arrow

शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्न नेविसंघको माग

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
nsu.JPG

काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्न माग गरेको छ ।  बिहिवार राजधानीमा एक कार्यक्रम गरि संघले यस्तो माग गरेको हो ।

कार्यक्रममा संघका महामन्त्री कुन्दनराज काफलेले नवौं संशोधन खारेज नगरिए कडा आन्दोलनमा उत्रने बताए । ‘यदि नवौँ संसोधनलाई कार्यान्वयन गरियो भने समग्र देशको शैक्षिक भविष्यमा ठुलो हस आउने देखिन्छ , उक्त संसोधनमा व्यवस्था गरिएको ७५ प्रतिशत आन्तरीक विज्ञापन बाट न्युनतम अंक प्राप्त गरि स्थाइ हुने जनशक्तिले समग्र राष्ट्रिय सिकाइ घटाउने साथै समग्र राष्ट्रको शैक्षिक भविष्य धरापमा पर्ने देखिन्छ ,’ महामन्त्री काफलेले भने, ‘ तसर्थ चैत्र २३ गते हुन गइरहेको आन्तरिक स्थाइ परिक्षा तुरुन्त खारेज गरि शत प्रतिशत खुला विज्ञापनको माध्यमबाट स्थाइको प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछौँ । ’

उनले विदेशी अनुदानको आधारमा तय गरिने शिक्षा निती र नियमको पुर्ण खारेजीको माग गर्र्दै नेपालको आवश्यकता मध्यनजर गरि विश्व बजारमा समेत स्थापित हुने शिक्षा प्रणालीको विकासका साथै यथासक्य प्रादेशिक शैक्षिक प्रणालीको विकास गरि संघिय शैक्षिक प्रणाली, निति निर्माण र कार्यान्वयनका लागि पनि माग गरे ।

संघले नेपाल आफैले अघि सारेको शिक्षा नीतिअनुसार अघि नबढेको जिकिर गरेको छ । ‘नेपालको शिक्षा निति अन्तर्गत विद्यालयको शिक्षा सुधार भन्नाले गुणस्तरमा सुधार, विद्यार्थी सिकाइ, उपलब्धि शुद्धिकरण र शिक्षित जनशक्तिलाइ रोजगारीको अवसर हो । विद्यालय क्षेत्र विकास योजना २०७३ र ७४, २०७९ र ८० को लक्ष्य सबै नागरिकलाई उत्पादनशिल जिवनयापन गर्न चाहिने पुर्ण कार्यमुलक साक्षरता, गणितीय सीप र ज्ञान तथा आधारभुत जिवनउपयोगी सीप विकासको अवसर भन्ने उल्लेख गरिएको छ ,’ कार्यक्रममा त्रिभुवन  विश्वविद्यालय नेविसंघका अध्यक्ष हरि आचार्यले  भने , ‘ तर, उल्लेखित निती तथा लक्ष्य अनुसार नेपालको वर्तमान शिक्षा प्रणाली अगाडि बढेको छैन भने लक्ष्य प्राप्त गर्न आवश्यक पने सुचकहरु सकारात्मक देखिएका छैनन् । उदाहरणका लागि कक्षा ५ को नेपाली विषयको औषत राष्ट्रिय सिकाइ उपलब्धि ४६।३ प्रतिशत छ भने सोहि कक्षाको गणित विषयको सिकाइ उपलब्धि ४८।३ प्रतिशत मात्र छ ।

त्यसै कक्षाको नेपाली विषयको राष्ट्रिय सिकाइ उपलब्धि ४८ प्रतिशत छ भने गणित विषयको ३५ प्रतिशत मात्र छ । यी तथ्याङ्कले के देखाउछ भने गुणस्तरिय शिक्षण गर्न आवश्यक दक्ष जनशक्ति अत्यधिक न्युन छ । दक्ष जनशक्ति बिना व्यवहारिक शिक्षा, गुणस्तरीय सिकाइ उपलब्धि, रोजगारीका अवसर, सिर्जना गर्न सक्दैनन् जसले गर्दा नेपालको शैक्षिक भविष्यलाइ झन कमजोर बनाउदै लग्नेछ । राज्यले गरेको शैक्षिक लगानीको आधारमा उपलब्धि भने न्यून हूँदै गएको अवस्था छ । ’

कार्यक्रममा शिक्षाविद विद्यानाथ कोइरालाले पनि नवौं संशोधनको खारेजीको माग गरे । कार्यक्रममा त्रिभुवन  विश्वविद्यालय नेविसंघका अध्यक्ष  आचार्यले आफुहरुले गराएको ध्यानाकर्षणलाई गम्भिरतापुर्वक नलिई आन्दोलनको विकल्प नहुने चेतावनी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ