arrow

नसुध्रिएको त्रिवि शिक्षा प्रणाली, कसरी ? 

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पुरानो शिक्षालय । वर्षौं हजारौंले डिग्री हासिल गर्ने थलो । 

पुरानो र भीड हुँदैमा शिक्षा बढ्ने भए त्यहाँ पढेका हजारौं दीक्षितहरु विद्धान हुनुपर्ने । शैली गलत भएपछि कसको के लाग्छ ? 

त्रिवि विभिन्न विषयमा फ्लप हुँदै आएको छ । न शैक्षिक क्यालेन्डर ठीक छ न त शिक्षा दिने तरीका नै । त्यसैले प्रमाणपत्रका खोस्टा मात्र हुन्छन् उपलब्धी हुन्न । 

बाइक लेक्चररका कारण यसै पनि ध्वस्त भइरहेको ज्ञानशालामा अहिले त झन् सेमेस्टर प्रणाली पनि बेकामे जस्तो भएको छ । 

गाईजात्राको रुपमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । 

शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । 

सक्नेले समयमै परीक्षा गराए नसक्नेले वर्ष हुनै आँट्यो अझै एक सेमेष्टर नै सकेका छैनन् । 

स्नातकोत्तर तहमा शैक्षिक क्यालेन्डर फ्लप भएको छ । कुनै कुनैले १० महिनासम्म परीक्षा गर्न नसक्दा समेत अनुगमन नगरी बसेको त्रिवि व्यवस्थापनले आफ्नो गरीमा आफै
 गुमाउँदै गएको छ । 

कुनै पनि संकायमा क्यालेन्डरअनुसारको अध्यापन हुन सकेको छैन । 

भाषाको उस्तै समस्या 
नेपाली शिक्षा प्रणालीलाई मान्नैपर्छ । स्नातक तहसम्म अनिवार्य अंग्रेजी बाहेक अन्य विषयमा नेपालीमै परीक्षा दिएपनि हुन्छ । 

तर सेमेष्टर प्रणाली लागु भएपछि त्यो सेमेष्टरमा अनिवार्य रुपले सबै विषयमा अंग्रेजीमै परीक्षा दिनुपर्ने वाध्यता छ । 

कतिपय कमजोर विद्यार्थीले त्यो अनिवार्यतालाई पार गर्न नसकेर त्यस्तो प्रणालीमै भाग लिएका छैनन् । 

उनीहरुको गुनासो छ ‘अहिलेसम्म नेपालीमै लेखियो अब कहाँबाट अंग्रेजी भाषा ल्याउनु ?’

भाषा जुनसुकै किन नहोस् व्यवस्थित गर्न सक्नु पर्दथ्यो । 

नेपाली भाषा बिगारेर ध्वस्त पारेका डलर खाने प्राडाहरुले ल्याएको अनिवार्य अंग्रेजीको अर्थ के ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ