arrow

तपाइलाई स्वागत गर्न पर्खिबसेको छ चन्द्रागिरि, लोभ्याउने पर्यटकीय गन्तव्य

logo
सिवी अधिकारी,
प्रकाशित २०७४ चैत ७ बुधबार
chandragiri-rabindra-adhikari-chandra-dhakal.jpg

काठमाडौँ। चिसोको मौसममा फुस्फुसाउने हिउँले तपाइलाई चन्द्रागिरीमा तानेको भए गर्मीको मौसममा पनि चिसो अनुभव गर्दै काठमाडौं उपत्यकालाई नियाल्न उपत्यकाकै पश्चिमी पहाड चन्द्रागिरीले तपाइलाई यतिखेर पर्खिबसेको छ। पृथ्वीनारायण शाहले पहिलोपटक काठमाडौं उपत्यकालाई रेकी गरेको यहि चन्द्रागिरी अहिले देश विदेशका पर्यटकका लागि आकर्षणको गन्तव्य भएको छ। 

पर्यटन मन्त्री भएपछि पर्यटकीय पूर्वाधार र गन्तव्य निरिक्षण तथा अनुगमन गर्न निस्किएका रविन्द्र अधिकारी बुधवार चन्द्रागिरी हिल्स पुगे। त्यहाँ उनले आफ्नो प्राथमिकतालाई सञ्चारकर्मीमाझ दोहोर्‍याए। सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको स्मरण गराए। मन्त्री अधिकारीले सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजना पनि बताए।  

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हाल्ने क्रममा उल्लिखित प्रतिबद्धतालाई दोहोर्या‍उँदै पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने उद्घोष गरेका थिए । मन्त्री अधिकारीको उद्घोष जस्तै पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्य विकास गर्न आइएमइ ग्रुप लागिपरेको छ। ग्रुप अन्तर्गतकै कम्पनी चन्द्रागिरी हिल्सले ऐतिहासिक गन्तव्य चन्द्रागिरिलाई महत्वपूर्ण पर्यटकीय उत्पादनका रुपमा विकास गरिरहेको छ। चन्द्रागिरि हिल्सले शुरु गरेको यसलाई सरकारले समेत सहयोग पुर्‍याउँदै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भएको हो। 

Image may contain: 1 person, standing, sky and outdoor

पर्यटन मन्त्री अधिकारीले बुधबार चन्द्रागिरिको स्थलगत अवलोकन गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए। उनले भने, “ पूर्वाधारसँगै पर्यटक कति बढ्नेछन् भनेर बाहिर ल्याउनेछौँ ।” 

नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्रीले सञ्चारमाध्यमले पनि राजनीतिकभन्दा आर्धिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । 

वार्षिक करिब सात लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौँ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो । समुन्द्री सतहबाट झण्डै दुई हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा करिब १२ मिनेटको केबुलकार यात्रामा पुग्न सकिन्छ । करिब दुई वर्षदेखि सञ्चालन भइरहेको चन्द्रागिरि केवलकार महत्वपूर्ण आकर्षण बनेको छ । प्राकृतिक मनोरम दृश्य तथा उचाइको मज्जा लिन ठूलो संख्यामा पर्यटक जाने गरेका छन् । 

No automatic alt text available.

पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै मन्त्री अधिकारीले यस्ता पर्यटकीय प्रोडक्टलाई सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्नुपर्ने बताए। “राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधीकरण गर्ने निजी क्षेत्र नै हो त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ,” उनले भने । 

मन्त्री अधिकारीले चन्द्रागिरि केवलकार जस्ता नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गरी अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह समेत गरे । कूल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पुर्या‍उने लक्ष्यका साथ पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकास गरिनुपर्नेमा मन्त्री अधिकारीको जोड छ । 

Image may contain: 1 person, smiling

चन्द्रागिरि हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक रहेको उल्लेख गर्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताए । पर्यटनलाई प्राथमिकता दिएर चन्द्रागिरिको पूर्वाधार अवलोकन गरिनु पर्यटन विकासमा सरकारको उच्च प्राथमिकता रहेको उदाहरण पेश भएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित बनाएको उनले बताए । 

सन् २०१७ मा छ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरिको भ्रमण गरेका थिए । सन् २०१६ मा पाँच लाख ५० हजारको हाराहारीमा पर्यटक गएका थिए । दैनिक एक हजार ५०० देखि दुई हजारसम्म चन्द्रागिरि पुग्ने गरेका छन् । सार्वजनिक बिदा र चाडबाडको बेला धेरै सर्वसाधारण जाने गर्छन् । झण्डै पाँच अर्ब लगानीमा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको यस आयोजनाअन्तर्गत अबको तीन महिनामा अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन गर्न मिल्ने होटल निर्माण भइसक्ने कम्पनीले जनाएको छ । 

स्वस्थानी कथामा सतिदेवीको भाल पतन भएको र राष्ट्र एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले पहिलो पटक काठमाडौँ देखेको जस्ता पौराणिक धार्मिक र ऐतिहासिक तथ्य चन्द्रगिरि पहाडले बोकेको छ । ती विशेषताहरु समेटेको पहाड साँच्चै यतिवेला एउटा आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 

Image may contain: 8 people, including Akhanda Bhandari and Ajaya Babu Shiwakoti, people smiling, people standing

चन्द्रागिरि पहाडको उचाइमा रहेको भोलेश्वर महादेवको दर्शन गर्ने पाउने गरी बनाइएका पार्क, सुविधा सम्पन्न होटल, रेस्टुरेन्टहरुले धेरै विदेशी पाहुनालाई पर्खिरहेका जस्ता देखिन्छन । त्यति मात्रै नभएर सभा, सम्मेलन र बैठकसमेत गर्न मिल्ने गरी चन्दागिरि हिल्स प्रालिले त्यहाँ संरचना तयार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ