arrow

ओखलढुंगाका स्थानीय तहमा बढ्न थाल्यो मनोमानी

logo
जीवन शर्मा,
प्रकाशित २०७४ माघ २३ मंगलबार
okhaldhunga.png

ओखलढुंगा ।  ओखलढुंगाका स्थानीय तहमा पछिल्लो समयमा मनोमानी बढ्न थालेको छ । जननिर्वाचित प्रतिनिधिहरु बाटै स्थानीय तहमा हुँने सबैखाले गतिविधिमा मनोमानी बढ्न थालेको हो ।
 
स्थानीय सरकारले जनतालाई गर्ने शासनको स्वरुप स्थानीय सरकार सञ्चालन ऐन विपरित हुन थालेको भन्दै नागरिकहरु गुनासो गर्न थालेका छन् । केही दिन देखि मोलुङ गाउँपालिकाले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखेर नागरिकलाइ जिल्लाबाटै सेवा दिने व्यवस्था मिलाएकोप्रति नागरिकले असन्तुष्टि व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष मणीराज राइको निर्देशनमा सदरमुकाम बाटै सेवाप्रवाह गर्न थालिएको कर्मचारीहरु बताउँछन् ।

राइले गाउँकार्यपालिकाका सदस्यहरुलाइ समेत बेवास्ता गर्दै एकलौटी निर्णय गर्ने गरेको कार्यपालिका सदस्यहरुले बताएका छन् । सदरमुकाममा घर भाडामा लिएर महंगो भाडादर तिर्ने तर गाउँका नागरिकलाई स्थानीयस्तरबाटै सेवा प्रवाह गर्ने विषयमा वबेवास्ता गर्दैआएको स्थानीय एवं नेपाल कम्यूनिष्ट पाटीका जिल्ला सचिवालय सदस्य भूमरी लामाले आक्रोश व्यक्त गरे । स्थानीय तहको चुनाव भएको ७ महिना वितिसक्दा समेत कर्मचारीहरु गाउँपालिकामा नभेटिएपछि नागरिकहरु सदरमुकाम धाउन बाध्य भएका छन् ।

सो  विषयमा विभिन्न सञ्चारमाध्यामले समाचार प्रसारण गरेपछि गाउपालिकाले गाउँबाटै काम गर्न थालिएको बताएपनि हालसम्म गाउँपालिकाबाट कुनै सेवा प्रवाह नभएको लामाले बताए । स्थानीय तहको चुनाव भएको ७ महिना वितिसक्दा समेत जनातालाइ सेवा दिने भन्दा पनि अध्यक्षबाटै आफु अनुकुलका निर्णय गर्ने गरेर हैरान बनाएको गाउकार्यपालिकाका सदस्यहरुले गुनासो गर्न थालेका छन् ।

सदरमुकामबाट गाउापालिकाको कार्यालय सञ्चाल गर्न थालेको विषयमा मोलुङ गाउपालिकाका अध्यक्ष मणीराज राइले सदरमुकाम र गाउँपालिका दुबै ठाउँबाट कार्यलय सञ्चालन भैरहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ