arrow

विज्ञान मन्त्रालयको अर्धअवसान भयो : उपकुलपति पोखरेल (अन्तर्वार्ता)

हामीले संकुचित गर्‍यौँ

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
jibaraj.JPG

विज्ञान प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभिएको छ । विज्ञान मन्त्रालयको अवसान भयो भनेर टिका टिप्पणी भइरहेको छ । अब विज्ञानसम्बन्धी कामै हुँदैन ? अब विज्ञान प्रविधिको क्षेत्रमा हुनुपर्ने अध्ययन अनुसन्धानको काम कारबाही कमजोर हुन्छ ? अर्थात् अब कसरी काम कारबाही अगाडि बढ्ला ? हामीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकूलपति डा. जीवराज पोखरेलसँग संक्षिप्त कुरा गरेका छौँ ।

० विज्ञान मन्त्रालयको अवसान भयो ?
– अवसान भएको भन्न मिल्दैन होला किनभने गणतान्त्रिक संघीय नेपालमा मन्त्रालयको संख्या सीमित गरिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयमा लगेर गाभिएको छ । विगतमा जस्तो विज्ञान तथा प्रविधिका लागि पृथक मन्त्रालय रहँदैन । त्यस हिसाबले अर्धअवसान भएको हो कि भन्न सकिन्छ ।

० मन्त्रालय हुँदा काम गर्न सजिलो हुन्थ्यो ?
– सन् १९९६ मा यो मन्त्रालय स्थापना भएको हो, त्यसभन्दा अगाडि अन्य मन्त्रालयमा गाँभिएको थियो । अहिले विज्ञान तथा प्रविधिको युग हो, प्रगति, उन्नति र समृद्धि चाहने हो भने यो विषयलाई प्राथमिकता दिनुपर्छ भनेर मन्त्रालय स्थापना भएको थियो । पृथक मन्त्रालयका रुपमा नरहेको वर्तमान अवस्था हो । अब काम गर्न सजिलो हुन्छ कि अप्ठ्यारो त्यो भविष्यमा देखिन्छ । मन्त्रालयमा राम्रो व्यवस्थापन प्रणाली विकसित गरियो भने राम्रो होला । यसको छिट्टै अस्तित्व हुनुपर्छ भनेर मन्त्रालयको स्थापना गरिएको थियो ।

० हामीले विज्ञान प्रविधिलाई संकुचित बनाउँदै लग्यौं ?
– झट्ट हेर्दा संकृचित भएको, साँघुरिएको तर्फ हामी उन्मुख भएको भन्ने देखिन्छ । हामीले भारतमा हे¥यौं भने, त्यहाँ ५० वटा जति मन्त्रालय छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको त्यहाँ छुटै अस्तित्व छ । चीनमा हेरियो भने, त्यहाँ थोरै मन्त्रालय छ, यद्यपि विज्ञान तथा प्रविधि मन्त्रालयको छुटै अस्तित्व छ । प्रगति गरेको देशलाई अनुशरण गर्ने हो भने हामीकहाँ पनि विज्ञान तथा प्रविधि मन्त्रालय हुनु नै पर्ने थियो । नयाँ सरकार आएको छ, आशा गर्ने ठाउँ छ ।

० अहिले नै यसो हुन्छ भन्दा हतार हुन्छ हो ?
–अहिले नै हतार हुन्छ । यस्तो खालको अनुभव पहिलेबाटै छैन । आज भन्दा २०–२२ वर्ष अघि २०५२ सालको अनुभव मात्रै हामीसँग छ । त्यो अनुभव बुढो भइसक्यो । त्ससको स्फूर्ति पनि नरहेको अवस्था हो । त्यसो भन्न नसकिने हो । यसो हेर्दाखेरी यहाँले भनेको कुरा ठिकै नै छ । अरु मन्त्रालयमा हुनु भन्दा शिक्षा मन्त्रालयमा भएको ठिक छ । किन भने नाष्ट स्वायत्त संस्था हो । शिक्षामन्त्रालय अन्तर्गत विभिन्न विश्वविद्यालयहरु छन् । निनिहरु पनि स्वायत्त संस्था भएर बसेको हुनाले हामीलाई पनि एकै खालको व्यवहार हुन्छ । त्यसैले अन्य मन्त्रालयमा हुनुभन्दा शिक्षामा हुनु राम्रो हो । नाष्ट र विज्ञान तथा प्रविधिका विद्यार्थीहरुले छुट्टै हुँदा राम्रो हुन्थ्यो भनिरहेका हौँ । तर, अरु मन्त्रालय भन्दा शिक्षामा ठिकै छ, भन्नेमा हामी पुगेका छौँ । नेपथ्य विभिन्न आवाजहरु गुञ्जयमान भइरहन्छन् ।

० भनेको डाक्टसाव, विषयगत मन्त्रालयमा गाभिएको हुनाले खासै आपत्ति भएन । काममा विश्वास गर्नु पर्ने भयो ?
–गाभिएकामा आपत्ति त छँदै छ नि किन नहुनु ? छिमेकी राष्ट्रहरु चीनको, भारतको उदाहरण दिए मैले । चीनले मन्त्रालयको संख्या सिमित राखेर पनि प्रविधिमन्त्रालयलाई अलग खालको स्वरुप दिएको थियो । भारतमा बढीनै छन् ४५–५० वटा मन्त्रालय । त्यहाँ पनि विज्ञान प्रविधि मन्त्रालयलाई छुट्टै प्राथमिकता दिइएको छ । यहाँ गाभियो । त्यसैले एक प्रकारले आपत्ति छँदै छ ।

० शिक्षामा गाभिएको हुनाले मन बुझाउने ठाउँ रहयो ?
–शिक्षा मन्त्रालयमा भएको हुनाले ठिकै छ भन्नु पर्ने अवस्था आयो । शिक्षा मन्त्रालय अन्तर्गत विश्व विद्यालयहरु हुने, प्राज्ञिक संस्थाहरु अध्यापन गर्छन् । हामी अध्यापनसाथ साथै अनुसन्धान पनि गर्छौ । अध्ययापन पनि गराउने भएकाले कार्यसंस्कृतिमा समानता रहन्छ, त्यसले गर्दा अन्य मन्त्रालय भन्दा शिक्षामा बढि उपयोगि हुने विश्वास हामीले लिएका छौँ । अब यो सबै नयाँ सरकारको काम कारबाहीमा भर पर्छ । अर्थमन्त्री पनि अहिले निकै अनुभवि हुनुहुन्छ । आर्थिक मामिलाबाट हाम्रो अवस्थालाई राम्ररी बुझ्नु हुनेछ । अहिलेलाई आशावादी बन्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ