहरमा परिणत गरिदियो ।

हजारौं स्कुल बन्द गराइए भने हजारौं माओवादीको डरले बन्द गरिए । कयौं बालबालिका हिंसात्मक द्वन्दका कारण डरले बिद्यालय सम्म पुग्न सकेनन् । गाउगाउमा भएका सुरक्षा पोष्ट हरुलाई हटाइ आम नागरिकको सुरक्षामा समेत तगारो लगाइयो । सुरक्षाको कमिका कारण विभिन्न स्थानका हाट बजार हरु बन्द भए जस्ले नागरिकले दैनिक उपभोग्य समान समेत खरिद बिक्री गर्न पाएनन । देशको आर्थिक अवस्था कठिन अबस्थामा पुग्यो ।

मुलुककै ऐतिहासिक आन्दोलन २०६२-६३ ले मुलुकमा हिंसात्मक आन्दोलन गरि रहेका माओवादी लाई शान्तिपुर्ण राजनीतिक मुलधारमा मात्र ल्याएन २सय५० बर्षे राजतन्त्र अन्त्य समेत गर्यो । २०६४ चैत्रमा मुलुकमा पहिलो पटक संबिधान सभाको निर्वाचन सम्पन्न भयो । देशमा नेपालका कम्युनिस्ट हरुलाई सबैभन्दा ठुलो शक्तिका रूपमा आम नागरिकले स्थापित गरि दिए । २०६५ देखी २०७० सम्मको अबधिमा कम्युनिस्ट हरुले मुलुकलाई हाँक्ने जिम्मेवारी पाए । जस अनुसार जनता बाट अनुमोदित प्रतिनिधि हरुले संविधान जारी गर्नु र देशमा स्थिरता दिनु नै सबैभन्दा मुख्य जिम्मेवारी थियो । ५ बर्षको अन्तरालमा ४ पटक सरकार परिवर्तन गराई मुलुकको अर्थतन्त्र लाई इतिहासकै सबैभन्दा नाजुक अबस्थामा ल्याइ पुर्याए र संबिधान दिन नसकी संविधान सभाले अबसान लिन पर्यो ।

खर्बौं को खर्च गरेर पहिलो संबिधान सभाले आफ्नो उदेश्य पुरा नगरी अबसान लिन पर्दा, सर्बहारा बर्गका कम्युनिस्ट नेता हरुले मुलुकको राजधानी काठमाडौँमा अर्बौंका ऐयासि बंगला मात्र जोडेनन, आफ्ना छोरा नातिसम्म लाई पुग्ने सम्पत्तिको दोहन गरे । यस्ले आम नागरिकमा अरु नैरस्यता छायो र यस अबधिमा मुलुकमा रोजगारको बाताबरण नबन्दा कयौं पडेलेखेका युबा हरुले समेत बिदेशको तातो घाममा आफ्नो पसिना बेच्न जान बाध्य भए ।

आज मुलुकले संघीय ढाँचा बमोजिम संविधान पाएको छ र संबिधान कार्यान्वयनको चरणमा छ । दिनको संकेत बिहानीले गर्छ भने झै बिहानी मै प्रादेशिक राजधानीको सवाल लाई लिएर केहि असजिला हरु देखिएका छ्न । भर्खरै सम्पन्न निर्वाचन परिणामले फेरि नेपाली कम्युनिस्ट हरु लाई महाशक्तिको रूपमा राखी दिएको छ । तर निर्वाचन ताका नेता हरुले गरेका प्रदेश राजधानी हरुको चुनावी नाराले अहिले प्रदेश राजधानी तोकिए संगै संघीयताको पहिलो गाँसमा नै ढुँगा लागेको जस्तो भएको छ ।

पंक्तिकारले यो लेख लेख्दा सम्म अब बन्ने सरकार लगभग प्रदेश देखी केन्द्र सम्म कम्युनिस्ट हरुको नै हुनेमा कुनै संका छैन । अब हुने कम्युनिस्ट सरकारले म जस्तो वैदेशिक रोजगारमा हुने एक नागरिक लाई कसरी हेर्छ भन्ने कुरामा अन्योलता अझै रहेको छ । म जस्तो बिदेशमा सामान्य कमाइ गर्ने लाखौं युवा हरु आफुले कमाएको २/४ हजारले नेपाल गएर केहि गर्ने अबस्थामा छैन । भएको जम्मा गरेको रकम पनि मुलुक फर्किएको बेला साथी भाइ भन्दाभन्दै सकिएर जान्छ र उ फेरि बिदेश आउन बाध्य भै रहेको छ ।

मुलुकको अर्थतन्त्रलाई संबिधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य रहने स्पष्ट उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ