arrow

धरहरा र वसन्तपुरको महत्व सिध्याउन खोज्नेमाथि फौजदारी अभियोगको तयारी

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
ranipokhari_news.jpg

काठमाडौं । रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्विक महत्व विगार्नेगरी नियोजित रुपमा षड्यन्त्र भएको आरोप सहित पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाका कर्मचारी विरुद्ध जाहेरी दर्ता भएको छ । चर्चामा रहेको रानीपोखरी पुनर्निर्माणमा संलग्न कर्मचारी र ठेकेदार माथि जाहेरी दर्ता गराएका सम्पदाप्रेमीहरुले यस्तै प्रकृतिको जाहेरी धरहरा र हनुमानढोका दरबार क्षेत्रमा हस्तक्षेप गर्ने विरुद्ध समेत दर्ता गर्न लागेको सम्पदाप्रेमीहरुले जनाएका छन्।  

आईतबार सम्पदाप्रेमीहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा रानी पोखरीको निर्माणमा संलग्नहरुको नाममा फौजदारी अभियोगमा जाहेरी दिएका हुन् । सम्पदाप्रेमीहरुले संविधानले मौलिक हक मानेको भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संवद्र्धन हुनुपर्ने अधिकार हनन् भएको भन्दै यसमा संलग्न काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र ठेकेदार विरुद्ध जाहेरी दर्ता गरेका सम्पदाप्रेमीहरुले रानीपोखरी पछि धरहरा र हनुमानढोका दरबार क्षेत्र मिचेर व्यक्तिगत संरचना बनाउने व्यक्ति, त्यसमा सहमती दिने महानगरका कर्मचारी लगायतविरुद्ध समेत जाहेरी दिने तयारी भईरहेको सम्पदाप्रेमीहरुले जनाएका छन् । 

सम्पदाप्रेमीहरुले दिएको जाहेरीपत्रमा नेपालको संविधानको धारा ३२ र प्राचीन स्मारक ऐन, २०१३ को दफा १२ विपरित कर्मचारी र ठेकेदारले सम्पदाको दुरुपयोग गरेको आरोप लगाईएको छ । नेपालको संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकका रूपपा ग्रहण गरी त्यही धाराको उपधारा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनी सुनिश्चित गरेको विषयलाई उठान गर्दै रानीपोखरीमा काठमाडौं महानगरपालिका र पुरातत्व विभागका कर्मचारीको कारण संविधानको सो व्यवस्थाको समेत उल्लंघन भएको आरोप उनीहरुको छ । 

यस्तै विषयमा अव धरहरा र हनुमानढोकामा भएका अनियमितता र गैरकानूनी काममा पनि पुरातत्व र काठमाडौं महानगरपालिकाका कर्मचारीहरुको समेत संलग्नता रहेको आरोप उनीहरुको छ । सम्पदाप्रेमीहरुले पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागको निर्देशक  उत्तरकुमार रेग्मी र ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेलविरुद्ध जाहेरी दायर भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ