arrow

माओवादीबाट निर्वाचित वडाध्यक्षले कुटे दलित नेता, घाइतेलाई सेतीमा रिफर

वडाध्यक्ष विरुद्ध मुद्दा दायर

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७४ चैत २२ बिहिबार
ghaite.jpg

कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरस्थित बेलौरी नगरपालिकामा सेवाग्राही दलित नेता लाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष रामप्रकाश बडायक बिरुद्ध बुधबार  जातीय छुवाछूत मुद्दा गरिएको छ । 

हलिया मुख समाजको काम बिशेषले वडा कार्यालय पुगेका नेपाल दलित संघ कञ्चनपुरका उपाध्यक्ष धर्मसिह मिस्त्री र बेलौरी नगरपालिकाका वडाध्यक्ष बडायक बीच भएको बादबिवादका क्रममा वडाध्यक्षले  मिस्त्रीलाई कुटेका थिए । 

बेलौरी नगरपालिका स्थित वडा नम्बर ६ को वडा कार्यालयमा कुटाई खाएका मिस्त्रीले दिएको किटानी जाहेरी का आधारमा चौथों दिनमा ईलाका प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको हो ।

जातिय बिभेदका स्वरुप कुटपिट गरिएको भन्ने निबेदन सुरुमै आए पनि मुद्दा  भने बुधबार मात्रै दर्ता भएको हो । कुटपिटमा संलग्न वडाध्यक्ष रामप्रकाश बडायक फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक कृष्ण नन्द भट्टले बताए । उनले भने ‘दुबै पक्षले सहमतिका लागि दुई दिनको म्याद मागे पछि बुधबार अबेरसम्म सहमति बन्न नसके पछि मुद्दा  दर्ता गरिएको हो ।’

वडाध्यकक्षको कुटाइबाट घाइते भएका मिस्त्रीको उपचार बेलौरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइ रहे पनि उनको स्वास्थ्य अबस्था जटिल बने पछि बुधबार नै कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा रिफर गरिएको प्रहरी निरीक्षक भट्टले बताए । 

घाइते मिस्त्रीको छातीमा समस्या देखिए पछि सेती अञ्चल अस्पतालमा रिफर गरिएको स्वास्थ्य संस्थाले जनाएको छ । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका मिस्त्रीमाथी भएको कुटपिटको भत्सर्ना र कारवाहीको माग  गर्दै नेपाल दलित संघ कञ्चनपुरले बिज्ञप्ती जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ