arrow

काँग्रेस सभापतिमा कोइराला, देउवा की पौडेल? सर्वे के भन्छ?

पहिलो चरणमै काँग्रेसले सभापति पाउन मुस्किल

logo
राजनीतिक व्यूरो।
प्रकाशित २०७२ माघ १९ मंगलबार
Congress-three-leader.jpg.jpeg
काठमाडौं। देशको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काँग्रेसको महाधिवेशनको लागि स्थानियस्तरको अधिवेशन भएको छ। महाधिवेशन प्रतिनिधी चयनको काम  माघ २२ मा हुने छ। आम नागरिकमा चर्चाको शिखरमा रहेको काँग्रेसको महाधिवेशनबाट केन्द्रीय नेतृत्व कस्तो आउँछ होला भन्ने कौतुहलता रहेको छ। २०७२ फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनले केन्द्रीय नेतृत्वमा कस्लाई स्थापित गर्छ भन्ने धेरैको चासो छ। काँग्रेसको महाधिवेशन काँग्रेसलाई जति लागेको छ अन्य राजनीतिक दलहरु र विदेशी शक्तिकेन्द्रहरुलाई पनि यसले त्यतिकै ध्यान तानेको छ। 
 
काँग्रेस कार्यकर्ताको बीचमा नेतृत्वमा कसलाई पुर्यााउन भन्ने वहश शुरु भएको छ। स्थानियस्तरको काँग्रेसको अधिवेशन शुरु हुनुअघी काँग्रेसको नेतृत्व तहमा कस्ता व्यक्तिहरु आउँछन र आउनुपर्छ भन्ने बारेमा एक सर्वे गरिएको छ। करिव एक महिनाअघी गरिएको सर्वेको हालै प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो। देशका सातैवटा प्रदेशका १३५३ जना पार्टीका महाधिवेशन प्रतिनिधी जिल्ला तह र गाउँ तहसम्मका कार्यकर्ताहरुलाई सर्वेमा सहभागि गराइएको थियो। नेपालका २३ जिल्लामा गरिएको सर्वेक्षणमा १९२ महिला र ११६१ पुरुष काँग्रेसका कार्यकर्ताहरुसँग प्रश्न गरिएको थियो। जसमध्ये १८ देखि ३० बर्ष उमेर समुहका १५ जना ३१ देखि ४५ बर्ष समुहका ३३४ जना ४६ देखि ६० बर्ष उमेर समुहका ७७० जना र ६० बर्षभन्दा माथिका २३४ जनासँग सर्वेका क्रममा प्रश्न गरिएको थियो। 
 
सर्वेका क्रममा काँग्रेस कार्यकर्ताहरुले सभापतिमा आकाँक्षी देखिएका ३ जना शिर्ष नेताहरुको पक्षमा ८० प्रतिशतले मत जाहेर गरेका छन्। बाँकी २० प्रतिशत मध्ये १२.२ प्रतिशतले सभापतिको उमेद्वारीका बारेमा मुख खोलेनन भने ७.८ प्रतिशतले काँग्रेसका अन्य विभिन्न नेताहरुलाई उमेद्वारको रुपमा देख्न चाहेका छन्। 
 
काँग्रेस कार्यकर्ताहरुले संस्थापन पक्षबाट यसअघी सँगै चुनाव लडेका शुसिल कोइराला र रामचन्द्र पौडेल मध्ये एक जना चुनावी मैदानमा उमेद्वार भएमा उनीहरुलाई मत हाल्न सजिलो हुने बताएका छन्। तर उनीहरु दुबै जना मैदानमा खडा भए मत पनि स्पष्ट रुपमा बाँडिने देखिएको छ। यो अवस्थामा संस्थापन पक्षको प्रतिष्पर्धीका रुपमा रहेका शेर बहादुर देउवालाई सोझो फाइदा हुने सर्वेमा देखिएको छ। 
 
देउवाले कुल १३५३ सहभागि मध्ये ३७ प्रतिशत अर्थात ५०१ मत पाएका छन्। सभापति कोइरालालाई सर्वेका क्रममा २४. ७ अर्थात ३३४ मत प्राप्त भएको छ भने उपसभापति रामचन्द्र पौडेललाई १८.३ अर्थात २४७ मत प्राप्त भएको छ।
 
सर्वेमा काँग्रेसका वहालवाला सभापति शुसिल कोइरालालाई काँग्रेसका कार्यकर्ताहरुले दुई नम्वरमा पुर्या एका छन्। उनलाई बरिष्ठ नेता देउवाले १२ प्रतिशत भन्दा बढीले पछि पारेका छन। सर्वेमा देउवाले कुल १३५३ सहभागि मध्ये ३७ प्रतिशत अर्थात ५०१ मत पाएका छन्। यो प्रवृतीमा कार्यकर्ताहरुले मत जाहेर गरे देउवाले पहिलो चरणमा सभापतिका लागि स्पष्ट बहुमत पाउन सक्ने देखिदैन। त्यसका लागि फेरि दोस्रो चरणमा पुग्नुपर्ने अवस्था हुन्छ। वहालवाला सभापति कोइरालालाई सर्वेका क्रममा २४. ७ अर्थात ३३४ मत प्राप्त भएको छ भने उपसभापति रामचन्द्र पौडेललाई १८.३ अर्थात २४७ मत प्राप्त भएको छ। कोइराला र पौडेलले प्राप्त गरेको मत स्पष्ट जीतको लागि पर्याप्त छैन। यो अवस्थामा पहिलो चरणको सभापतिको चुनाव कोइराला र पौडेलको दुवैको लागि रहर मात्र हुन सक्छ। कोइराला र पौडेल अलग अलग चुनाव उठ्ने अवस्था बन्दा १२. ३ प्रतिशत मतदाता जस्ले मुख खोलेका छैनन उनीहरु निर्णायक हुन सक्छन्। ति मतदाता चुनावको माहौल हेरेर आफ्नो मत हाल्ने खालका हुन सक्छन। यो अवस्थामा ति मतहरु सबै देउवाले आकर्षित गर्न सके देउवा पहिलो चरणमा ४९.३ प्रतिशत मत प्राप्त गरि निर्वाचित हुने अवस्थाको नजिक पुग्न सक्छन। त्यो अझै पनि स्पष्ट जीतको लागि पर्याप्त नहुन सक्छ। किनकी सबै ति नखुलेको मत देउवालाई मात्र जान्छ भन्न सकिने आधार भने छैन। 
 
संस्थापन पक्षभित्रै कोइराला देउवाका अतिरिक्त अरु केहि नेताहरु पनि आकाँक्षी छन भने कतिपयलाई कार्यकर्ताहरुले सभापतिमा उमेद्वार बनोस भन्ने चाहना राखेका छन्। संस्थापन पक्षकै महामन्त्री कृष्ण सिटौला सभापतिको तयारीमा छन। उनलाई पनि कतिपय कार्यकर्ताले सभापतिमा देख्न चाहेका छन्। त्यो मत ०.८ प्रतिशत अर्थात ११ मत छ। अर्का महामन्त्री प्रकाशमान सिंहलाई ०.५ अर्थात ७ जनाले सभापतिमा देख्न चाहेका छन्। रामशरण महतलाई ०.३ अर्थात ४ जनाले शशांक कोइरालालाई ०.३ अर्थात ४ जनाले अर्की केन्द्रीय सदस्य सुजाता कोइरालालाई १.३ प्रतिशत अर्थात १८ जनाले र महामन्त्रीमा उमेद्वारी दिने घोषणा गरेका गगन थापालाई ४.२ अर्थात ५७ जनाले पार्टी सभापतिमा देख्न चाहेका छन्। संस्थापन पक्षका यि सबैको आकाँक्षा सम्वोधन गरेर संस्थापनको एक मात्र उमेद्वार भएको अवस्थामा मात्र संस्थापन पक्षले देउवासँग केहि फरकमा सभापतिको चुनाव जित्ने अवस्था पहिलो चरणमै हुन सक्छ। त्यस्तो एक मात्र उमेद्वार भएको अवस्थामा मुख नखोलेको समुह पनि बाँडिन सक्छ। त्यस्को फाइदा संस्थापन पक्षलाई हुन सक्छ। नत्र दोस्रो चरणमा पुग्ने अवस्था आउनु भनेको संस्थापनको लागि सबैभन्दा टाउको दुखाइ हुनसक्छ। पहलो चरणमा प्रतिष्पर्धीका रुपमा कोइराला र पौडेल भिड्ने अवस्था आए र त्यो चरण निर्णायक भएन भने उनीहरुलाई मत हाल्दा बाँडिएका कार्यकर्ताहरुले फेरि दोस्रो चरणमा पुग्दा एक अर्कालाई पुरै सहयोग गर्ने अवस्था नरहन सक्छ। यो अवस्थालाई संस्थापन पक्षले कसरी लिन्छ त्यसका आधारमा चुनावी रणनीति बनाउन उनीहरुलाई अझ सजिलो होला। नत्र चुनाव उठ्ने कुरा हचुवाको भरमा रहर मात्र हुनसक्छ। 
 
सभापति र महामन्त्रीमा आकांक्षीरुह धेरैजसो संस्थापन पक्षको मात्र देखिएका छन्। देउवा पक्षमा नेतृत्वका बारेमा लगभग एकमत छ भने केहिलाई संस्थापनबाट ल्याउँदा के दिएर मनाउने सुत्र पनि तयार छ। लक्ष्य सभापति सहित नेतृत्वमा वहुमतको छ। तर संस्थापन पक्ष यसरी एककृत रुपमा लक्ष्य लिएर हिड्न सक्नेमा अझै शंका छ। 'जति भाँडा उति चुपुर्को ' भने झै नेतापिच्छे नेनृत्वको आकांक्षा राख्दा खास नेतृत्व लिने बेलामा भने हानाथाप हुँदा समुहलाई नै वेफाइदा पुग्ने आँकलन संस्थापन निकटहरु गर्छन। पछिल्लो दिनमा देउवा पक्षमा देखिएका विश्वप्रकाश शर्मा र नवलपरासीका सभापति देवेन्द्रराज कँडेलका बारेमा खासै मत नआएपनि उनीहरुको व्यवस्थापनको पाटो देउवा समुहका लागि अप्ठ्यारो पार्ने बिषय हैन। तर संस्थापनका नेताहरुको आकाँक्षा कसरी त्यहाँका नेताहरुले गर्छन त्यो प्रतिक्षाको विषय हो। यसले समेत नयाँ नेतृत्व चयनमा फरक पार्न सक्छ। 
सर्वेका सहभागिहरुमध्ये २६.९ अर्थात ३६४ जनाले कृष्ण प्रसाद सिटौलालाई महामन्त्रीमा दोहोरिएको देख्न चाहेका छन्। 
 
सर्वेकै नतिजालाई लिएर शनिवार हामीले नेपाली काँग्रेसको मौजुदा विधानमा व्यवस्था भए अनुसार महामन्त्रीका बारेमा सोधिएको प्रश्नमा सहभागिहरुले वहालवाला महामन्त्रीहरुलाई नै महामन्त्रीमा देख्न चाहेको जवाफ दिएको प्रतिवेदनको अंशहरु राखेका थियौ। सर्वेका सहभागिहरुमध्ये २६.९ अर्थात ३६४ जनाले कृष्ण प्रसाद सिटौलालाई महामन्त्रीमा दोहोरिएको देख्न चाहेका छन्। महामन्त्री सिटौला भने १३औं महाधिवेशनमा सभापतिका प्रत्यासीका रुपमा गृहकार्यमा रहेको बताइएको छ। त्यसपछि अहिलेका निर्वाचित महामन्त्री प्रकाशमानसिंह पक्षमा २०.८ अर्थात २८२ जनाले मत जाहेर गरेका छन्। महामन्त्री सिंहले पनि महामन्त्रीको उमेद्वार बन्ने बारेमा खासै बोलेका छैनन। 
 
सर्वेमा सहभागि मध्ये १३ प्रतिशत अर्थात १७६ जनाले काँग्रेस केन्द्रीय सदस्य गगन थापालाई महामन्त्रीमा देख्न चाहेका छन्। थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक रुपमा विश्राम गर्न लगाएर दोस्रो पुस्ताका नेताहरु सभापतिमा जानुपर्ने र आफूहरुको पुस्ताले महामन्त्रीमा प्रतिष्पर्धा हुनुपर्ने बताइरहेका छन्। उनले यसक्रममा महामन्त्रीको उमेद्वारका लागि घोषणा समेत गरेका छन्। उनको पुस्ताका नेताहरुलाई काँग्रेस कार्यकर्ताले महामन्त्रीमा देख्न चाहेको देखिएको हो। थापाले भनेजस्तै महामन्त्रीमा रहेका नेताहरु माथिल्लो पदमा गए भने थापाको पल्ला भारी हुने छ। उनी आफ्नो पुस्ताका महामन्त्रीका सबैभन्दा बलिया दावेदार मानिन्छन्। 
 
हामीले शुक्रवार सो सर्वेको प्रतिवेदनमा उठाइएको काँग्रेसभित्रको आन्तरिक राजनीति र काँग्रेसमा रहेको समस्या बारे पार्टीका कार्यकर्ताहरुको धारणा प्रकाशित गरेका थियौ। सर्वेका सहभागिहरुले पार्टीप्रति वफादार भन्दा पनि व्यक्तिगत रुपमा वफादार कार्यकर्ता बनाउने कार्य र गुटबन्दीलाई पार्टीको सबै भन्दा ठुलो समस्याको रुपमा बताएका थिए। 
९२६ जनाले व्यक्तिगत कार्यकर्ता र गुटबन्दी पार्टीमा प्रमुख समस्या भएको बताएका थिए। 
 
देशका सातैवटा प्रदेशका १३५३ जना पार्टीका महाधिवेशन प्रतिनिधी जिल्ला तह र गाउँ तहसम्मका कार्यकर्ताहरुसँग गरिएको सर्वेक्षणमा ९२६ जनाले व्यक्तिगत कार्यकर्ता र गुटबन्दी पार्टीमा प्रमुख समस्या भएको बताएका थिए। अध्ययनमा सहभागि मध्ये २२२ जनाले अनुशासनको कमीलाई काँग्रेसको समस्याका रुपमा देखेका छन्। सहभागि मध्ये १०८ जनाले पारदर्शिताको कमीलाई मुल समस्याको रुपमा बताएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ