arrow

व्यवस्थित बन्दै ईलाका प्रशासन, छिटो सेवाले सेवाग्राही खुशी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत ९ शुक्रबार
ilaka_parsasan.jpg

स्याङ्जा ।  जिल्लामै धेरै नागरिकता र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालय वालिङ व्यवस्थित बन्दै जान थालेको छ । साधन र आर्थिक श्रोत अभाव झेल्दै आएको इलाका प्रशासनले नागरिक सेवा प्रवाहमा व्यवस्थित बन्न थालेको हो । दैनिक ५० देखि ७० सम्म नागरिकता वितरण र २५ देखि ३५ सम्म राहदानी वितरण गर्ने ईलाका प्रशासनले नागरिक सेवालाई प्रथामिकता दिने गरी कार्यालय सुधार गर्दै लगेको छ । साविकका २७ गाविस एक नगरपालिकाका जनतालाई सेवा गर्दै आएको ईलाका प्रशासन जिल्ला प्रशासन कार्यालयबाट भन्दा बढी नागरिकता र राहदानी वितरण गर्ने गर्दछ ।

०५७ सालमा स्थापना गरिएको ईलाका प्रशासनले करिव दुईबर्षदेखि प्रिन्ट सहितको नागरिकता वितरण गर्दै आएको छ । लोडसेडिङ नहुने जिल्लाका रुपमा जिल्ला चिनिएपनि बेला बेलामा विद्युत अवरुद्ध हुदा नागरिकले प्रिन्ट सहितको नागरिकता लिन झन्झट व्यहोर्दै आएका थिए । अहिले दिनभरी विद्युत अवरुद्ध भएपनि प्रिन्ट सहितको नागरिकता लिन नागरिकलाई सहजता मिलाएको छ । सरकारले सवै प्रशासन र ईलाका प्रशासनबाट प्रिन्ट सहितको नागरिकता दिने अवधारणा अगाडी सारेपछि विद्युत अवरुद्ध हुदा नागरिकता लिनका लागि घण्टौ कुनुपर्ने बाध्यता थियो ।

बेला बेलामा विद्युत अवरुद्ध हुदा नागरिकले नागरिकता लिनका लागि समस्या देखा पर्न थाल्यो ईलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले भने,“नागरिकलाई नागरिकता लिन झन्झट नहोस भनेर छुट्टै युपिएसको व्यवस्था गरेका छौं ।” जसले गर्दा विद्युत अवरुद्ध भएपनि नागरिकताका लागि विद्युत कुर्नु पर्ने अवस्था छैन शर्माले भने । कम्प्युटर प्रणालीबाट नागरिकता वितरण शुरु गरेदेखि करिव ११ हजार ८ सय ९७ जना नागरिकले प्रिन्ट नागरिकता लिएको तथ्याङक इलाकामा रहेको छ ।
 
ईलाका प्रशासनबाट छिटो सुविधा पाउन थालेपछि सेवाग्राही समेत खुशी भएका छन् । विगतका बर्षहरुमा काममा ढिलाई हुदा घरमा पुग्ने समस्या हुने गरेको तर अहिले छटिो काम भएपछि समयमै घरमा पुग्न पाईने समयले सेवाग्राही खुशी भएका छन् । ११ स्थानीय तह मध्ये ४ स्थानीय तह र दुई स्थानीय तहका केही वडाका नागरिकलाई सेवा प्रवाह गर्दै आएको ईलाका प्रशासन विपत व्यवस्थापन सहितको भवनको आवश्यकता रहेको शर्माको भनाई छ । अहिले ईलाका प्रशासन भाडाको घरबाट जनताको सेवा प्रवाह गर्दै आएको छ ।

०५७ सालदेखि कार्यालय, टोली र तत्कालिन गाविसबाट वितरण हुदै आएका नागरिकतालाई व्यवस्थित गर्न कम्प्युटरमा ईन्ट्रि समेत गरिएको छ । प्रमुख शर्माका अनुसार अहिले सम्म ईलाका प्रशासनले कार्यालयबाट वितरण गरिएका ०५७ देखि ०६५ सम्म ३८ हजार ८ सय ३२, टोलीबाट वितरण गरिएका ०६३ सम्म १८ हजार ८ सय ७० र गाविसबाट वितरण गरिएका ०६६ देखि ०७० सम्म ७ हजार २ सय ३३ गरी ६४ हजार ९ सय ३५ नागरिकता कम्प्युटरमा दाखिला गरिएको छ । जसले गर्दा रजिस्टर हराए वा च्यातिएमा कम्प्युटरमा सुरक्षित हुने वातावरण मिलाईएको प्रशासनले जनाएको छ ।

यता आर्थिक बर्ष २०७४ साउन देखि फागुन मसान्तर सम्म ईलाका प्रशासनले १ करोड १३ लाख ६० हजार राहदानी वितरण गरेर राजस्व संकलन गरेको छ । करिव २ हजार २ सय ७२ राहदानी वितरणबाट सो राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ