arrow

पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत १७ शनिबार
tirtha_timsina.jpg

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारको क्रममा झापातर्फ लैजादै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो ।

तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराध सम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो ।

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए। चैत ११ गते यक्पाङदेनले तिम्सिनालाई कानमा समातेर घुमाएर अभद्र व्यवहार गरेको बताइएको छ ।

उपचारका लागि लैजादै गर्दा तिम्सिनाको बाटैमा निधन भएपछि प्रहरीले योक्पाङदेनको खोजी थप बढाएको छ । वडाअध्यक्ष तिम्सिनाको पाँचथर अस्पतालमा पोस्टमार्टम गरिएको छ । ‘सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता भएको र जाहेरवालाको निधन भएकाले अनुसन्धान गरी आरोपितलाई कर्तव्य जान सम्बन्धी मुद्दा चलाउन सकिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ