arrow
ADVERTISEMENT

प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल, मुख्यमन्त्रीको नाममा ४ मन्त्रालय

शंकर पोखरेलले सुनाए आर्थिक विकासको फेहरिस्त

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन ३ बिहिबार
Shankar-Pokharel1.jpg

बुटवल । प्रदेश नम्बर ५ मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यस प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र २ मन्त्रीहरुले बिहिवार सपथ ग्रहण गरेका हुन् । संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छनोट भएका छन् ।

अपराह्न ३ बजे बुटवलमा रहेको सडक डिभिजन कार्यालयको सभागृहमा भएका सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन् ।  मुख्यमन्त्रीको सपथ लगत्तै पोखरेलले माओवादीका कुल प्रसाद केसीले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तथा नेकपा एमालेका बैजनाथ चौधरीले भौतिक पुर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी सहित सपथ ग्रहण गराएका हुन् ।
 
नेकपा एमाले र नेकपा माओवादी केन्द्र को समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारीसंगै आन्तरीक मामिला तथा योजना मन्त्रालय, उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय, भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय र समाजिक बिकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् ।

शंकर पोखरेलले सुनाए आर्थिक विकासको फेहरिस्त

सपथ ग्रहण कार्यक्रमपछि बोल्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले आर्थिक समृद्विको लागी कार्य गर्ने बताउँदै प्रदेश नम्बर ५ लाई पहिलो प्रदेशको रुपमा निर्माण गर्ने बताए ।  प्रदेश नम्बर पाँचको समृद्धिका लागि एउटा मास्टर प्लान बनाउने र त्यसैअनुसार विकास गर्दै जान बताउँदै उनले भने –‘ महानगर वस्तु र सेवाका लागि केन्द्र हो। जनता केन्द्रीत हुने भनेको महानगरमा नै हो। यसो हुँदा हरेक क्षेत्र महानगरसँग जोडिन्छ।’

उनले बुटवल, भैरहवा र लुम्बिनीलाई जोडेर पर्यटकीय हब बनाउने सपना देखेका छन्। बुटवलको नजिकै हिल स्टेशन बनाउने र त्यसैअनुसार दाङ र नेपालगञ्जमा पनि हिल स्टेशनको विकास गर्ने। जहाँ भारतीय पर्यटकहरू पनि सहजै आउने वातावरण बन्नेछ। नेपालगञ्जलाई औद्योगिक नगर बनाउने पोखरेलको योजना छ। यी तीन महानगर र आसपासका क्षेत्रमा रहेको कृषियोग्य भूमिलाई व्यवसायिक हिसाबले खेती गर्ने र त्यहाँको उत्पादन महानगरसम्म पुर्‍याउने योजना उनले बुनेका छन्।

दाङ उपत्यकाको विकासका लागि पनि उनले नयाँ खालको शैली अपनाउन चाहन्छन्। ‘यो संभाव्यताको विषयमा सबै कुरा एकैतिर केन्द्रीत गरेर विकास हुन्छ भन्ने सोच गलत हो। हामी विकासको मेरोभन्दा पनि हाम्रोबाट भन्न थाल्यौं भने विकास गर्न सक्छौं।’–उनी भन्छन्।

उनको सपना यस्तो छ– ‘मैले ३ वटा महानगरभित्र व्यवसायिक बहुउद्देश्यीय पार्कको कल्पना पनि गरेको छु। जुन निकै ठूलो क्षेत्रमा फैलिने छ। जहाँ खेलमैदान, पिकनिक स्पोर्ट, जु, म्युजियमलगायतका कुराहरू रहने छन्। यो संगै कृत्रिम तालतलैया निर्माण गरेर पर्यटकलाई आकर्षण गर्नेछौं। नेपालगञ्ज आसपासमा मानसरोवरको प्रतिमूर्ति निर्माण गर्ने सोच छ।

पर्यटकहरू मानसरोवर जाँदा पहिले नेपालगंजको पार्कमा जानेछन् र मानसरोवरको प्रतिमूर्ति हेरेर वास्तविक मानसरोवर जानेछन्। परम्परागत पूर्वाधारका ढाँचालाई हामीले फेरिदिने छौँ। राजधानी छिटो र छोटो दुरिमा पुग्ने तरिकाको बारेमा पनि कार्य गर्ने छौं। यो संगै परम्परागत खेतीपातीलाई परिवर्तन गरेर आधुनिक पकेट क्षेत्रको रूपमा विकास गर्ने छौं। आमजनताको सहभागितामा पूँजी परिचालन गर्ने छौं। विद्रोह नआउने तबरबाट विकल्पको मोडेल निर्माण गर्ने चरणमा छौं।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ