- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अहिले काठमाडौंमा घरै पीच्चे स्कुल । त्यो पनि अंग्रेजी माध्यममा पढाउने निजी स्कुल वा बोर्डिङस्कुल । अभिभावकलाई कुन स्कुल छान्ने, भेउ पाउनै मुस्किल । चिने–जानेको भए छुट पनि दिइहाल्छन् । तर, चिनजान भएन र ठिकै कमाई हुने व्यक्तिले ठिक्कै शुल्क भएको स्कुल खोज्यो भने कम्ता हैरानी खेप्नु पर्दैन ।
कुनै स्कुलले ठिकै कुरा गर्छन् । सकैले त चर्केर हामीलाई बच्चाको कमि छैन, हामी एक पैँसा पनि घटाउन सक्दैनौँ, भनेर सातो लिन्छन् ।
नयाँ बानेश्वरमा भेटिएकी एक महिलाले भनिन्, ‘कुन स्कुलले कस्तो पढाउँछन् ? कस्तो सिकाई हुन्छ । गुणस्तर के हुन्छ भन्नेबारे सजिलै बुझ्न सकिँदैन । तर, शूल्क लिने मामिलामा भने कोही स्कुल कम छैनन् ।’ थोरै कमाई हुनेलाई निकै अफ्ठेरो हुने भो । नपढाऔँ भने सामुदायिक विद्यालयको हालत राम्रो छैन ।
अर्कोतिर, अहिलेको सामाजिक परिवेश नै भिन्न छ, उनले अगाडि भनिन्, ‘अहिले कसले कस्तो स्कुलमा पठायो भनि छिमेकी वा साथीसंगीले बढि चियोचर्चो गर्छन् । दोहोरो समस्या छ । नेपालमा शिक्षाको गुणस्तर र व्यवस्थापनमा कसैले चासो दिएका छन् जस्तो लाग्दैन । निजी स्कुलहरुको शूल्कमा पनि सहुलियत हुन सकेन । जहिले मनोमनी चल्यो ।’ त्यसको लागि एउटा मापदण्ड बन्न सकेन ।
प्रधानमन्त्री पत्नी आरजु राणा र उनी निकटका व्यक्तिसँग नाम जोडिएर आउने डेनेब एकेडेमीका लेखापाल विष्णुहरि सुवेदी, सबै स्कुलको आ–आफ्नै नियम हुन्छ, भन्छन् । हाम्रोमा प्रत्येक वर्ष ५–१० प्रतिशतले शुल्क बढ्छ, उनले भने, ‘अरु स्कुलले घरको खाजा ल्याउन दिँदैनन् । हामी सानो कक्षाकालाई घरबाटै ल्याउन दिन्छौँ । ठूलाको लागि क्यान्टिन पनि छ । हामीले अतिरिक्त जोड्दैनौँ ।’
डेनेबमा नर्सरीमा भर्ना हुँदा नयाँलाई ९ हजार ९ सय ९२ र पूरानालाई भर्ना हुँदा ७ हजार ९ सय ९२ । नर्सरीको महिनावारी शुल्क साढे १५ सय । १० कक्षामा नयाँ भर्ना हुनेलाई १४ हजार ८ सय ८८, पूरानालाई १२ हजार ८ सय ८८ पर्छ । भर्ना गर्दा ३० प्रतिशत छुट दिने गरिएको उनले बताए । उनले राम्रै कुरा गरे । मिठै बोले ।
बानेश्वरमै रहेको शिक्षालय मण्टेश्वरीमा भर्ना गर्न पनि अफ्ठ्रो । शुल्कमा थलमाथि हुँदैन हुँदैन रे । बाहिरबाट खाना लिन पनि मिल्दैन । खाना आफै मण्टेश्वरीमै । तीन पटक खुवाइन्छ, गुणस्तरीय पनि हुन्छ, भनि सुनाइयो ।
तर, त्यो बापत अभिभावकले शुल्क भने कसरै तिर्नु पर्छ । गाडि भाडा पनि लाग्छ । नर्शरीको एडमिशन फि १२ हजार, एनुअल फि १२ हजार । महिनाको ३ हजार, स्टेशनरी एक हजार, फुड २ हजार, ट्रान्सपोटेशन १५ सय । यति धेरै पैसा खर्च गरेर पढाई चैँ के हुन्छ ? कोअर्डिनेटरले नाम भनिन् । उनले ‘हामी आफै तरकारी फलायर देखाउँछौँ । मैकै रोप्न सिकाउँछौँ । र, आफ्नो काम आफै गर्न सिकाउँछौँ ’.–भनिन् । सरस्वती पूजा देखि एक महिना हामीले भर्ना निःशुल्क गरेका छौँ ।
खाना के खुवाईन्छ ?
यस्ता पनि स्कुल भेटिए । जसलाई विदार्थीको कमि नै छैन । जरैदेखि चर्किएको बल निकाल्छन् । ‘कोही आए आइहाल्छन्, नआए नि केही छैन, भन्छन् एम्बिशन एकेडेमीका प्रिन्सिपल सा’व । प्रिन्सिपलले आफ्नो नाम भनेनन् । तर, उनले हामीलाई विद्यार्थीको कमि छैन भने । उनले अगाडि थपे, ‘जुन स्कुलले विद्यार्थी कुरिरहेका हुन्छन् । ति स्कुलले त्यस्तो गर्छन् । हामी गर्दैनौ ।’ अबदेखि सानो कक्षाकालाई घरबाट खाजा ल्याउन दिइँदैन । किन ? जवाफमा उनले भने, ‘हामी यत्तै खुवाउने व्यवस्था गर्दै छौँ ।’ सरस्वती पूजाका दिन पनि छुट दिइएन ।
किन्डरगार्डेनकै भर्ना शुल्क १० हजार । महिनाको शुल्क ४ हजार । खाना खाजाको ३ हजार । महिनाको शुल्क र खाना खाजाकोमा केही छुट दिन सकिन्छ । अतिरिक्त समय राखेको २ हजार थप । गाडिमा ओहोर दोहोर गरेको महिनामा १८ देखि २५ सय । झट्ट हेर्दा यत्तिको खर्च त आजभोलि लाग्छ नै भन्ने ठानिएला तर, विद्यार्थीको सिकाई र गुणस्तरको हिसाबले भने यो अभिभावकलाई अनावश्यक खर्च जस्तो लाग्न थालेको छ । उनीहरु भन्छन्, ‘अहिले मिहनेत गरेर पढाइन्छ । कलेज पढ्ने बेलामा ति बच्चाहरुले के गर्ने कसो गर्ने भन्ने निधो गर्न सक्दैनन् । उनीहरु व्यवहारिक ज्ञान र सीपमा अभ्यस्त भएको पाइदैन । खाली विदेश उड्ने मानसिकता बढी भेटिएको छ ।’
यस्तै, शिक्षाका जानकारहरु भन्छन्, ‘अहिले सबैको फेसन नै भइसकयको छ कि विद्यार्थीलाई अनेक ट्रिक लगाएर होल्ड गर्ने । यसले नेपालको शैक्षिक गुणस्त खस्कँदो अवस्थामा रहेको चित्रित हुन्छ । मूलुक नयाँ संरचनामा गएसँगै शैक्षिक सिकाइमा आमूल परिवर्तन हुनुपर्छ ।’ विद्यार्थी ओगट्ने वा होल्ड गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । ता कि यो व्यापार व्यवसाय होइन, भन्ने चेत सबैलाई फिर्नु पर्छ ।