arrow

जनप्रतिनिधिलाई फौजदारी मुद्दाको विषयमा जानकारी

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
jana.jpg

खुदुनाबारी । स्थानीय तह सञ्चालनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने विधिबारे सिक्न झापा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरू अहिले अन्तरक्रियामा जुटेका छन्। नगरपालिकाका प्रमुख, उपप्रमुख र निर्मित अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालय झापाले अर्जुनधारा–७ स्थित सामुदायिक पितृ भवन भवनमा अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया राष्ट्रिय, अन्तरराष्ट्रिय, देवानी, फौजदारी लगायतका विषयवस्तुमाथि आधारित रहेर सञ्चालन भएको वकिल पदक कार्कीले बताए ।

उक्त अन्तरक्रियाले जनप्रतिनिधिहरुलाई न्यायिक कार्यसम्पादनमा थप सहजता ल्याउन सहयोग पुर्‍याउने कार्यक्रममा सहभागीहरुले बताएका छन् । जिल्ला सरकारी कार्यालय झापाका वकिल पदम कार्कीको अध्यक्षतामा सम्पन्न एकदिवसीय अन्तरक्रियाको सहजीकरण वकिल लेखनाथ ढकाल, इलाका प्रहरी कार्यालय अनारमुनीका निर्मित प्रमुख ज्ञान बहादुर बिष्टले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उप–प्रमुख कमला खतिवडा, निर्मित अधिकृत जानुका गुँरागाई, वडाअध्यक्षहरु गजाधर खतिवडा, जीवन कुमार भण्डारी, गोपीचन्द्र गौतम, बलदेवसिंह गोम्देन, बोर्ड सदस्य दिलमाया दास, दिलिप गुरुङ  नगरसभा सदस्यहरु सहित स्थानीय राजनैतिक दलहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा अन्तरक्रियाले सहयोग पुर्‍याएको बताए । ‘नयाँ सरकारका भएकाले काही न काही ग्यापहरू भेटिहाल्छन, तिनको समाधानका लागि जिल्ला सरकारी वकिल कार्यालय झापाले अर्जुनधारा नगरका जनप्रतिनिधि  हामी सबैलाई भेला गरेर छलफल गर्ने वातावरण गराइदिएको छ,’ उनले भने, ‘यस छलफलबाट अबको कार्य सम्पादनथप सजिलो हुन्छ भन्ने विश्वास जागेको पनि छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ