arrow

पोखराको नौडाडामा पहुँचयुक्त ट्रेकिङ ट्रेल बनेपछि ह्वील चियरमा यसरी रमाए पर्यटक

logo
माधव चम्लागाई,
प्रकाशित २०७४ चैत १७ शनिबार
travle.jpg

पोखरा। पहुँचयुक्त साहसिक पर्यटकको अवधारणा बिश्वभर उठिरहेको बेला पोखराको अन्नपूर्ण गाउँपालिका सारनकोट नौडाडामा अपाङ्मैत्री ट्रेकिङ ट्रेल निमार्ण भएको छ। सो ट्रेकिङ ट्रेलमा ह्वील चीयरमा गुद्दै हिमाल लगायत बिभिन्न दृश्व अवलोकन गरेका थिए। अपाङ्गता भएका ब्यक्तिहरुले समेत साहसिक पर्यटनमा सहज पहुँच हुनुपर्छ भन्ने आवाज बुलन्द भइरहेको अवस्थामा नेपालमा पहिलो पटक पहुँचयुक्त ट्रेकिङ ट्रेल निमार्ण भएको हो।

अपाङ्गता भएका ब्यक्तिहरु ह्विल चियरमा रमाइरहेका देखिन्थे। सो कार्यक्रमको उद्घाटन गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले केटाकेटी, बुढापाका, अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज भौतिक संरचना निर्माण गर्ने हो भने बिश्वभरबाट ठुलो संख्यामा पर्यटक भित्राउन सकिने संभावना रहेको बताए।

सो यात्रामा अमेरका, जापान, बेलायत, भारत लगायतका देशहरुबाट आएका अपाङ्गता भएका ब्यक्तिहरु तथा नेपालका समेत बिभिन्न ब्यक्तिहरु सहभागि रहेका थिए। सो कार्यक्रममा स्थानीयहरुले फुल गुच्चा लिएर स्वागत गरेका थिए । सो पदयात्रामा सगरमाथाको आरोहरण गर्ने तयारी गर्दै रहेका दुबै खुट्टा गुमाएका हरी बहादुर बुढा र दृष्टिबिहिन अमिट केसीका साथै राष्ट्रिय अपाङ महासंघका अध्यक्ष सुदर्शन सुबेदी, इन्डिपेन्डिङ लिभिङ सेन्टरका अध्यक्ष गणेश केसी लगायत पचासौको संख्यामा अपाङ्गता भएका ब्यक्तिहरुले सो पदयात्रा पार गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ