arrow

नगरपालिकाको कार्यकारीको खर्च मासिक दुई लाख, नगरप्रमुख चढ्छन भारतीय गाडी, कार्यकारी पजेरो

वडा अध्यक्ष र कर्मचारीलाई मोटरसाइकल

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
gadhimai-nagarpalika-karyakari-rautahat.jpg

रौतहट। रौतहटको गढीमाई नगरपालिकाको चर्चा अहिले रौतहटमा मात्र नभइ आसपासका जिल्लामा पनि हुन थालेको छ। गढीमाईका नगर प्रमुख भारतीय सबारी साधन चढेर हिडदा प्रमुख प्रशासकिय अधिकृत भने भाडामा लिएको पजेरो लिएर हिडेको घटना अहिले जिल्लाभरका स्थानिय तहमा चर्चाको बिषय भएको हो। 

बिकास निर्माणमा भन्दा पनि सुबिधाभोगमै तल्लिन रहेको आरोप लाग्ने गरेका प्रमुख प्रशासकिय अधिकृतको कारण नगरपालिकालाई आर्थीक ब्ययभार थोपरिएको बताइएको छ। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादब भारतीय नम्बर प्लेटको जाईलो गाडी चढछन तर उक्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बिक भने रातो नम्बर प्लेटको पजेरो गाडी चढछन् । प्रमुख प्रशासकिय अधिकृत बिकले मासिक दुई लाखको सुबिधा समेत उपभोग गरिरहेको नगरपालिकाका अधिकारीहरु बताउँछन। 

नगरपालिकामा बसोबास गर्ने नागरिकको जीबनयापन कष्टकर रहेको छ तर सम्बृध्द नगर बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत बिक भने सुबिधा र बिलासीतामा रमाईरहेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले नगरपालिकाबाट घरभाडा २० हजार, इन्धन ३० हजार, गाडी भाडा १ लाख २० हजार रुपैया लगायतको सुविधा लिइरहेको खुल्न आएको छ । यतिमात्र हैन उनले भान्छे लगायतको अन्य खर्चमा समेत सुबिधा लिएको खुल्न आएको छ । 

प्रमुख प्रशासकिय अधिकृत बिक नगरपालिकाको कार्यालयबाट ३० किलोमिटर टाढा चन्द्रपुर बजारमा घरभाडामा लिएर बस्दै आएका छन्। उनले नगरपालिकाले भाडामा लिएको बा ३ च ६९२९ नम्बरको पजेरोबाट हरेक दिन नगरपालिकाको कार्यालयमा आवातजावतमै धेरै सयम विताउने गरेका छन । नगरपालिकाको सबा दुई लाख रुपैया बजेटबाट प्रमुख विकको लागि भाडामा लिएको कोठाको व्यवस्थापन गर्न सोफा, दराज, किचेन सामग्री, भाँडाकुँडा, ओछ्यान लगायतका सामग्री खरिद गरिएको जनाइएको छ। 

नगर प्रमुख यादव भारतीय नम्वर प्लेटको जाइलो गाडी चढ्छन् भने उपप्रमुख शुभद्रा गुप्तालाई भने नगरपालिकाबाट यातायातको सुविधा छैन । उनि पैदल हिडेर कार्यालय आउने गरेकी छिन्। नगरपालिकाको प्रत्येक वडाध्यक्षलाई चढ्न ११ वटा पल्सर मोटरसाइकल खरिद गरिएको छ । ९ वडा रहेको गढीमाई नगरपालिकाका वडाध्यक्षका लागि ९ र दुईवटा मोटरसाइकल कर्मचारीको लागि खरिद गरिएको जनाइएको छ । नगरपालिकाका कर्मचारी तथा पदाधिकारीहरुले अनुगमन र निरीक्षणको नाउँमा इन्धनमा खर्च बढाएका छन् । 

नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको नीति बिपरित प्रमुख प्रशासकीय अधिकृतले सुविधा लिएको स्वीकार गरेपनि उनी कर्मचारी नेतृत्वका सामहु निरिह बनेको स्थानियको आरोप छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ