arrow

भरतपुर महानगर फस्यो विवादमा, कसरी बनाउलिन् रेणुले नमुना महानगर ?

५ सय तिर्ने आरनवालाले १० हजार कर तिर्नुपर्ने

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
bharatpur.JPG

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएको भन्दे सर्वत्र विरोध भएको छ । कर बढाएकै कारण भरतपुर महानगर विवादमा फसको हो ।

अस्वभाविक रूपले कर नबढाउन व्यवसायीले गर्दै आएको आग्रहलाई महानगरपालिकाले अटेर गरेको व्ययासीको गुनासो छ । महानगरले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाइदिएको छ ।

महानगरपालिकाले ज्यासल अथवा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५०० बाट बढाएर कर १० हजार पुर्‍याएको छ । एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार कर तोकिएको छ भने, एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई  २० हजार पुर्‍याइएको छ ।

पेट्रोलपम्पले अब २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले चार हजार कर तिर्दै आएका थिए । पोल्ट्रीको राजधानी मानिने भरतपुरका ह्याचरी उद्योगले छ हजारबाट ३० हजार कर तिर्नु पर्ने भएको छ । पेन्ट उद्योगले चार हजार ५०० बाट ५० हजार, सिमेनमा हलले दुई हजारबाट २५ हजार, सिसा पसलले एक हजार ५०० बाट २० हजार कर तिर्नुपर्ने भएको छ ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए । उनका अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने, “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।”

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको बताए । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् । यसरी नगरबासी वा व्यवसायी चिड्याउने गरी कर बढाएपछि महानगर प्रमुख अर्थात् मेयर रेणु दाहाललाई प्रश्न आउन थालेका छन् । कि, नगरवासी रुवाएर कसरी नमुना महानगर बन्ला ? केन्द्र सरकारले उद्योग र व्यवसायमा लगानी गर्ने वातावरण सिर्जना गर्ने भनि दैनिकजसो प्रतिवद्धता जनाइरहेको छ ।

स्थानीय तहको चुनावताका भरतपुरलाई नमुना महानगर बनाउने घोषणा मेयर दाहालले गरेकी थिइन् भने उनका पिता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो नगरसभामै मेयर र उपमेयर महिला भएकाले यो त्यसै नमुना महानगर भएको भनेका थिए । उनले महिलाले नेतृत्व गरेको यो महानगर नेपालमा मात्रै नभई दक्षिण एसियामै नमुना बन्ने जिकिर दाहालले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ