arrow

वडाध्यक्षमाथि आक्रमण, आक्रमण लगत्तै सम्पर्कविहिन

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
khotang-district.png

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । राति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन् । आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ