arrow

काठमाडौंको कुन–कुन ठाउँका मान्छे सबभन्दा फोहरी ? 

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
phohar.JPG

काठमाडौं । काठमाडौं महानगरले, राजधानीका अरु ठाउँका तुलनामा मुख्य बजार क्षेत्र न्यूरोड, पुतली सडक, बागबाजर र जमलका स्थानीय स्वास्थयप्रति सजग नभएको बताएको छ । कारण यो हो कि यी क्षेत्रका स्थानीयले अरु ठाउँका जनताको तुलनामा लुकिछिपि सडकमा बढी फोहर फाल्ने गरेका छन् । 

काठमाडौं महानगरका वातावरण व्यवस्थापना विभाग कार्यसंचालन शाखा प्रमुख तथा नगरी प्रहरी निरीक्षक मीनबहादुर थापाका अनुसार, गएको साउनदेखि अहिलेसम्म कार्वाहीमा परेका ८४ जनामध्ये अधिकांश न्यूरोड, पुतली सडक, बागबाजर र जमलमा बस्नेहरु छन् । महानगरले चालुआर्थिक वर्षमा तोकिएको ठाउँभन्दा अरु ठाउँमा फोहर फाल्ने ८४ जनलाई कार्वाही गरेर २ लाख ३७ हजार रुपैयाँ डाँडेको छ । 

महानगरको गाडी फोहर लिन आउँदा चुपचाप बस्ने  र विशेष गरी रातसाँझ पारेर जथाभावी फोहर फाल्नेलाई कार्वाही गरिएको थापाको भनाइ छ । काठमाडौं महानगरको वातावरण विभागले जथाभावी फोहर फाल्नेबाट कम्तिमा ५०० रुपैयाँदेखि बढीमा एक लाख रुपैयाँसम्म जरिवाना तिराउने नियम लागुु गरेको छ ।  महानगरले हरेक दिन उपत्यकाको ८०० टन फोहर तह लगाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ