- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । शनिवार नयाँ वर्ष मनाउन पाल्पाको रानीघाट गएका र्दुइ जना नजिकैको कालीगण्डकी खोलामा बगेर बेपत्ता भएका थिए । बेपत्त मध्ये एक जना आइतवार बगेको स्थानबाट २ मिटर तल पानीमा डुबेको अवस्थामा सव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रिव्दीकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षे आयुष खनालको शव उद्धार टोलीले दिउँसो भेट्टाएको हो । रानीमहल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा हार्थोककै संगम कार्की र खनाल बगेर बेपत्ता भएका थिए ।
बेपत्ता कार्कीको खोजी कार्य जारी छ । मृत अवस्थामा भेटीएका खनाल पाल्पा इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत विद्यार्थी हुन् । उनी परिवारका एक्ला छोरा समेत रहेको पारिवारीक स्रोतले जनाएको छ ।