डार्विनको सिद्धान्तलाई चुनौती : 'हामी बाँदरका सन्तान होइनौं'
प्रकाशित २०७४ फागुन २ बुधबार
726
Shares
काठमाडौं । भारतका मानव संशाधन तथा विकास राज्यमन्त्री सत्यपाल सिंहले केही दिन अघि एउटा अभिव्यक्ति दिए। चार्ल्स डार्विनको विकासवादको सिद्धान्तलाई नै चुनौती दिनेगरी दिएको सो अभिव्यक्तिलाई भारतका केही बैज्ञानिकहरुले भने यसमा केही खोज गरेका छन् । १२ फेब्रुअरीलाई डार्विनको जन्मजयन्तीको रुपमा लिने गरिएको छ । यही १२ फेब्रुअरीकै केही दिन अघि मात्रै यस विषयमा नयाँ बहस सुरु भएको हो ।
हाम्रा पूर्वज के बाँदर हुन् ?
डार्विनको क्रमिक विकास सिद्धान्तमाथि वैज्ञानिकहरुले समेत सवाल खडा गरेपछि हाम्रा पूर्वज बाँदर होइनन् भन्ने विषय चर्चामा आउन थालेको छ । लखनऊ यूनिवर्सिटीमा बुधवार 'वेदमा ज्योतिष तथा विज्ञान' विषयमाथि भएको सेमिनारमा नासाका पूर्व वैज्ञानिक प्रोफेसर ओपी पाण्डेयले समेत यो तथ्यलार्इ खारेज गरिदिएका छन् । उनले भनेका छन् कि विश्वभरका बच्चाहरुमा अहिले गलत सिद्धान्त पढाउने गरिएको छ । यसको नकारात्मक असर उनीहरुमा पर्ने देखिन्छ । उनीहरुलाई सही इतिहास सिकाउन पनि उनले सुझाव दिएका छन् ।
प्रफेसर पाण्डेयले डार्विनको सिद्धान्त अनुसार बाँदर चिम्पाञ्जी बन्ने र त्यसपछि मानिस बनेको उल्लेख गर्दै बाँदर कहिलै पनि मानिस बन्न नसक्ने दाबी गरेका छन् । बाँदरमा २४ गुणसूत्र हुने र मानिसमा ४६ गुणसूत्र हुने भन्दै उनले बाँदर नै मानिस बन्ने हो भने मानिसमा २२ वटा अतिरिक्त गुणसूत्र कहाँबाट आयो भन्दै प्रतिप्रश्न गरेका छन् । यही तर्क दिँदै उनले हाम्रो पूर्खा बाँदर नभएको दाबी पनि गरेका छन् ।
भारतको केन्द्रीय मन्त्रीले सुरु गरेका थिए बहस
यो बहस भारतका केन्द्रीय मन्त्री सत्यपाल सिंहले उठाएका थिए । केही दिन अघि उनले उठाएको यो सवालमा माथि १०० भन्दा बढी बैज्ञानिकहरुले यसमाथि खण्डन गर्दै यो सिद्धान्तलाई सही मानेका थिए। तर, मन्त्रीको सो अभिव्यक्ति माथि १२ सय जना बैज्ञानिकहरुले मुद्दा समेत दायर गरेको विषयमा प्राध्यापक पाण्डेयले यसलाई राजनीति भन्दै यसरी मुद्दा दायर गर्नेहरु बैज्ञानिक नभएर टेक्नोलोजिस्ट मात्रै भएको आरोप लगाएका छन् ।
डार्विनका पुत्रले बताए : पिता सिद्धान्त कल्पनामात्रै
प्रफेसर पाण्डेयका अनुसार १९०५ मा डार्विनका माईला छोरा जर्ज डार्विनले आफ्ना पिताको डार्विन सिद्धान्तलाई कल्पना मात्र भएको बताएका थिए । पाण्डेयले विज्ञान तथा तर्कमा समेत यो सिद्धान्त कहिँ पनि सावित नभएको बताएका थिए। यी तर्कहरुसँगै हामी आफूलाई बाँदरको सन्तान मान्ने परिपाटीमाथि आशंका सुरु भएको छ ।