arrow

मातृभाषामा सपथ खानेको होड : हिन्दी भाषावाललाई मैथलीले जित्यो (सूचीसहित)

सपथ, कसले कुन् भाषामा खाँदैछन् ?

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
samsad1.JPG

काठमाडौं । संघीय संसदका सांसदको सपथ ग्रहण तयारी पूरा भएको छ । संसद् सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिने जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले आफ्नै मातृभाषामा सपथ लिन प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ४२ जनाले निवेदन दिएको  जानकारी दिए । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदका लागि निवेदन दिन भनि शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिने सांसदले भने  निवेदन दिनु पर्दैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले त्यसअघि नै २० गते आइतबार, दुवै सदनमा सांसदको सपथ ग्रहण तोकिएको हो। संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संविधानमा व्यवस्था छ।

सपथ लिने सबैभन्दा बढी मैथली भाषामा
संसद सचिवालयले दिएको जानकारी अनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने छन् । जसमा प्रतिनिधिसभाका १३ र राष्ट्रिय सभाका ४ सदस्य छन् । यस्तै, हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिन निवेदन दिएका छन् ।

राष्ट्रिय सभामा मनोनीत ३ सदस्यको शपथ रोकिने
राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधानअनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्न सर्वोच्चले भनेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले महिला अधिकारकर्मी चाँदनी जोशी, कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल र झापाका नेता गोपाल बस्नेतलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले उनीहरूको मनोनयन रोकेर ओली सरकारले गरेको सिफारिस स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिले स्वेच्छारी निर्णय गरेको भन्दै देउवाले मनोनयनका लागि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यी मुद्दामा अन्तरिम आदेश दिँदै सर्वोच्चले नामै किटान गरी ३ जनाको शपथ रोक्न भनेको छ ।

रेशम चौधरीको शपथ अनिश्चित
२०७२ भदौ ७ गते कैलालीको टीकापुर घटनाको मुख्य योजनाका भनिएका रेशमलाल चौधरीको सपथ अनिश्चित भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अन्य सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । तर, चौधरी अहिले थुनामा छन् । चौधरीले थारू भाषामा शपथ गर्ने भनि वारेसमार्फत  निवेदन दर्ता गराएका छन् ।
सपथ, कसले कुन् भाषामा खाँदैछन् ?

राष्ट्रिय सभा
मगर भाषा
१. वर्षमान पुन
२. ओनसरी घर्ती
नेपाल भाषा
१. राजेन्द्र श्रेष्ठ
हिन्दी भाषा
१. राजेन्द्र महतो
२. अनिलकुमार झा
३. प्रमोद साह
४. लक्ष्मणलाल कर्ण
५. चन्दा चौधरी
६. अमृता अग्रहरी
७. रानी मण्डल
८. सरिता गिरी
अवधि भाषा
१. मोहम्मद इस्तियाक राई
भोजपुरी
१. प्रदीप यादव
२. एकवाल मियाँ
३. राम बाबुकुमार यादव
४. राम सहायप्रसाद यादव
५. हरिनारायणप्रसाद रौनियार
मैथली भाषा
१. उपेन्द्र यादव
२. उमाशंकर अरगरिया
३. चन्द्रकान्त चौधरी
४. दुलारीदेवी संग खत्वे
५. सुरेशचन्द्र दास
६. शरतसिंह भण्डारी
७. राजकिशोर यादव
८. महन्थ ठाकुर
९. रेणुकुमारी यादव
१०. दिल कुमारी
११. मातृकाप्रसाद यादव
१२. इन्दुकुमारी शर्मा
१३. मीनाक्षी झा
थारु भाषा
१. गंगा चौधरी सत्गौवा
२. शान्ता चौधरी
३. रेशमलाल चौधरी
तामाङ भाषा
१. हितबहादुर तामाङ
बज्जिका भाषा
१. महिन्द्रराय यादव
उर्दू भाषा
१. रुहिनाज

राष्ट्रिय सभा
मैथली भाषा
१. वृषेशचन्द्र लाल
२. डा. सुरेन्द्रकुमार यादव
३. प्रमिला कुमारी
४. सूर्यनारायण यादव
हिन्दी भाषा
१. रमेश यादव
बज्जिका भाषा
१. रामप्रीत पासवान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ