- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले उपाधि जित्ने पक्का जस्तै भइसकेको छ । अब मात्र दुई जित जरुरी छ ।
लिगको तीसौं खेलमा म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई २–० ले हरायो ।
सोमबार राति भएको खेलमा स्टोकको मैदानमा म्यान्चेस्टरलाई जिताउन दुवै गोल डेभिड सिल्भाले गरे ।
यो जितपछि पेप ग्वार्डिओलाको टिमले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको भन्दा १६ अंकको अग्रता लिएको छ ।
यो समिकरण हेर्दा पनि अब मात्र दुई जित हासिल गरे सिटीलाई पुग्नेछ ।
त्यसअघि म्यान्चेस्टर युनाइटेड नै दुई हारको सामना गर्दा सिटीले कुनै खेल नजिते पनि पुग्नेछ ।
म्यान्चेस्टर सिटीको ८१, युनाइटेडको ६५, टोटनह्यामको ६१, लिभरपुलको ६० र चेल्सीको ५६ अंक छ ।