arrow

नगर सभाबाट सात विधेयक पारित 

logo
रामचन्द्र रायमाझी 
प्रकाशित २०७४ चैत ३० शुक्रबार
nagar-budget.jpg

पाल्पा । तानसेन नगरपालिकाको दोस्रो नगरसभाले ७ वटा विधेयक पारित गरी कार्यान्वयनको चरणमा गएको छ । चैत्र २८ र २९ गते बसेको दोस्रो नगरसभाले नगरपालिका लाई तत्काल चाहिने ७ वटा विधेयक पास गरी कार्यान्वयनमा गएको हो । 

दोस्रो नगरसभाले विनियोजन ऐन २०७४, आर्थिक कार्यविधी २०७४, प्रशासकीय कार्यविधी नियमित गर्न बनेको ऐन २०७४, कृषि व्यबसाय प्रर्वद्धन ऐन २०७४, न्यायीक समितिले उजुरीको कारवाही गर्दा अपनाउनु पर्ने कार्यविधी ऐन २०७४, तानसेन नगरपालिकाको पदाधिकारीहरुको आचारसंहिता २०७४ र सहकारी ऐन २०७४ पारित गरेको छ ।  

सभाले विधेक संसोधन गरी ६४ करोड ६९ लाख ९७ हजार ७ सय ३४ रुपैया बजेट पारित गरेको छ । केन्द्रिय निति अस्पष्ट प्रदेश सरकार भर्खर गठन र  स्थानीय सरकारको काम गर्ने विधी विधान र ऐन नहुँदा जनताको चाहना अनुसार काम गर्न नसकिएको नगरप्रमुख शाहीले बताए । 

नगरपालिकाले १ हजार दलित घरपरिवारमा स्वास्थ्य विमा अन्तर्गत ९ सय ५० दलित घरपरिवारमा निःशुल्क स्वास्थ्य विमा गरेको, आगामी बर्षदेखि अपाङ्ग, सिमान्तकृत र अल्पसंख्यकहरुमा पनि स्वास्थ्य विमा कार्यक्रम लागु गरिने नगर प्रमुख शाहीले बताए । 

कार्यक्रममा नयाँ बर्षको उपहार ल्याण्डफिलसाईट सञ्चालन ल्याउने गरी तयारी भएको, सरसफाई लाई व्यस्थित गर्नको लागि नगरका चोक चोकमा रातीमा समेत प्रष्ट देखिने गरी सिसि टिभी जडान गरी नियम विपरित फोहोर गर्ने र फाल्ने व्यक्ति लाई मिडिया मार्फत सार्वजनिक गरी जरिवाना तिराउने गरी काम शुरु भएको नगर प्रमुख शाहीले बताए । 

 श्रीनगर पार्कलाई व्यवस्थित बनाई सञ्चालनमा ल्याउने, टुडिखेल सञ्चालनको विषयमा  कार्यविधी ल्याउने नगर प्रमुख शाहीले बताए । तानसेनका अपुरा योजना कोल्ड स्टोर निर्माणको काम भईरहेको, वाईपास सडक निर्माणको काम शुरु भएको, नारायणस्थानदेखी मिशन र आँखा अस्पतालसम्मको बाटो मर्मतको काम शुरु भएको, सरसफाईको क्षेत्रमा नमुना योग्य काम भएको, नारायणस्थान बाट शितलपाटी सम्म ढुङ्गा छाप्ने काम केही दिनमा शुरु गर्ने, टुडिखेलमा जवरजस्ती पार्किङ्ग गर्नेलाई जरिवाना तिराउने, यसै बर्षभित्र बसपार्क निर्माण शुरु गर्ने नगर प्रमुख शाहीले बताए । 

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी पाठकले बहुविवाह, घरेलु हिंसा, अंशवण्डा, सिमा साधँको विषयमा उजुरी आएको, न्यायिक समिती बाट हुने बाहेकका मुद्दा प्रहरी र अदालतमा पठाउने गरेको बताईन् । 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले प्रशंसा भन्दा आचोचनात्मक सुझावहरु लाई ध्यान दिई नगरका काम गर्नुपर्ने, काम नगर्ने अनावश्यक कर्मचारी हटाउनु पर्ने, कर्मचारी र जनप्रतिनिधीहरुले आचार संहिता बनाएर काम गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नगरपालिकाका पवक्ता दामोदर घिमिरे, वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो । सामाजिक विकास अधिकृत भरत आचार्यको संचालनमा भएको कार्यक्रमको नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा चलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ