arrow

काठमाडौं महानगरपालिका तात्यो, गर्यो ८४ जनालाई कारबाही

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
kathmandu-metro-final-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ । 

कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप रु दुई लाख ३७ हजार ३५० असुल गरिएको हो । 

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । 

त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ