arrow

घोडाघोडीका मेयर ममताप्रसाद चौधरी माथि गोली प्रहार

बोक्सी प्रकरणमा आलोचित थिए चौधरी

logo
देवानन्द न्यौपाने।
प्रकाशित २०७४ फागुन २८ सोमबार
mamta-prasad-chaudhary.jpg

कैलाली। घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद माथि गोली प्रहार भएको छ। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको हो ।

आफ्नै निवासमा बसिरहेको अवस्थामा चौधरीलाई केहि अज्ञात समुहले खुकुरी समेत प्रहार गरेको छ।

मेयर चौधरीलाई शुरुमा छातीमा गोली लागेको बताइए पनि उनलाई कम्मर मुनी गोली लागेको खबर प्राप्त भएको छ।

टाउकोमा धारिलो हतियारको चोट र कम्मर मुनी गोली लागेपनि अवस्था खतरामुक्त रहेको घोडाघोडी अस्पतालका चिकित्सकहरुले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले मेयर चौधरीमाथि धारिलो हतियार प्रहार भएको भन्ने जानकारी आएको आधारमा प्ररहरी घटनास्थलतर्फ पठाइएको बताए। उनको घोडाघोडी अस्पतालमा प्रारम्भिक उपचार भएपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बोहोराले बताए। 

घोडाघोडीकी युवती राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानिय राम बहादुर चौधरी सहितले कुटपिट र दुर्व्यवहार गर्दा चौधरी पिडक पक्षमा लागेर छुटाउन लागेको भन्दै उनको चौतर्फि आलोचना भएको थियो।

नेकपा एमालेका तर्फबाट मेयरमा निर्वाचित चौधरीका बारेमा सर्वत्र विरोध भएपछि एमालेले पनि उनको बारेमा छानविनका लागि समिति बनाएको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ