arrow

अबका मिडिया राष्ट्रप्रेमी हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ५ सोमबार
pokhrel_(2).jpg

बुटवल। पाचँ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले  नेपाली मिडिया राष्ट्रमैत्री बन्नु पर्ने बताएका छन् । दैनिकपत्र दैनिकको १४औं बार्षिकउत्वसको अवसरमा प्रकाशित ‘संघीयता र समृद्धि, बिशेषाङ्कको सोमबार बुटवलमा बिमोचन गर्दै मुख्य मन्त्री पोखरेलले अन्य देशको तुलनामा नेपाली  मिडिया अझै पनि राष्ट्र मैत्री बन्न  नसकेको दृष्टान्त  प्रस्तुत गर्दैआगामी दिनमा थप जिम्मेवार बन्नु पर्ने बताए ।

उनले राष्ट्रलाई हित पुर्‍याउने सूचना, समाचार र बिचार प्रदान गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्दै मिडियाको भूमिका संघीयता कार्यान्वयनको पक्षमा हुनु पर्ने बताए ।  मिडियाहरुपनि समयको माग र आवश्यकता संगै परिवर्तनलाई आत्मसाथ गरी आगडि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधान सभाबाट नयाँ सविधान जारी भएपछि अधिकारमुखी आन्दोलनलाई कर्ममुखी बनाउनु पर्नेमा जोड दिए ।

 पुर्व सञ्चार मन्त्री समेत रहेका पोखरलले आफु पत्रकार नभए पनि मिडिया राम्रोसगँ बुझेको भन्दै ५ नम्बर प्रदेशका मिडिया सवल बनाउन आफु लाग्ने बताए । प्रदेश सरकारसगँ जनताको धेरै अपेक्षा भएकोले जनतालाई निरास नपार्ने गरी  स्रोत र साधन खोजी गरी काम गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले बोल्दै मिडियाले संघीयता कार्यन्वनको लागि थप सशक्त रुपमा लाग्नु  पर्ने बताए । उनले बिगतमा दलगत पत्रकारिता रहेको स्मरण गर्दै अव समृद्धितर्फ लाग्नु पर्ने बताए ।

दैनिक पत्र दैनिकका प्रधान सम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईंले अवको पत्रकारिता समृद्धिको लागि हुनुपर्ने  बताए ।  उनले समाज परिवर्तनको लागि पत्रकारिताले गरेको योगदानको दलहरुबाट उचित मुल्यांकन हुन नसकेकोभन्दै पत्रकारिताले जहिले पनि न्याय,समानता र स्वतन्त्रताको पक्षमा योगदान दिईरहने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ