arrow

भण्डारी दम्पत्ति हत्याका मुख्य सुटर ७ वर्षपछि पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ११ आइतबार
sooter.JPG

बुटवल । वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् । भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् । गौतमलाई सुनौलीमा पक्राउ गरिएको हो ।

 नेपाल आउनेक्रममा सूचनाका आधारमा पक्राउ गर्न सफल भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली बताए । इलाका प्रहरी कार्यालय बुटवलमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले मुख्य सुटरलाइ सार्बजनिक गरेको हो ।  इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। केही समयअघि गौतमलाई भारतीय प्रहरीले पनि पक्राउ गरेको थियो ।

‘गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिसचोकमा गोली प्रहार गरिएको थियो ।सो हत्यामा संलग्न २ जना जेलमा रहेको र गौतम भागेर भारत पुगेको प्रहरीले जनाएको छ ।

अर्जुन गौतम यस भन्दा पहिले पनि  २०६५ पुस २१ गते अटोमेटीक पेस्तोल थान १,  गोली १२ राउण्ड सहित पक्राउ परेका थिए । निज उपर हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल पुर्पक्षको लागि थुनामा समेत गएको प्रहरीले जनाएको छ ।आशा भण्डारीलाई १ र निजका श्रीमान रमेश भण्डारीलाई २ राउण्ड गोली हानी पसलको घर्राबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए ।

 सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बि.क., पुरन श्रीस, राजु गलामी समेत पक्राउ परी तत्कालको रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा गएका थिए ।घटनाका सुटर अर्जुन गौतम तथा उनका सहोदर दाजु कृष्ण गौतमको लामो समय देखी खोजतलास भैरहेको थियो । कृष्ण अझै फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ