arrow

चन्द्रग्रहणको पहिलो दृष्य नेपालबाट देखिदैन, के भन्छन खगोलविद् ? (कुराकानीसहित)

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
lunar-eclipse-201801291000.jpg

वुधबार (आज) साँझ खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । खग्रास चन्द्र ग्रहण लाग्दा पृथ्वीको छायाँले चन्द्रमा पुरै ढाकिने खगोलविदहरुले बताएका छन् । वरिष्ठ खगोलविद जयन्त आचार्यले ब्लुमूनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लाग्न लागेको जानकारी दिए । उनले ग्रहण नेपाल लगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्यूजिल्याण्ड, अष्ट्रेलिया अफ्रिकाका केही पूर्वी देशहरु, यूरोप, रुस र अलास्काबाट देख्न सकिने बताए ।  तर, ब्राजिल, चिली र पश्चिमी अफ्रिकी देशमा बसोबास गर्नेले भने यो चन्द्र ग्रहण हेर्न पाउने छैनन् । हामीले वरिष्ठ खगोलविद जयन्त आचार्यलाई नेपालबाट चन्द्रग्रहण सजिलै देख्न सकिन्छ भनि सोधेका छौँ ।

० आज लाग्ने ग्रहण विशेष हो ?
–यो विशेष यस कारणले हो कि, खग्रास चन्द्रग्रहण हो । यो पूरै चन्द्रमा ढाकेर चन्द्रमा एक छिनको लागि हराउँछ । त्यही कारण पनि यसलाई विशेष मानिएको छ । यो एक सय ५० वर्षपछि यस्तो हुन गएको मानिएको छ । नेपालमा ५ बजेर ५५ मिनेटदेखि देखिन सुरु हुन्छ । चन्द्रमा उदाउँदा चन्द्रग्रहण लागिसकेको हुन्छ । चन्द्रग्रहणको पहिलो दृष्य हामीले देख्न सक्दैनौँ । जापानबाट पहिलो दृष्य देख्न सकिन्छ । अमेरिकामा चन्द्रग्रहण अस्ताउने बेलामा मात्रै देख्छन् । त्यसकारण यसलाई विशेष मानिएको छ । चन्द्र ग्रहण देख्न नपाउने मूलुकहरु भन्नाले अफ्रिकन मुलकहरु र दक्षिण अमेरिकी मुलुकहरुबाट देख्न सकिँदैन । जस्तै चिली, ब्राजिल आदी । यसको विशेषता भनेको यही हो ।

० नेपालबाट हामीले सजिलै देख्न सक्छौँ ?
–नेपालको हकमा सजिलै देख्न सक्छौँ । हामीले नाङगै आँखाले पनि हेर्न मिल्छ । सबै मान्छेले आफ्नो आँखाले हेर्न सक्छन् । तर, अ–आफ्नो धर्म र परम्परा अनुसार हेर्ने नहेर्ने चलन पनि हुन्छ । जसको जे चलन छ त्यही अनुसार गर्न सकिन्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने, यो चन्द्रग्रहण सबैले हेर्न हुन्छ । विज्ञानमा विश्वास गर्ने हो भने सबैले हेर्न मिल्छ । यो सूर्यग्रहण जस्तो आँखालाई असर गर्ने खालको हुँदैन ।

० यो कति बेलासम्म रहन्छ ? हामीले कतिबेलासम्म हेर्न सक्छौँ ?
– हामीले बेलुकी ५ बजेर ५५ मिनेटबाट देख्न सक्छौँ र ८ बजेर ५६ मिनेटसम्म चन्द्रग्रहण देख्छौँ । तीन–चार घण्टाको समयभित्र हामीले हेर्न सक्छौँ । पुरै चन्द्रमा देखिँदैन । आज पूर्णिमाको चन्द्रमा अलिकति काटिएको जस्तो देखिन्छ । ९ बजेपछि फेरि जस्ताको त्यस्तै पूर्ण देख्न सकिन्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ