arrow

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ सर्वसम्मत : स्थानीय सरकारको पनि संगठन !

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
homnath.JPG

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

चैत १७ गतेदेखि शुरु भएको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । यसैगरी महासचिवमा वंशलाल तामाङ, कोषध्यक्षमा दिलमाया बुढा मगर तथा सदस्यमा प्रेमकुमार राई, खिमबहादुर थापा, मानबहादुर डाँगी, भोलाप्रसाद गुप्तालगायत छन् ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थानीय तहको अधिकारका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा ४०० गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको सहभागिता थियो । यसअघि महासंघमा घनश्याम खतिवडा अध्यक्ष थिए ।

स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट मात्र कार्यसमिति चयन गर्ने गरिन्छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्षको हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ