arrow

सबिता अटिजम सचेतना र सन्जाल बिस्तारमा पुर्वान्चलमा ब्यस्त

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
12659820_1231574930192470_767076343_n.jpg.jpeg
काठमाडौं। विशेष स्कुल तथा पुनःस्थापना केन्द्र(एसएसडिआरसि ) को संस्थापक तथा प्रमुख  कार्यकारी  निर्देशक युवा सामाजिक  अभियान्ता सबिता उप्रेती अटिजम सचेतनाको साथै  देश  ब्यापी सन्जाल बिस्तार  गर्नको लागि आफ्नु छोटो  जाडो बिदाको सदुपयोग  गर्दै हाल पुर्वान्चलको विभिन्न  मुख्य जिल्लामा ब्यस्त छिन । उनले गरेकाे काम पछिल्लाे समय हरेक दिनको प्रयास र सेवाहरु उदाहरणिय बन्दै!पछिल्लाे समय हरेक दिनको प्रयास र सेवाहरु उदाहरणिय बन्दै!
 
काठमाण्डौको केन्द्रमा दिनानुदिन अटिजम बालबालिकाहरुको  चाप बढेकोले बालबालिकाहरुको समस्या र अभिभावकहरुको पिडालाई मध्यनजर गरेर यतिबेला उनी जनचेतनामूलक  कार्यक्रम र सन्जाल बिस्तारको लागि पुर्वान्चलको जिल्लाहरु भ्रमणका लागि पुर्व आएकी हुन ।  
 
नियमित स्रोत  साधनको अभाव  र राज्यको लगानी बिना एउटा  दोलखा जस्तो दुरदराजबाट काठमाडौ  आएकी  अविवाहित महिलाले राज्यले पनि गर्न नसकेको अनि अटिजम जस्तो चेतनामा अभाव  भएका बालबालिकाहरु संग काम गर्नु त्यो आफैमा जटिलता हुँदा  हुँदै पनि यसरी अटिजम भएका ब्यक्ती साङ्लो  र दाम्लो बाट  मुक्त  हुनु पर्छ भन्ने महान सोचाइ र अभियानमा हिड्नु यो सानो मुटु  भएको ब्यक्तिको बसमा छैन ।
 
उनिको यो अभियानलाई कुनै शब्द  नै पुग्दैन प्रश्म्सा गर्न । उनिले बिराटनगर,झापा,ईलाम र धरानमा सचेतता कार्यक्रम साथै प्रेस मिट गरिसकेकी छन  भने उनैको बिशेष  पहलमा  बिराटनगरमा सक्षम अपांगताको लागि शिक्षा र पुनःस्थापना केन्द्र ( क्यापेएबल) नामक संस्था समेत सुरु गराएकि छ्न । सबिताको एस एस डि आर सि ले हाल ४० जना अटिजम बालबालिकाहरुलाई  सेवा प्रदान गरिरहेको छ ।
के हो  अटिजम ?
अटिजम नसा र तन्तुमा आएको असमानताको एउटा  रुप हो जस्लाई न्युरो डब्लभ डिस्कोस भनिन्छ । विशेषत यो रोग होइन । बौद्धिक  अपाङता पनि होइन । सामान्यतया  सामाजिक रुपमा घुलमिल हुन नसक्ने, कल्पना शक्तिको लचकतामा कमि हुने र सञ्चारमा कठिनाइ हुने जस्तो तीन मुख्य समस्या  हरेक अटिजमको बालबालिकाहरुमा देखिन्छ । इन्द्रियहरुको उतारचढावको कारण मस्तिष्कको कार्यले गर्ने असमानताले बालबालिकाहरुले असामान्य व्यबहार देखाउछ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ