arrow

उपमेयर र कार्यकारी अधिकृतबीच टकराव

स्थानीय चुनाव भएदेखि नगरपालिकाको कामकाज अन्योलमा

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७४ चैत ३ शनिबार
kagaj.jpg

कपिलवस्तु । स्थानीय चुनाव भएदेखि नगरपालिकाको कामकाज अन्योलमा  पर्ना गएको छ । स्थानीय चुनाव १ बर्ष पुग्ना लाग्दा पनि कृष्णनगर नगरपालिकाको लेखाजोखा नभएको उपमेयर शबनब खातुनले जानकारी गराएकि छिन । योजना तर्जुको संयोजक पनि कागज मै सिमित रहेको उनले भनिन ।

 नगरपालिकाको योजनाबारे जानकारी तथा अनुगमनको लागि पटक पटक कार्यकारी अधिकृत गणेश प्रसाद अर्याललाई भन्दा भन्दै १ बर्ष पुग्ना लाग्दा समेत जानकारी नआए पछि २०७४ फागुन ३० गते २ दिनको समय दिएर पत्र काटेका थिए । पत्रमा आर्थिक बर्ष २०७४/७५ नगर परिषदमा पास भएको योजनाको बारेमा जानकारी सम्बन्धमा तथा भारतिय नम्बर प्लेट बटा असुल गरिएको श्रावण १ गते देखि रकमको बैक भाउचर समेत मागेको पत्रमा उल्लेख गरिएको छ ।

"नगरपालिकाले निष्पक्ष भाइ कामकाज गरेको छ भने ती कागज दिनबाट किन पछि हटेको उपमेयर खातुनले भनिन" कार्यकारी अधिकृत गणेश प्रसाद अर्याल संग मेरो मतहत भित्र पर्ने कुनै पनि जानकारी लिना वा काम गर्ना भन्दैमा वहाँ चुप लागेरा बस्ने वा आपिस छोडि हिन्ने जस्ता गतिबिधि भई रहेको उपमेयर खातुनले भनिन । मेरो अधिकार भित्र पर्ने कामकाजको जानकारी नगराएको हुनाले २०७४फागुन ३० गते २ दिनको समय दि पत्र दर्ता समेत गराएको पत्रमा दर्ता न.उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ